काठमाडौं । कोरोना भाइरसको कारण शिथिल बनेको दुईपाङ्ग्रे सवारी बजार दसैं/तिहार अफरका कारण अत्याधिक माग बढेपछि स्वरुमहरुमा बाइकको अभाव हुन थलेको छ ।
यतिबेला चाडपर्वको ‘अफर’को कारण फ्याक्ट्रीबाट माग अनुसारको मोटरसाइकल उत्पादन हुन नसकेपछि शो–रुमहरुमा बाइकको हाहाकार भएको हो ।
मोटरसाइकल बिक्रेता कम्पनीहरुका अनुसार बजारमा २०० भन्दा बढी सेग्मेन्टका बाइक सेग्मेन्टका बाइकको अभाव नै छ । दैनिक सयौं सर्वसाधारण मोटरसाइकल खरिद गर्न अथवा बुझ्नका लागि आउने गरेका छन् । तर, भने अनुरुपकोे मोटरसाइकल नदेखेपछि एक महिनापछिका लागि बुकिङ गरेर होल्डमा बस्ने गरेका छन् ।
हुलास अटाक्राप्टकाका प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले कोरोना भाइरसका कारण फ्याकट्रीमा बाइक उत्पादन कम भएको र दसैं/तिहारको बीचमा माग अत्याधिक भएको कारण केही सेग्मेन्टका बाइक अभाव जस्तै भएको बताए । उनका अनुसार, अहिले बजाजको पल्सर २२०, एनएस २०० र १५० नयाँ भर्सन बाइक सर्टेज जस्तै छ । हाल बाइक कम्पनीहरुले बाइकको बजारमा माग धान्न सकेको छैन ।
कोभिडपछि बजाज, टीभीएस, यामाहा र होण्डा बान्डका बाइक तथा स्कुटर सर्वाधिक बिक्री भएको व्यवसायीहरुको भनाइ छ । खासगरी कम्पनीहरुले फूलपातीदेखि टीकाको दिनसम्म दैनिक ४ सयदेखि ६ सय वटासम्म मोटरसाइकल बिक्री गरेको बताएका छन् ।
लकडाउनपछि सबैभन्दा बढी बजाजले मोटरसाइकल बिक्री गरेको छ । हुलास अटोक्राफ्टका प्रवन्ध निर्देशक गोल्छाका अनुसार फूलपातीदेखि दशमीसम्म दैनिक ६ सय हाराहारीमा बाइकको व्यापार भएको थियो । अहिले तिहार अघिसम्म पनि ३ लाख मूल्य तलका बाइकहरु सर्वसाधारणको रोजाइमा पर्ने गरेका छन् ।
शो–रुमहरुले बाइकको अभाव भएपछि बुकिङ गराएर ग्राहकलाई होल्ड गराएर राख्ने गरेका छन् । जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज ढकालले मागअनुसारको उत्पादन हुन नसकेको बताए ।
उनका अनुसार टीभीएसको नयाँ १६० र २०० सेग्मेन्टका बाइक बिक्रीले रेकर्ड तोडेको छ । मोटरसाइकल बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न आर्कषक अफर सार्वजनिक गरेसँगै बाइक तथा स्कुटरको माग धान्न नसक्ने अवस्था आएको हो । कम्पनी पिच्छे सस्तो दरमै डाउन पेमन्ट, क्यास ब्याक र छुटकै कारण बाइक तथा स्कुटर बिक्री उल्लेख्य रूपमा वृद्धि भएको हो ।
खासगरी सर्वसाधारणको रोजाइमा १५० देखि २०० सेग्मेन्टका बाइक नै रोँजाइमा पर्ने गरेको छ । होण्डाको एक्सपल्स पछिल्लो पटक नेपाली युवाले सर्वाधिक रुचाइएको मोटरसाइकल हो ।
कोरोना भाइरस लकडाउनपछि दुईपांग्रे सवारीप्रतिको मोह पनि बढ्दै गएको छ । लकडाउन लगत्तै पनि व्यवसायलाई चलायमान बनाउन अटो कम्पनीहरूले प्याकेज सार्वजनिक गरेका थिए । उक्त समय पनि दुईपांग्रे सवारी बिक्री उल्लेख्य रहेको व्यवसायीको भनाइ छ ।
हाल नेपालमा चर्चित ब्रान्डहरू बजाज, केटीएम, होन्डा, यामाहा, टीभीएस, हिरो लगायतका कम्पनीले बाइक तथा स्कुटर पारखीलाई विभिन्न स्किमले लोभ्याउँदै आएका छन् ।