काठमाडौं । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ । बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर नहर निर्माण भएको आयोजनाका प्रमुख मधुकर रानाले बताए ।
बर्दियाको कृषियोग्य जमीनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा आव २०४९/५० बाट परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा सिँचाइ बबई नदीको पानी नहरमार्फत पुर्याउँदै आव २०७४/०७५ मा सक्ने लक्ष्य आयोजनाले राखेको प्रमुख रानाले बताए ।
आयोजनाले गरेको नहर निमार्णमा विसं २०७१ तथा २०७४ मा आएको बाढीले बगाएको हुँदा बाढीबाट भत्किएका संरचना र नयाँ संरचना आयोजनाले थप पश्चिमी मूल नहर गुलरियासम्म पुर्याउने लक्ष्य लिएको छ ।
पश्चिम क्षेत्र विकास विस्तार सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण शाखा उपशाखा नहरको आधुनिकीकरणलगायतका कार्य गर्दै आइरहेकाले गर्दा आव २०७८/०७९ मा आयोजनाले नहर निर्माण गर्दा १२ अर्ब ५६ करोड रुपैयाँ गुरुयोजनामा कार्यान्वयन गरिरहेको रानाले जानकारी दिए ।
आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म गरिसक्ने लक्ष्य छ । आयोजनाले पूर्वतर्फ बाँकी रहेको करिब २ किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माण गर्ने यो वर्षको लक्ष्य छ । बबई नदीको बायाँतर्फको छवटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्याङ्कन चरण पूरा भएको आयोजना प्रमुखले जानकारी दिए।
बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचनाहरु निर्माण भइरहेको आयोजना प्रमुखले बताए । भेरी बबई डाइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तक्र्रिया भएको बताएको छ ।
बबई सिँचाइ आयोजनाको यस वर्ष ७० प्रतिशत भौतिक प्रगति गरेको छ । अहिलेसम्म मुआब्जा वितरणसमेत गरी ७५ करोड ६३ लाख रुपैयाँ चालु आर्थिक वर्षसम्म खर्च गरेको जानकारी रानाले जनाए । आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्याङ्कनपश्चात मुआब्जा वितरण कार्य गत आवमै सम्पन्न गरिने भएको छ ।
३६ हजार हेक्टरमध्ये २२ हजार ६०० हेक्टर जमीनमा सिँचाइ पुर्याएको छ । मूल नहर पश्चिमतर्फ ३४ किलोमिटर बनिसकेको छ । १ अर्ब ४९ करोड २१ लाख रुपैयाँ बजेट रहेको छ ।
४.९ किलोमिटर मूल नहर बनाउने योजना रहेको छ । शाखा उपशाखा प्रशाखाहरु १७ किलोमिटर पक्की नहर निर्माण गर्ने योजना छ । त्यसैगरी बबई नदीको बायाँतर्फ चार किलोमिटर तटबन्ध गर्ने योजना छ । यस वर्ष चार हजार हेक्टर जमीनमा सिँचाइ पुुुुुुुुयाउने योजना छ ।
बबई सिँचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसकेको आयोजना प्रमुख रानाले बताए । उनका अनुसार आगामी २०७८/०७९ सम्म ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य रहेको छ ।