भारतीय कम्पनी माइक्रोम्याक्सले ईन सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नोट वान र वान बी गरी दुई स्मार्टफोन बजारमा सोकेस गरेको हो ।
भारतीय बजारमा नोट वानको बिक्री नोभेम्बर २४ देखि र वान बीको बिक्री नोभेम्बर २६ देखि हुने जनाइएको छ ।
ईन नोट वान स्मार्टफोनमा ६।६७ इन्च फुल एचडी प्लस पन्च होल डिस्प्ले अल्ट्रा ब्राइट रिजोलुसनको साथ दिइएको छ । फोनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसरको साथ ४ जीबी ¥याम छ ।
६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजका भेरियन्टमा यो फोन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल वाइड एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ । सेल्फीका लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ।
फोनमा शक्तिशाली ५ हजार ब्याट्री छ, जसले रिभर्स चार्ज टेक्नोलोजी सपोर्ट गर्दछ। यसको मतलब तपाईं यसको साथ अर्को स्मार्टफोन चार्ज गर्न सकिन्छ ।
स्मार्टफोनको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टको १०,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस १२८ जीबी भेरियन्टको १२,९९९ भारतीय रूपैयाँ रहेको छ ।
ईन वान बी
६।५२ इन्च प्लस, अल्ट्रा ब्राइट रिजोलुसन, मेडियाटेक हेलियो जी ३५ प्रोसेसरको साथ २ जीबी र ४ जीबी र्याम यस स्मार्टफोनको विशेषता हुन ।
३२ जीबी र ६४ जीबी अनबोर्ड स्टोरेजका साथ ईन वान बी बजारमा उपलब्ध छ । फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ । त्यस्तै २ मेगापिक्सेल डेप्थ सेन्सर छ ।
सेल्फीका लागि ८ मेगापिक्सल फ्रन्ट क्यामेरा छ । फोनमा ५ हजार एमएच क्षमताको ब्याट्री दिइएको छ ।
फोनको मूल्य २ जीबी प्लस ३२ जीबी भेरियन्टमा ६,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा ७,९९९ भारतीय रूपैयाँमा भारतीय बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।