सामान्य समय भएको भए यतिखेर राजधानीका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, दरबारमार्ग लगायतका ठाउँ गइसक्नु हुँदैनथ्यो । सडकमा मान्छेको भीड, कपडा पसलमा नयाँ कपडा छान्नेको लर्को, सुन पसलमा गहना रोज्नेको लाइन र मोबाइल पसलमा नयाँ मोबाइल किन्नेको जमात ठूलै हुन्थ्यो ।
जुत्ता–चप्पल, मसला पसलदेखि खसी बजारसम्म मानिसहरूको आफूलाई आवश्यक पर्ने सामान र चाडबाडका लागि आवश्यक सामान जोहो गर्न मानिसहरूको घुइँचो हुन्थ्यो । त्यति मात्रै होइन्, नयाँ गाडी, मोटरसाइकल तथा स्कुटर किन्नेले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रेका सोरुम घेरेका हुन्थे । घरायसी रुपमा प्रयोग हुने टिभी, फ्रिज, मिस्चरजस्ता विद्युतीय सामग्रीदेखि रङरोगन र घर टल्काउने उपाय खोज्दै मानिसहरू सहरका गल्लीहरूमा भेटिन्थे । तर, यसपालिको दसैंमा त्यस्तो भीडभाड देखिने सम्भावना छैन ।
विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को कहरले नेपाल पनि आक्रान्त बन्यो र संक्रमण दर बढ्दै गएको छ । यतिबेला कोभिड–१९ का लागि राजधानी हटस्पटका रुपमा देखिन थालेको छ । यसको त्रासले पनि मानिसहरू बाध्यता नभई सडकमा निस्कने आँट गरेका छैनन् ।
घरायसी रुपमा प्रयोग हुने टिभी, फ्रिज, मिस्चरजस्ता विद्युतीय सामग्रीदेखि रङरोगन र घर टल्काउने उपाय खोज्दै मानिसहरू सहरका गल्लीहरूमा भेटिन्थे । तर, यसपालिको दसैंमा त्यस्तो भीडभाड देखिने सम्भावना छैन ।
उता, सरकारले बारम्बार भीडभाडमा नजान भनेको मात्रै छैन यस वर्षको चाडपर्व जहाँ छौं त्यहीँ मनाउन आग्रह गरिरहेको छ । यसले पनि यस वर्षको दसैं तथा तिहार र छठ पर्वको रौनक हराउने त होइन भन्ने आशंका जन्मिएको छ ।
न सर्वसाधारण जनताले दसैंमा नयाँ लुगा किन्न पाउने छन् नत पोहोरको जस्तो यो दसैंमा भीडभाड नै हुन्छ । नयाँ गहना किन्ने वा बनाउने शून्यमा झरेका छन् ।
काठमाडौंको न्युरोड, असन, इन्द्रचोक र महाबौद्धलाई देशभरको मुख्य बजारको रुपमा लिइन्छ । त्यही बजार कोरोना महामारीका कारण त्रसित बनेको छ । छिटफुट रुपमा मान्छेको आवत–जावत भए पनि कसैमा पनि चाडपर्वको उत्साह छैन । दसैं सामाजिक तथा सांस्कृतिक पर्व मात्र नभएर किनमेलको पर्व पनि हो । व्यवसायीहरू पनि दसैं अघिको समयलाई ‘व्यावसायिक पर्व’का रुपमा लिन्छन् ।
सोरुमहरू पनि सुनसान प्रायः छन् । दसैं तथा तिहारको रौनक ल्याउन दुईपाङग्रे वा चारपाङग्रे सवारी साधनका सोरुमको योगदान अतुलनीय रहन्थ्यो । तर, यो वर्ष उनीहरूमा पनि खासै उत्साह छैन । मोबाइल, लत्ताकपडा, होमअप्लाइन्सेस्, जुत्ता–चप्पल कतै पनि चहल पहल छैन । होमअप्लाइन्सका व्यापारीहरू विगत ६ महिनादेखि बन्द कोठामा छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले नै ठूलो संख्यामा मानिसहरू जम्मा हुन प्रतिबन्ध लगाएको छ ।
४ महिना लामो मुलुकव्यापी बन्दाबन्दी (लकडाउन) र त्यसपछि क्षेत्रगत रुपमा लगाइको निषेधाज्ञापछि खुलेका व्यापार÷व्यवसायमा सुरुका दिन केही उत्साह देखिएको जस्तो अनुभव भए पनि पछिल्लो समय पूरै नैराश्यता छाएको छ । कोभिड संक्रमणको दर दैनिक बढेको तथ्यांकले मानिसहरूमा त्रासको वातावरण पैदा भएको छ ।
