अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडेन निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएर बाइडन राष्ट्रपति भएका छन् । बाइडन आएपछि नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोणमा खासै फरक पर्दैन । पहिलाको ओवामा र ट्रम्प प्रशासनले नेपाललाई हेर्ने दृष्टिकोणमा खासै फरक परेको छैन् ।
ट्रम्प फेरी राष्ट्रपति भए अब के हुने भन्ने चासो हुन्थ्यो । ट्रम्प प्रशासन चीनप्रति बढी आक्रमक छ । उसले भारतसंग ‘टु प्लस टु’ र त्यो भन्दाअघि रणनीतिक सम्झौता गरेको थियो । यी सबै कारणहरुलाई हेर्दा भारतको ‘थ्रु’ नेपाललाई अलिकति गाह्रो हुन सक्छ भन्ने धेरैको अड्कल थियो । ट्रम्प अधिक आक्रामक र बाइडेन नरम छन् ।
फेरी डेमोक्र्याटिकहरुको स्वभाव आक्रामक देखिँदैन । त्यसमाथि बाइडेन झनै नरम नेता हुन् । नीतिमा खासै फरक नआएता पनि नेपालका लागि सकरात्मक नै होला । किनभने जलवायु परिवर्तनको मुद्धामा अमेरिकाले पुनः नेतृत्व लिने कुरा आइरहेको छ । बहुपक्षीय दाताहरुलाई सहयोग गर्ने नीतिले गर्दा एक दर्जन एजेन्सीले थप सहयोग पाउने भएका छन् ।
संयुक्त राष्ट्र संघ र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा रोकिएको सहयोग पुनः प्राप्त हुने देखिन्छ । युरोपसँग बढी मिलजुली हुने देखिएको छ । चीनको विषयमा रिपब्लिकन र डेमोक्र्याट जुन पार्टी आए पनि नीति एउटै हुन्छ । तर, बाइडन प्रशासन केही नरम हुने सम्भावना छ । चीनप्रति अब अमेरिकी नीति ट्रम्प जति आक्रामक नहुन सक्छ ।
फेरी डेमोक्र्याटिकहरुको स्वभाव आक्रामक देखिँदैन । त्यसमाथि बाइडेन झनै नरम नेता हुन् । नीतिमा खासै फरक नआएता पनि नेपालका लागि सकरात्मक नै होला । किनभने जलवायु परिवर्तनको मुद्धामा अमेरिकाले पुनः नेतृत्व लिने कुरा आइरहेको छ । बहुपक्षीय दाताहरुलाई सहयोग गर्ने नीतिले गर्दा एक दर्जन एजेन्सीले थप सहयोग पाउने भएका छन् ।
अमेरिकाले म सहयोग गर्छु, सबैसँग मिलेर अघि बढ्छु भनेपछि विश्व्यापी रुपमा आर्थिक गतिविधि बढ्ने, आर्थिक क्षेत्र विस्तार हुन्छ । यो सकरात्मक कुरा हो । अहिलेसम्म स्थितिमा परिवर्तन भएको देखिँदैन् । जलवायु परिवर्तनलाई दिने पैसा युरोप पनि दिँदै आएको छ । ट्रम्प भन्दा बाइडेन आउँदा नीतिहरु अझ ‘स्मूथ’ हुन्छ ।
बाइडनको स्वभाव नरम हुनुका साथै एक कुशल कुटनीतिज्ञ पनि हुन् । सिनेटमा जाँदा त्यतिबेलाको युवा सिनेटर थिए । उनले ३२ वर्षदेखि निरन्तर सिनेट र ८ वर्ष ओबामाको कार्यकालमा उपराष्ट्रपति भएर काम गरेको अनुभव छ । त्यसैले बाइडन अनुभवी राजनीतिज्ञ पनि हुन् ।
