एमजी मोटर इण्डियाको ‘एमजी ग्लस्टर’ ले नपत्याउँदो व्यापार गर्न सफल भएको छ । यो एसयुभी सार्वजनिक भएको ३ हप्तामै २ हजारभन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ ।
एमजी मोडर इण्डियाका प्रवन्ध निर्देशक राजिव चावाले ट्विट गर्दै यो गाडी २ हजारभन्दा धेरै बुकिङ भएको जानकारी दिएका हुन् ।
कम्पनीले यो गाडी सेप्टेम्बर २४ मा पेश गरेको थियो भने अक्टोबर ८ मा मात्रै मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले टर्बो डिजेल इन्जिनमा २ वटा र ट्विन टर्बो डिजेल इन्जिनमा ३ वटा गरी कुल ५ वटा भेरिएन्टका ग्लस्टर बजारमा उतारेको हो । एजेन्सी
यसमा ७ वटा राइडिङ मोड छन् भने ४ ह्विल ड्राइभ पनि दिइएको छ । यसमा २ लिटरको ४ सिलिन्डर ट्विन टर्बो डिजेल इन्जिन दिइएको छ। यसले २१५ पिएस पावर र ४८० एनएम टर्क जेनेरेट गर्छ । यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ। जसमा ७० भन्दा धेरै कार कनेक्टेड फिचर्स समावेस छन् ।
यसमा १२ वटा स्पिकर भएको म्यूजिक सिस्टम, ८ इन्चको डिजी एनालग ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ लगायतका फिचर्स समावेस छन् ।
त्यसैगरी, यो एसयूभीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम राखिएको छ। त्यस्तै यसमा क्रुज कन्ट्रोल, लेन डिर्पाचर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटोमेटिक पार्किङ असिस्ट लगायतका फिचर्स छन् । एजेजन्सी