अर्कोतिर दसैंमा सरकार तथा निजी क्षेत्रले आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम दसैं खर्च (दसैं पेश्की) भनेर दिन्छ । यसले गर्दा जनमानसमा सामान्य अवधिमा भन्दा बढी रकम आउने भएकाले त्यस्तो रकमलाई नयाँ वस्तु जोड्ने अवसरका रुपमा प्रयोग गर्ने गर्छन् ।
व्यापारमा कुनै उत्साह नदेखिने बित्तिकै त्यसको प्रत्यक्ष असर चाडपर्वमा पर्छ नै । विशेषगरी हिन्दु संस्कारमा सबैभन्दा ठूलो पर्वका रुपमा लिइएको दसैं दसहरा÷नौरथामा नेपालीहरू नयाँ लुगा लगाउने, गरगहना नयाँ बनाउने, नयाँ टिभी÷फ्रिजजस्ता घरायसी सामान किन्ने गर्छन् । अर्थात दसैंका बेला आफूसँग पैसा नभए पनि नेपालीहरूले ऋण काढेरै भए पनि आवश्यक सामानको जोहो गर्ने गर्छन् ।
अर्कोतिर दसैंमा सरकार तथा निजी क्षेत्रले आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम दसैं खर्च (दसैं पेश्की) भनेर दिन्छ । यसले गर्दा जनमानसमा सामान्य अवधिमा भन्दा बढी रकम आउने भएकाले त्यस्तो रकमलाई नयाँ वस्तु जोड्ने अवसरका रुपमा प्रयोग गर्ने गर्छन् ।
लामो समय विदेशमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन स्वदेश फर्किने गरेका छन् । विदेशबाट फर्किएका नेपालीले घर फर्कंदा केही नयाँ सामान खरिद गरेकै हुन्छन् । तर, कोभिडको त्रासले मानिसहरू आफूलाई बाध्यता नपरी कुनै पनि सामान किन्न छाडेका छन् । विदेशबाट आएका मानिसहरू पनि आइसोलेसनमा बस्नुपर्ने वा रोग सर्न सक्ने भयका कारण अत्यावश्यक नपरी कुनै पनि वस्तु खरिदमा ध्यान दिन छोडेका छन् ।
उपभोक्ताले सामानको माग गर्न छाडेपछि व्यापारीले पनि नयाँ सामान ल्याउने जाँगर चलाएका छैनन् । उनीहरू पनि पुरानै सामानलाई ‘सो’ गरेर कोही किन्न आए, त्यही सामान बेच्ने दाउमा छन् । उपभोक्तामा शिथिलता आएपछि व्यापारीले मात्रै जाँगर चलाएर केही हुँदैन ।
‘माग पक्ष नबढी पूर्ति पक्ष बढ्दैन्,’ अर्थविद् डा. पोषराज पाण्डे भन्छन्, ‘यो अर्थशास्त्रको सिद्धान्त हो ।’ कोरोना संक्रमण दर फैलिइरहेका कारण उपभोक्ता, उत्पादक आयातकर्ता सबैमा नैराश्यता भएकाले यसपालिको दसैंमा विगतको जस्तो व्यापार हुने सम्भावना कम रहेको पाण्डेको भनाइ छ ।
हो, अहिले अत्यावश्यक बाहेक हरेक वस्तुको माग लगभग शून्यमा झरेको छ । त्यही भएर होला उत्पादक वा आयातकर्ताले पनि सामानको उत्पादन वा आयात घटाएका छन् । अर्कोतिर मानिसहरूमा फेरि लकडाउन हुने त होइन भन्ने त्रासले पनि व्यवसायीहरूले बढी सामान जोहो गर्न चाहेका छैनन् । अर्कोतिर यो मौसम न तातो न चिसो हो । यतिबेला ल्याउने सामान कुन समयका लागि ल्याउने ? व्यवसायीमा पनि अलमल छ ।
पुरानो घरलाई रङ्ग्याउने, घर ‘रेनोभेट’ गर्ने, नयाँ सम्पत्ति (घरायसी सामान) जोड्ने काम दसैंमा हुन्थ्यो । तर, यो वर्ष कसैले पनि घरलाई रङ्ग्याएका छैनन् । रङको बिक्रीमा खासै चहलपहल देखिँदैन ।
