काठमाडौं । लगानी बोर्डले ६४० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना बनाउन प्रस्ताव आब्हान गरेको ९ महिना बितिसक्दा पनि निर्णय गरेको छैन । बोर्डले गएको माघको अन्तिम साता निर्माणका लागि प्रस्ताव आब्हान गरेको हो । त्यसपछि आयोजनाको विषयमा निर्णय भएको छैन् ।
गत वर्षको असोज ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४० औं बैठकले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) संयुक्त, भारतको सतलज जलविद्युत निगम लिमिटेड, ग्रीन रिर्सोसेज प्राइभेट लिमिटेड र इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) लाई छनौट गरेको थियो ।
यो पनि पढ्नुस
तल्लो अरुण जलविद्युतमा ३ कम्पनी छनोट, आयोजना निर्माणका लागि प्रस्ताव आह्वान गरिने
कम्पनीहरुले प्रस्ताव पेश गरेको लामो समय बितिसकेको छ । तर, बोर्डले यो आयोजनाको विषयमा निर्णय भने गरेको छैन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट बोर्डले आयोजनामा परेको प्रस्तावको अध्ययन गरिरहेको जानकारी दिए । उनले अब छिट्टै निर्णय गर्ने बताए । कोरोना महामारी र तत्कालिन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि गत वैशाखदेखि लामो समय बोर्ड सीईओ विहिन भएको थियो ।
मूल्याँकनको काम भइरहेको बोर्डले जानकारी दिएको छ । तल्लो अरुणमा पनि निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर प्रस्ताव आब्हान गरेको छ । अरुण तेस्रो आयोजनाले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट निशुल्क बिजुली दिने प्रस्ताव गरेपछि पाएको थियो ।
यो पनि पढ्नुस
तल्लो अरुण आयोजना बनाउन लगानी बोर्डले माग्यो प्रस्ताव, निःशुल्क ऊर्जालाई प्राथमिकता
९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको सतलजलाई तल्लो अरुण आयोजना बनाउन दिन भारतले अनुरोध गरिसकेको छ । यसअघि भारतीय तत्कालिन ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले तल्लो अरुण आयोजना सतलजलाई बनाउन दिन अनुरोध समेत गरिसकेका छन । सतलज भारत सरका स्वामित्वको कम्पनी हो ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो ।
यो पनि पढ्नुस
तल्लो अरुण आयोजनामा भाग लिने कम्पनीले न्युनतम २० प्रतिशत निःशुल्क बिजुली प्रस्ताव गर्नुपर्ने
संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलिमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । अरुण तेस्रोबाट बिजुली उत्पादन भएको पानी सिधै तल्लो अरुणको सुरुङमा जाने छ ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर विद्युत् उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलिमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । हाल आयोजनाको अध्ययन भइरहेको छ ।