नेपाललाई दिने सहयोग
नेपाललाई अमेरिकाले विभिन्न एजेन्सीहरुमार्फत सहयोग दिँदै आएको छ । एउटा स्टेट डिपार्टमेन्टबाट आउने यूएसआईडीको सहयोग हो भने अर्को मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र तेस्रो विभिन्न दातृनिकायबाट दिने सहयोग प्राप्त हुने गरेको छ । कोभिडले गर्दा अमेरिका पनि समस्यामा छ । एक वर्षपछि कोभिडको समस्या हट्ला, वहुपक्षिय दातृनिकायबाट आउने सहयोग पनि केही सकरात्मक होला ।
यूएसआईडीबाट आउने सहयोगको विषयमा ट्रम्प प्रशासनले लिएको नीति कार्यान्वयन हुने भएकाले एक वर्ष परिर्तन हुँदैन । अर्को वर्षदेखि सहयोग बढ्न सक्छ । धेरै योजना अघि बढिसकेकाले बाइडनले ट्रम्पको नीतिलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । प्रत्येक वर्षको फेब्रुवरीमा हाम्रो जस्तो अमेरिकामा बजेट आउँछ । त्यसले अर्को आर्थिक वर्षलाई मद्धत गर्छ । कोभिड महामारीका कारणले यो वर्ष धेरै आशा गर्न नसकिए पनि अर्को वर्ष भने बढ्न सक्छ ।
व्यापार
अमेरिकासँग नेपालको खासै व्यापार छैन् । हामीले निर्यात गर्ने भनेको हस्तकला, कागज, कार्पेट र गार्मेन्ट नै हो । नेपाल अमेरिकाको ‘प्रिफेरेन्सियल एरिया’मा परेको छ । हालसम्म ठुला व्यापार नभएकाले बाइडेनको कार्यकालमा केही बढ्न सक्छ । अमेरिका र भारतको कारण सम्बन्ध निरन्तर हुन्छ । त्यसकारण आगामी दिनमा लिने वैदेशिक नीतिमा हामी बढी सचेत हुनुपर्ने देखिन्छ । चीन, भारत र अमेरिकाबाट सबैको सहयोग लिनुपर्ने भएकाले सन्तुलित वैदेशिक नीति अबलम्बन गर्नुपर्ने हुन्छ ।
एमसीसी के हुन्छ ?
अमेरिकाले नेपाललाई एमसीसीमार्फत ५० करोड डलरको सहयोग दिएको छ । नेपालले पनि स्वीकार गर्ने वा नगर्ने भन्ने स्पष्ट छैन् । ट्रम्प प्रशासनले भए एमसीसी लिन अझ बढी दबाब दिन सक्थ्यो र नलिने भए फिर्ता लैजान्छु भन्न सक्ने अवस्था आउन पनि सक्थ्यो होला । बाइडन आएकाले केही नरम हुने देखिन्छ । एमसीसीको समय थप हुने सम्भावना पनि छ । उनीहरुले पनि हाम्रो कुरा सुन्नुपर्ने हुन्छ । हुन त भाषा एउटै हुने भए पनि समग्रमा नेपाललाई केही सहज हुनेछ ।
बाइडेन प्रशासनले सबैभन्दा पहिलो कोभिड महामारीलाई सम्बोधन गर्ने भनेको छ । ट्रम्प प्रशासनले स्वास्थ्य सम्बन्धित संस्थाहरुलाई ‘अन्डरमाइन्ड’ गरेको थियो । त्यसलाई अलिकति ‘फोरफ्रन्ट’मा ल्याउने, नयाँ भोलियन्टियर र कर्मचारी थपेर सहज बनाउने उसको प्राथमिकता हो । अर्को अर्थतन्त्रलाई चलायमान बनाउन ठुलौ ‘स्टुमुलस’ प्याकेज घोषणा गर्नेछ ।