दसैंका लागि भनेर अटो व्यवसायीले हरेक वर्ष नयाँ–नयाँ गाडी सार्वजनिक गर्थे । नयाँ गाडीका लागि बुकिङ खुलाउँथे । दसैं नसिधिन्जेलसम्म हरेक दिन नयाँ गाडीको ‘लञ्च’ हुन्थ्यो । तर, यो वर्ष एकाध बाहेक कुनै कम्पनीले पनि नयाँ गाडी सार्वजनिक गरेका छैनन् ।
पुरानो घरलाई रङ्ग्याउने, घर ‘रेनोभेट’ गर्ने, नयाँ सम्पत्ति (घरायसी सामान) जोड्ने काम दसैंमा हुन्थ्यो । तर, यो वर्ष कसैले पनि घरलाई रङ्ग्याएका छैनन् । रङको बिक्रीमा खासै चहलपहल देखिँदैन ।
एकातिर सरकारले व्यापार व्यवसायलाई सहज बनाउने भन्दै केही (सिनेमा हल, पार्टी प्यालेस आदि)बाहेक सम्पूर्ण व्यवसाय खुला गरिसकेको छ । होटलहरूले ६ महिनादेखिको माकुराको जालो पुछ्न थालेका छन् । तर, होटलमा ग्राहकहरूको रौनक छैन । एयरलाइन्सले पनि सेवा सुरु गरेका छन् ।
प्याकेज सार्वजनिक गरेका छन् । तर, उपभोक्तालाई ती कुनै पनि प्याकेज तथा अफरले छुन सकेको छैन । सहरका मुख्य चोकहरूमा विभिन्न छुटसहित ठूल्ठूला ‘सेल’ मेला लागेर भीड हुने बेला कोरोनाबाट त्रसित मनलाई फर्काउन सकेको छैन ।
यद्यपि दसैंलाई लक्षित गरेर केही अटो व्यवसायीले अफर तथा छुट सार्वजनिक गरेका छन् ।
पेन्ट्स कम्पनीहरूले पनि नयाँ–नयाँ स्किम ल्याएका छन् । तर, उपभोक्ताहरू सामान्य सोधपुछ गर्नसमेत नआएको व्यवसायीहरूको भनाइ छ । दसैंले छोपीसक्दा पनि आर्थिक गतिविधि भने बढ्न सकेको छैन । नयाँ सामान आउने छाँटकाँट छैन ।
तर, पनि व्यवसायीले आश मारेका छैनन् । ग्राहकलाई आकर्षित गर्न उद्योगी÷व्यवसायीले विभिन्न अफर सार्वजनिक गरिरहेका छन् ।
गाडी किन्दा छुटैछुट
नेपालमा दुई तथा चारपाङ्ग्रे सवारीसाधनका प्रमुख ब्राण्डका आधिकारिक बिक्रेताहरू टाटा, हुण्डाई, फोर्ड, फक्सवागन, टोयोटा, होण्डा, हिरो, बजाज, फोर्ड, सुजुकी, ड्याटसन, रेनो, एमजी, किया, महिन्द्रा, स्कोडा, जिप, यामाहा, स्याङयोङ, टीभीएसलगायत छन् । यी सबै कम्पनीहरूले आफू अनुकूल विभिन्न स्किमहरू अघि सारेर प्रतिस्पर्धा गरिरहेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक निराकार श्रेष्ठले गत वर्षहरूको जस्तो दसैं उत्साह नभएको बताए । ‘गत वर्षहरूमा जति गाडी बिक्री हुन्थ्यो यो वर्ष छैन,’ उनले भने, ‘नयाँ गाडी कमै बिक्री भएको छ ।’ नेपालमा २० देखि ४५ लाखसम्मका गाडीको बढी माग रहेको श्रेष्ठको भनाइ छ । आर्थिक वर्ष २०७६÷७७ मा डिजेल÷पेट्रोलका ९ हजार ७ सय ७५ वटा र विद्युतीय ४ सय ८७ वटा गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ ।
हुन्डाईले दसैं–तिहारलाई लक्षित गर्दै गाडी खरिद गर्दा नगद छुट र स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, बम्पर उपहारमा ‘लक्की–ड्र’ मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्डआई १० नियोस १ थान जित्न सक्ने सुविधा दिएको छ । साथै ग्राहकहरूले १ वर्ष निःशुल्क बिमा पाउने कम्पनीले जनाएको छ ।
महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि ‘विशेष प्याकेज’ अघि सारेको लक्ष्मी इन्टरकन्टिनेन्टलले योजना असोज १२ देखि मंसिर ५ सम्म लागू हुने जनाएको छ ।स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ योजनाअन्तर्गत ग्राहकले कोरियन गाडी एसयूभी, एक्सएलभी किन्दा ३ लाख छुट पाउने जनाएको छ ।
