काठमार्डौं । नेपालमा चौथो पुस्ताको फोरजी विस्तार सुरु भएको ४ वर्ष बढी भइसक्दा पनि टेलिकम कम्पनीहरुले प्रयोगकर्ता बढाउन सकेका छैनन् ।
नेपाल टेलिकमले नेपालमै पहिलोपटक २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सुरु गरेको थियो । हालसम्म नेपालमा ५५ लाख १६ हजार ४ सय ५४ मात्रै छन् ।
हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी उपलब्ध गराएका छन् । एनसेलले २०७४ वैशाखमा फोरजी विस्तार सुरु गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार, नेपाल टेलिकमका १६ लाख ४ हजार ४ सय ५६ सेवाग्राही छन् । यता, एनसेलका ३७ लाख २९ हजार ४ सय ५३ प्रयोगकर्ता छन् ।
भर्खरै फोरजीमा अगाडि बढेको स्मार्ट टेलिकमका भने १ लाख ८२ हजार ५ सय ८५ प्रयोगकर्ता छन् । नेपाल टेलिकम र एन्सेल गरी फोरजी प्रयोगकर्ताको संङ्ख्या १ करोड १२ लाख २ हजार २ सय छन् । यो सँगै नेपालमा मोबाइल ब्रोडव्यान्डको पहुँच मात्रै ५२ प्रतिशत छ ।
०७३ सालबाट सुरु गरेको फोरजी विस्तार टेलिकमले ०७७ सालको मध्यमापनि देशैभर पर्याउन सकेको छैन् । एनसेललेको हालतपनि त्यस्तै छ ।
त्यस्तै फिक्सड् ब्रोडव्यान्ड वायर्ड(एडीएसएल, केबल, एफटिटिएच, इन्टर्नेट लिजलाइन)को बजार हिस्सा १९ प्रतिशत रहेको दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले उल्लेख गरेको छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले देशैभर फोरजी विस्तारको काम निरन्तर अगाडी बढीरहेको बताए । उनका अनुसार ६ सय बढी स्थानीय तहमा फोरजीको पहुँच पुगिसकेको छ । चालू आर्थिक वर्ष भित्रै देशैभर फोरजीको पहुँच पुग्ने उनको भनाइ छ ।
टेलिकमले एक वर्षभित्र सबै जिल्लामा फोरजी सेवा पु¥याउने गरी २०७५ माघमा सम्झौता गरेको थियो । टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन ।