पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको आसन्न १६ औं अधिवेशनको लागि उम्मेदवार मनोनयन दर्ता शुरु गरिएको छ ।
कात्तिक १९ गते हुने अधिवेशनको लागि १४ सदस्यीय कार्यसमितिमा अध्यक्ष र सचिव मा एक एक जनाको उम्मेदवारी परेको टान सचिवालयले जनाएको छ । अध्यक्षमा सुशीलराज पौडेल र सचिवमा मिलन तिवारी निर्विरोध हुने पक्का भएको छ ।
त्यसैगरी प्रथम उपाध्यक्ष पदका लागि जीवनराज सापकोटा र धर्मराज पन्थीको उम्मेदवारी परेको छ । सापकोटा हाल सचिवमा रहेका छन् भने पन्थी द्धितिय उपाध्यक्षको जिम्मेवारीमा छन् ।
द्धितिय उपाध्यक्ष पदमा तीन जनाको उम्मेवारले मनोनयन दर्ता गराएका छन् । सो पदका लागि कृष्णप्रसाद आचार्य, दिवस लामिछाने र उदय सुवेदी रहेका छन् । आचार्य हाल कोषाध्यक्ष र सुवेदी सहसचिवको जिम्मेवारीमा छन ।
सहसचिवका लागि विश्वहाङ राई र रेशम अधिकारीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा कृष्णकुमारी गुरुङ र ढाकाराम अधिकारीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी ६ सदस्यका लागि ११ सदस्यले उम्मेदवारी दिएका छन् । सदस्यमा अनिल थापा, अमृतप्रसाद तिवारी, कालीबहादुर नेम्वाङ, गोपालकृष्ण संग्रौला, चन्द्रबहादुर भुजेल, जुना अधिकारी, विकास गुरुङ, मोहनप्रसाद सुवेदी, दिपकप्रसाद सापकोटा, नवराज श्रेष्ठ (सौरभ) र लक्ष्मी कोइराला रहेका छन् । दुईजना सदस्य पछि मनोनयन गरिने छ ।
टानको यहि कात्तिक १९ गते १६ औं अधिवेशन र २७ औं वार्षिक साधारण सभा हुँदैछ ।