किया मोटर्सले दुई मोडलका गाडी किन्दा ४ लाख रुपैयाँसम्मको छुट दिने नीति लिएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको अल न्यू–सेल्टोस र स्पोर्टेज गाडी किन्ने ग्राहकलाई नगद छुटसँगै एक वर्षको निःशुल्क बिमा र सडक कर बेहोर्ने बताइएको छ ।
ति मात्र होइन ग्राहकहरूले आफ्ना पुराना गाडीहरू टिभोली वा एक्सएलभीसँग साटेबापत २ लाख ‘एक्सचेन्ज बोनस’ पनि दिने दाबी गरेको छ । त्यसैगरी, कोभिड वारियर्सहरू (डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीहरू) लाई थप १ लाख छुट दिने नीति अख्तियार गरेको छ ।
किया मोटर्सले दुई मोडलका गाडी किन्दा ४ लाख रुपैयाँसम्मको छुट दिने नीति लिएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको अल न्यू–सेल्टोस र स्पोर्टेज गाडी किन्ने ग्राहकलाई नगद छुटसँगै एक वर्षको निःशुल्क बिमा र सडक कर बेहोर्ने बताइएको छ ।
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं–तिहार तथा छठ अफर’ उपहार योजनाअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत अग्रिम भुक्तानी (डाउन पेमेन्ट)मा गाडी किन्न पाउने र ९ महिनासम्मको इक्यूलेट मन्थ्ली इस्टलमेन्ट (ईएमआई) कम्पनीले तिरिदिने व्यवस्था गरेको छ । शून्य प्रतिशत डाउनपेमेन्ट, स्क्र्याच काडमार्फत २९ लाखसम्म छुटका साथमा ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेड्मी नोट९प्रो म्याक्स मोबाइल दिने योजना अघि सारेको छ ।
हरेक निसान गाडी किन्दा ग्राहकले ५० हजारसम्मको फ्री एसेसरिज, एक वर्षको निःशुल्क बिमा, १० वर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्री सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पाउने पायोनियर मोटो कर्पले दाबी गरेको छ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी मोटोकर्पले पनि गाडी खरिदमा ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा नीति अङ्गिकार गरेको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले दसैंको अवसरमा गाडी किन्दा ४ लाख रुपैयाँसम्मको नगद छुटका निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा उपहार, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने नीति लिएको छ ।
उता, फोर्स मोटर्सले क्रुज गाडी खरिद गर्दा ग्राहकले ९ महिनासम्म ब्याज तथा किस्ता तिर्नुनपर्ने जनाएको छ । गाडी खरिद गर्दा पाउने स्क्र्याच कुपनमा न्यूनतम २ देखि १० लाख रुपैयाँसम्मको नगद छुटका साथै ९ लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर गाडी खरिद गर्न सक्ने सुविधा घोषणा गरेको छ ।
सस्तो डाउन पेमेन्ट, छुटलगायतका स्किमले दुईपाङ्ग्रे सवारी बिक्री चम्किने गरेको छ । नेपालमा बिक्री हुनेमध्ये करिब ३० देखि ४० प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन गुड्छन् । नेपालमा २ लाख देखि ३ लाख ५० हजार रुपैयाँसम्म मूल्यका मोटरसाइकल÷स्कुटर बढी बिक्री हुने गरेका छन् ।
दसैंले दुईपाङ्ग्रे सवारीमा बहार
