सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सव मनाइरहेको छ ।
आफ्नो १० औं वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् ।
जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सरप्राईज दिने योजना भएको कम्पनीका ब्राण्ड, मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए ।
त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।
कम्पनीले यस अवसर पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।
साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।
यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्बजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेकोछ ।
यहि अवसरमा कम्पनीले नयाँ सेवा ‘फूडमाण्डु गो’ को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ ।
नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढि फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।