‘नेगोसियसन’ गर्ने कला भएकाले ट्रम्पलाई भन्दा बाइडनलाई पत्याउँछन् । पुनः राष्ट्रपति भएर आएपछि थप प्याकेज दिने ट्रम्पले भनेका थिए । दोस्रो, ठुलो राहतको प्याकेज आउने छ । तेस्रो, बहुपक्षीय दातृ निकायमा अमेरिकाको भूमिका अझ बढ्नेछ ।
नेपाललाई अमेरिकाले विभिन्न एजेन्सीहरुमार्फत सहयोग दिँदै आएको छ । एउटा स्टेट डिपार्टमेन्टबाट आउने यूएसआईडीको सहयोग हो भने अर्को मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र तेस्रो विभिन्न दातृनिकायबाट दिने सहयोग प्राप्त हुने गरेको छ । कोभिडले गर्दा अमेरिका पनि समस्यामा छ । एक वर्षपछि कोभिडको समस्या हट्ला, वहुपक्षिय दातृनिकायबाट आउने सहयोग पनि केही सकरात्मक होला ।
कुटनीतिक ‘फ्रन्ट’मा पहिला भन्दा धेरै राम्रो हुनेछ । आक्रामक नीति र सहयोग गर्न नखोज्ने, व्यापार सम्झौता नगर्ने ट्रम्प नीतिका कारण युरोपेली मुलुकहरु रिसाएका छन् । नथ ट्रिटी एटलान्टिक संघ (नाटो) सँग राम्रो हुने र एसियासँगको व्यापार राम्रो हुने सम्भावना छ ।
डेमोक्रयाट्हरुले जनताको सामाजिक हितलाई हेर्छ । धनीहरुलाई कर बढाएर मजदुरहरुको न्युतम तलव पनि वृद्धि गर्छु भन्ने नीति बाइडनको छ । ट्रम्प प्रशासनले कर अझै घटाउने र बजेट घाटा होस तर कर घटाएर लगानी बढाउँछु भन्ने नीति लिएको छ । बाइडेनले धनी र लगानीकर्तालाई कर बढाएर गरिवको ज्यालादर बढाउने भनेको छ । यस्तै, आप्रवासीहरुलाई सहज गराउने नीति पनि छ । त्यो नभई अमेरिका चल्दैन् ।
बाइडेन आएपछि धनीहरुले बढी कर र गरिवहरुको ज्यालादर बढ्ने हुन्छ । बाइडनले ओबामा केयर भन्दा पनि राम्रो हेल्थकेयर ल्याउने प्रतिवद्धता जनाएका छन् । त्यो पनि राम्रो हो । सबैले काम गर्नुपर्छ । काम गरेर बिमा गर्नुपर्छ र सित्तैमा कसैलाई पनि दिनु हुँदैन भन्ने अमेरिकाको पुरानो नीति हो । त्यतिमात्र नभएर ओबामाले गरिबहरुलाई काम दिन्छु भनेका थिए ।
डीभी खारेज गर्ने कुरा ट्रम्पले गरेका थिए । भीसा र ग्रिनकार्ड खारेज गर्ने ट्रम्पका नीति बाइडनले उडाउने छन् । यी सबै नीति कङ्ग्रेसबाट पारित हुनुपर्छ । कङ्ग्रेसबाट पारित गर्नुपर्दा लिने दिने दुबै हुने भएकाले रिपब्लिकनको नीतिले प्रवेश पाउने सम्भावना हुन्छ ।
बाइडेनले भनेको जस्तो सबै नीति लागू नहुन पनि सक्छ । बाइडनले कार्यकारी अधिकारबाट धेरै कुरा गर्न सक्छन् । तर पनि हाउसमा रिपब्लिकनको बहुमत हुने देखिएको छ भने सिनेट डेमोक्र्याट्हरुले लैजाने देखिएको छ ।
(अमेरिकाका लागि पूर्व राजदूत डा. शर्मासंग गरिएको कुराकानीमा आधारित)