नेपालमा जुनसुकै मौसममा चल्ने र हरेकको रोजाइमा पर्ने दुईपाङ्ग्रे सवारीसाधन हो । अझ दसैं–तिहारमा मोटरसाइकल÷स्कुटीको अधिक माग हुन्छ । सार्वजनिक यातायातमा हिँड्न समस्या हुने र चारपाङ्ग्रे निजी सवारी खरिद गर्न नसक्नेहरूको रोजाइमा मोटरसाइकल÷स्कुटी पर्दै आएको छ ।
सस्तो डाउन पेमेन्ट, छुटलगायतका स्किमले दुईपाङ्ग्रे सवारी बिक्री चम्किने गरेको छ । नेपालमा बिक्री हुनेमध्ये करिब ३० देखि ४० प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन गुड्छन् । नेपालमा २ लाख देखि ३ लाख ५० हजार रुपैयाँसम्म मूल्यका मोटरसाइकल÷स्कुटर बढी बिक्री हुने गरेका छन् ।
बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले दसैं–तिहार–छठमा मोटरसाइकल किन्दा १० हजार छुट वा ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शून्य ब्याजदर वा २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्न पाउने स्किम ल्याएको छ । हुलास अटो क्राफ्ट तथा एचएच बजाजका प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले कोरोनाका कारण बाइक बिक्रीमा केही असर गरे पनि २ सयदेखि २५० वटा बाइक दैनिक बिक्री भइरहेको बताए । उनकाअनुसार गत वर्ष दसैंमा दैनिक ३ सयभन्दा बढी बाइक बिक्री भएको थियो ।
‘हामीले कोभिड प्याकेजहरू पनि सार्वजनिक गरेका थियौं, त्यतिबेला अहिलेको भन्दा दोब्बर दुईपाङ्ग्रे सवारी बिक्री भएको थियो,’ गोल्छाले भने, ‘तिहारमा पनि बिक्री अझै बढ्ने अनुमान गरेका छौं ।’ गोल्छा गु्रपले लकडाउनपछि अर्थात दसैं लक्षित चारवटा नयाँ मोडलको बाइक भिœयाइसकेको छ ।
त्यस्तै हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक एनजीएम हिरोले ग्राहकले नगद छुट ५ हजार रुपैयाँ वा स्क्र्याच कार्डमार्फत नगद १ हजारदेखि १ लाखसम्म जित्ने मौका दिएको छ । दुई जना ‘लक्की ड्र’ मार्फत छानिने विजेताले १÷१ लाख रुपैयाँ नगद जित्न सक्ने छन् ।
यामाहाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्कस् प्रालि(एमएडब्ल्यू) इन्टरप्राइजेजले बाइक तथा स्कुटरको खरिद गर्दा स्क्र्याचकार्डमार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुट, हरेक साता ‘लक्की ड्र’ मार्फत यामाहा आरथ्री जित्ने मौका, टेस्ट ड्राइभमा सरप्राइज गिफ्टको अफर ल्याएको छ ।
त्यति मात्रै नभई २० प्रतिशत डाउन पेमेन्टमा यामाहा स्कुटर र सलुटो मोटरसाइकल खरिद गर्न सकिने यामाहाले अफर ल्याएको छ । गत वर्ष ३ सय वटा प्रतिदिन बिक्री हुन्थ्यो । अहिले दैनिक १ सय ५० देखि २ सय वटासम्म मोटरसाइकल बिक्री भएको एमएडब्ल्यूले बताएको छ ।
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरूले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरको सुविधा पाउनेछन् । भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको निःशुल्क सडक कर र १५० सीसी भेस्पाको खरिदमा १० हजार बराबरको ‘फ्री पेरिमिटर किट’ दिने जनाएको छ ।
कम्पनीका अनुसार गत वर्ष दसैंमा भेस्पा, अप्रिलिया र रोयल इन्फिल्ड गरी दैनिक ३ सय सवारीसाधन बिक्री हुने गरेको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण दैनिक सयदेखि १५० को रेन्जमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।
