काठमाडौं । सिप्रदी ट्रेडिङ र टाटा मोटर्सले विद्यालय स्तरमा सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने हेतुले ‘हाम्रो बसको कुरा’ अभियानको तेस्रो शृङ्खला असारबाट सुरु गर्दै छ । कम्पनीले काठमाडौं महानगरीय ट्राफिक प्रहरी डिभिजनसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न लागेको हो । सन् २०१५ देखि सिप्रदी र टाटाले आफ्नो सामाजिक सेवा उत्तरदायित्वअन्तर्गत यो अभियान चलाइरहेका छन् ।
अभियानबाट कम्पनीले विभिन्न विद्यालयमा पुगेर कक्षा एकदेखि सातसम्म अध्ययनरत विद्यार्थीहरुलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने, विद्यालय कलेज प्रशासन, अभिभावकलगायत सरकोरावालालाई बस सुरक्षा महङ्खवबारे जानकारी दिने गरेको छ । साथै विद्यालयका सवारीसाधनमा काम गर्ने कर्मचारी चालक, सहचालक र विद्यालय सञ्चालकलाई सडक तथा बस सुरक्षाबारे सचेत गराउने, प्रशिक्षण दिने र सम्बन्धित निकायलाई स्कुल बसबारे सरकारी नीतिको जानकारी दिने उद्देश्य लिएको छ ।
यसअघि पनि सिप्रदीले विद्यार्थी, स्कुल बसका चालक, सहयोगी, विद्यालय प्रशासन, सरकोकारवाला र सम्बन्धित निकायलाई लक्ष्य गर्दै दुई ओटा अभियान सफल पारिसकेको छ । सन् २०१९ को डिसेम्बरसम्म समापन गरिने यो अभियानबाट सिप्रदीले एक लाख विद्यार्थी र १५ हजार स्कुल बस सवारी चालकमाझ पुग्ने लक्ष्य राखिएको छ ।
अभियानअन्तर्गत कम्पनीले विभिन्न वर्गका विद्यालयमा गई सचेतना सम्प्रेषणका तीन खम्बा सूचना, मनोरञ्जन र अन्तक्र्रियाका माध्यमबाट सचेतना अभिवृद्धिको काम गरेको सिप्रदीले बताएको छ । अभियानमा बालबालिकालाई मनोरञ्जनका माध्यमबाट सचेत गराउन टाटाले विद्यार्थीहरुलाई नै लिई उत्कृष्ट लयको म्युजिकल भिडियो पनि बनाएको टाटा मोटर्सका एरिया सेल्स तथा मार्केटिङ डेपुटी जनरल म्यानेजर इन्द्रप्रीत सिंहले बताए । अभियानका क्रममा स्कुल बसको सुरक्षित प्रदर्शनी, विद्यालय क्षेत्रमा वार्निङ साइन बोर्डहरु राख्ने, स्कुल बस सञ्चालकलाई सुरक्षासम्बन्धी प्रशिक्षण दिँदै आएको छ ।
‘हाम्रो बसको कुरा’ अभियान सिप्रदीले भारतमा सञ्चालित यसै प्रकारको अभियान ‘हामारे बस की बात’लाई नेपालमा एडप्ट गरेको हो । सिप्रदीले सन् २०१५ को अभियानलाई सुरु गर्दा काठमाडौं जिल्लालाई मात्र लक्षित गरेको थियो । तर कार्यक्रमको प्रभावकारिता र राम्रो प्रतिक्रियापछि यस वर्षबाट यसलाई ७७ जिल्लामा पुर्याउने योजना बनाएको छ । सिप्रदी टाटाले विद्यालय स्तरमा कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई यस प्रकारको शिक्षा दिँदै देशभरबाट करिब १८ जना सवारी चालकलाई पनि प्रशिक्षण दिएको डेपुटी जनरल म्यानेजर सिंह बताउँछन् ।
यस अभियानमा सिप्रदीलाई आइजीपी उपेन्द्र अर्याल, सीताराम हाछेथूलगायत महानगरीय ट्राफिक प्रहरी डिभिजनको पनि ठूलो सहयोग मिलेको उनले बताए । यस अतिरिक्ति प्रहरीको सहयोगमा अभियानअन्तर्गत एक लाख सचेतनामूलक पर्चा फ्लायसै बाँडिएको उनको भनाइ छ ।
यसअघिका दुई सिजनका अभियानअन्तर्गत ९० भन्दा धेरै सडक सुरक्षा र ट्राफिक सचेतना सेसन सञ्चालन भइसकेको र २० हजार विद्यार्थी र शिक्षकमाझ यो विषयमा सचेतना फैलाइसकेको सिप्रदी टाटाले बताएको छ ।
सिप्रदीले सुरु गरेको यो सामाजिक सचेतना अभियान नितान्त सामाजिक उत्तरादायित्व कार्यक्रम हो । यसलाई कुनै व्यापारिक स्वार्थ र अन्य संस्थाको सहयोगबिना सिप्रदी र टाटाले सञ्चालन गरेको सिप्रदीका प्रडक्ट म्यानेजर कृष्ण चन्दको भनाइ छ । सरकारले बनाएको स्कुल बससम्बन्धी नीतिमा सम्पूर्ण सुरक्षा फिचरमा सिप्रदी बेन्चमार्क बनेका कारण नेपालमा स्कुल बसको बजारमा सिुप्रदीको करिब ७२ प्रतिशत बजार हिस्सा रहेको उनी बताउँछन् ।
स्कुल बसको क्षेत्रमा नेपालमा प्रभावकारी छाप छाडेको टाटा सिप्रदीले आफ्नो सिद्धान्तलाई पछ्याउँदै अन्तिम बिन्दु खुद्रा बजारका लागि पनि केही गर्ने उद्देश्य लिएर २०१५ देखि आफ्नो क्रियाकलापलाई थप व्यवस्थित बनाउन यस्तो अभियान सुरु गरेको चन्दको भनाइ छ ।
यस वर्षबाट यस्ता कार्यक्रमलाई डिजिटल प्लेटफर्ममा सिफ्ट गरिएको उनले बताए । यसअन्तर्गत फेसबुक लगायत सामाजिक सञ्जालमा कन्टेस्ट गर्ने, पुरस्कार वितरण गर्ने र त्यसैमार्फत सचेतना प्रचार गर्ने काम भइरहेको उनको भनाइ छ ।
अभियानको प्रभावकारिता मापन गर्न सिप्रदीले लक्षित वर्गको व्यापारिक परिवर्तन र स्कुले विद्यार्थी, बसको दुर्घटनाको तथ्याङ्कलाई ट्राफिक प्रहरीबाट प्राप्त गरेर मूल्याङ्कन गरिरहेको सिप्रदीले बताएको छ । कार्यक्रमलाई देशव्यापी बनाउन सिप्रदीले विभिन्न सरकारी संस्था, ट्राफिक प्रहरी प्रशासन, रेडक्रस जस्ता संस्थासँग सहकार्य गरिरहेको र तयारीका लागि डाटाबेसमा काम अघि बढाएको छ ।