टीभीएसका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने योजना अघि सारेको छ ।
मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले हरेक साता एक जना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने योजनामा सहभागी हुनुका साथै ९ हजार नगद छुट, ५० प्रतिशत डाउन पेमेन्टमा सवारीसाधन खरिद गर्दा शून्य प्रतिशत ब्याजदरजस्ता सुविधा दिएको छ । टीभीएसले पैसा नभएकालाई पनि शून्य प्रतिशत डाउन पेमेन्टमा बाइक दिइरहेको छ ।
जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज ढकालले बन्दाबन्दी पनि सर्वसाधारणले दुईपाङ्ग्रे सवारीमा थप आकर्षित भएको बताए । ‘सार्वजनिक सवारीमा कोरोना भाइरस जोखिम र यात्रामा सहजीकरण पनि नहुने हुँदा बाइक र स्कुटरमा मानिस रुपान्तरित भएका हुन््’ ढकालले भने, ‘सबैको लक्ष्य दसैंमा नै सवारीसाधन किन्ने भन्ने हुन्छ ।’ टीभीएस बाइक तथा स्कुटर गत वर्ष दैनिक २ सय ५० देखि ३ सय वटा बिक्री हुने गरेकोमा अहिले डेढसयदेखि दुई सयसम्म बिक्री भइरहेको ढकालको भनाइ छ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार नगद छुट तथा १ वर्षको सडक तिर्ने योजना ल्याएको छ । त्यस्तै, एक्सचेन्ज र सरल फाइनान्सको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ ।
नेपाल अटोमोबाइल्स् डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना निषेधाज्ञाले तहसनहस बनाएको अटो बजारलाई दसैं–तिहारले राहत दिने बताए । ‘देश भर्खर खुल्दै गरेको अवस्थामा व्यापार गर्नेभन्दा पनि सुरुवात गर्न पाउनुनै ठूलो कुरा हो,’ उनले भने, ‘गत वर्षहरूमा भए यतिवेला नाडा अटो सो सकिएर अटो बजारले दसैं–तिहारमा नयाँ रुप लिइसक्थ्यो तर, यस वर्ष कोरोना कारण ठूलै क्षति पुगेको छ । अहिलेको अवस्थामा टिक्न सक्नुनै ठूलो उपलब्धि भएको दुलालले बताए ।
दसैंका बेला नयाँ खरिद गर्न नसक्नेलाई लक्षित गरी तुलनात्मक रुपमा सस्तो मूल्यमा ‘सेकेण्ड ह्याण्ड’ सवारी साधन बिक्री तथा सट्टापट्टा बढ्ने सम्भावना पनि बढी हुन्छ ।
दसैंमा छैनन् नयाँ कपडा
विगतका वर्षहरूमा लत्ताकपडा बिक्री गर्न भ्याइनभ्याइ हुने व्यापारीलाई यो वर्ष पुरानै स्टकमा रहेको सामान सिध्याउन लागिपरेका छन् । विश्वव्यापी लकडाउनको असर नेपालको लत्ताकपडामा पनि परेको छ । नेपालमा लकडाउन र निषेधाज्ञा खुले पनि चीनतर्फका नाकामा ९ महिनादेखि अड्किएर बसेका मालबाहक कन्टेनरहरू नेपाल प्रवेश गर्न चीन सरकारको अनुमति सामानहरू अलपत्र परेका मात्रै छैनन् बजारमा दसैंका लागि आवश्यक सामग्री अभाव छ ।
राष्ट्रिय व्यापार संघ नेपालका अध्यक्ष कमल अग्रवालले मंसिरदेखि केरुङ नाकामा १२ सयभन्दा बढी मालवाहक ट्रक रोकिरहेकाले सबै लत्ताकपडा नाकामै रोकिएको कारण नयाँ सामान यसपालिको दसैंमा नआउने बताउँछन् । सामान आयात खुलाउन सरकारसँग माग गरे पनि व्यवसायीको मागलाई सरकारले बेवास्ता गरेको अग्रवालको भनाइ छ ।
दसैंमा प्रायः मानिसले नयाँ ब्रान्डकै कपडा खोज्ने गरे पनि दसैं, तिहार र छठ लक्षित फेन्सी कपडा तथा जुत्ता आयात नभएपछि आफूसँग भएका स्टक सामान सकाउने रणनीतिमा व्यवसायी जुटेका छन् । अध्यक्ष अग्रवालका अनुसार गत वर्ष दसैंलाई लक्षित व्यवसायीहरूले १५ अर्ब बढीका सामान ल्याएका थिए । यो वर्ष कुनै पनि नयाँ सामान आएका छैनन् । खासगरी भदौ पहिलो साताबाट सुरु हुने दसैं व्यापारका लागि लत्ताकपडा चीनबाटै आउने गरेका छन् ।
‘साना व्यापारीको पुँजी नाकामा फसेर बसेको छ भने केही ठूला व्यापारीले सामुद्रिक बाटो हुँदै आएका सामान मात्रै नेपाल भित्रिएकाले यसपालिको दसैंमा उत्साहजनक व्यापार हुन्छ भन्ने आशा छैन’ अग्रवालले भने ।
नेपालमा सामसङ, एमआई, ओप्पो, रियलमीजस्ता मोबाइल बढी बिक्री हुने गरेका छन् । लामो समयका लकडाउन र निषेधाज्ञाका कारण मोबाइल, ल्यापटपजस्ता सामानको अभाव भएकाले आएको माग पनि पूरा गर्न नसकिएको साउदले बताए ।
मोबाइल÷ल्यापटपको छैन मौज्दात
मोबाइल, ल्यापटप, घडीलगायतका सामानहरू अघिपछि पनि सर्वाधिक बिक्री भईनै रहेका हुन्छन् । दसैं नजिकिएसँगै मोबाइल वितरक संघ तथा आयातकर्ता कम्पनीहरूले ल्याउने अफरका कारण मोबाइल तथा ग्याजेट बिक्रीमा उत्साह थपिन्छ । तर, यसवर्ष नेपाली मोबाइल बजारमा गत वर्षको तुलनामा खासै रौनक छैन ।
विगतका वर्षहरूमा विभिन्न अफर छुटले मोबाइल तथा ल्यापटप किन्ने मानिसको भरिभराउ हुने न्यूरोड र असन बजार यतिबेला सुनसान जस्तै छन् । नेपाल मोबाइल वितरक संघका अध्यक्ष जगत साउदकाअनुसार गत वर्षहरूमा दसैंमा १ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल बिक्री हुन्थ्यो । तर, यो वर्ष त्यो सम्भावना छैन । साउदले यस वर्ष मोबाइल व्यापार ३० प्रतिशतमा खुम्चिएको बताए ।
नेपालमा सामसङ, एमआई, ओप्पो, रियलमीजस्ता मोबाइल बढी बिक्री हुने गरेका छन् । लामो समयका लकडाउन र निषेधाज्ञाका कारण मोबाइल, ल्यापटपजस्ता सामानको अभाव भएकाले आएको माग पनि पूरा गर्न नसकिएको साउदले बताए ।
‘विद्यालयहरूमा अनलाइन कक्षाका कारण मोबाइलको माग अत्यधिक बढेको छ, बाहिरबाट सामान आउन पाएन’ साउदले भने, ‘नयाँ सामान नआउँदा मौज्दातमा सामान नरहेका कारण कुनै स्किमका कार्यक्रम आवश्यक देखिएको छैन ।’ व्यवसायीहरूले मौज्दात सकाउन विभिन्न स्किमहरू ल्याउने गर्छन् । विगत वर्षहरूमा मौज्दात रहँदा मूल्य घटाउन प्रतिस्पर्धा हुन्थ्यो भने डिलरले रिटेलरलाई पनि ‘टार्गेट’ दिने गर्थे ।
भन्सार विभागका अनुसार भदौमा मात्रै नेपालमा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार बराबरको ९ लाख ९५ हजार ५ सय पिस मोबाइल आयात भएको छ । गत वर्ष भदौमा भने ५ अर्ब १० करोड ४६ लाख बराबरको ११ लाख ४ हजार पिस मोबाइल आयात भएको थियो ।
मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लकडाउन भरी पनि मोबाइलको आयात राम्रो भइरहेको र दसैं तथा तिहारका लागि पनि विभिन्न ‘प्याकेज’ बनिरहेको बताए । अन्य क्षेत्रको व्यापारको तुलनामा मोबाइल÷ल्यापटपको माग अधिक रहेको भन्दै अग्रवालले लकडाउनका कारण भारत लगायतका तेस्रो मुलुकबाट अवैध रुपमा आउने मोबाइल बन्द हुँदा माग बढेको बताए ।
लकडाउनका कारण ‘ग्रे मार्केट’ बाट भित्रिने विभिन्न ब्रान्डका ४०–५० प्रतिशत अवैध मोबाइल आयात रोकिएर भन्सारको बाटो हुँदै आउनु पर्दा मोबाइलको माग ह्वात्तै बढेको उनको अनुभव छ ।
यस्ता छन्, दूरसञ्चार कम्पनीको अफर
नेपालका मोबाइल तथा इन्टरनेट सेवाप्रदायकले पनि दसैं तथा तिहारमा विशेष प्याकेज ल्याउने गर्छन् । विगतका वर्षझै यसपालि पनि नयाँ–नयाँ अफर ल्याउने तयारी गरेको छ । गत वर्षहरूमा रिर्चाजमा डेटा बोनस, मिस्ड कल अलर्ट सेवा निःशुल्क लगायतका अफर सार्वजनिक गरेका कम्पनीहरूले यस पटक पनि विभिन्न सुविधा दिने भएका छन् । विशेषगरी मोबाइल सेवातर्फ एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकम नै अग्रणी छन् ।
चाडपर्व नजिकिँदै गएपछि मात्रै कम्पनीहरूले ग्राहकलाई दिने सुविधा सार्वजनिक गर्ने गरेका कारण विगतका योजनामा केही परिमार्जन हुने सम्भावना रहन्छ ।
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले विगतका वर्षमाजस्तै यस वर्ष पनि एसएमएस, भ्वाइस र डेटा प्याकेज ल्याउने तयारी भएको बताए ।
दसैं–तिहारमा सबै मानिस फाइबर इन्टरनेटको पहुँचभन्दा बाहिर रहने हुँदा मोबाल डेटा अत्याधिक खपत हने गरेको उनको भनाइ छ । टेलिकमले फोरजी एलटीई दुई सय एमबीदेखि २ जीबीसम्म डेटा बोनस दिने तयारी गरेको छ ।
एनसेलले प्रत्येक दसैंमा १ सयदेखि १ हजारसम्मको प्रत्येक रिचार्जमा ग्राहकले १ सय एमबीदेखि १ जीबीसम्म डेटा बोनस पाउनेजस्ता योजना अघि सार्ने गरेको छ । २०० एमबी र ३०० एमबी डेटा ५ सय एमबी र १ जीबी बोनस डेटा ग्राहकलाई दिँदै आएको छ ।
स्मार्ट टेलिकमले पनि दसैंमा स्मार्ट सेलले ग्राहकहरूलाई डेटा, भ्वाइस र म्यासेज अफर ल्याउने गरेको छ । खासगरी कम्पनीले सस्तो पैसामै कुरा गर्न सक्ने प्याकेज, सस्तो डेटा र सीमित समयका लागि भ्वाइस प्याक दिनेछ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले चाडपर्वलाई लक्षित गर्दै ‘भायनेट बडा दसैंमा बडा टिभी’ अफर ल्याएको छ ।
हिमस्टारका सेल्स म्यानेजर केशव धितालले असोजमा होमअप्लायन्सका सामान बिक्रीले नयाँ आशा जागेको बताए । उनका अनुसार लकडाउन र निषेधाज्ञाका कारण सामान आयातमा पर्ख र हेरको नीति लिँदा कतिपय सामानको मौज्दात सकिएको छ ।
होम अप्लायन्समा छैन उत्साह
दसैं–तिहारको बेला गर्मीयाम सकिएर चिसोयाम सुरु हुने भएकाले यही बेला होमअप्लायन्समा विभिन्न उपहार र छुटसहित पुराना सामानको मौज्दात सकाउने अवसरको रुपमा प्रयोग हुने गरेकोमा यस वर्ष यस किसिमका कुनै कार्यक्रमको संकेत देखिएको छैन । यद्यपि व्यवसायीहरूले केही आशा जगाएको बताएका छन् ।
हिमस्टारका सेल्स म्यानेजर केशव धितालले असोजमा होमअप्लायन्सका सामान बिक्रीले नयाँ आशा जागेको बताए । उनका अनुसार लकडाउन र निषेधाज्ञाका कारण सामान आयातमा पर्ख र हेरको नीति लिँदा कतिपय सामानको मौज्दात सकिएको छ ।
विगतमा दसैंका अवसरमा १८ देखि २० करोडको सामान बिक्री हुने गरेको भए पनि यस वर्ष परिस्थिति प्रतिकूल रहेको व्यवसायीहरूको भनाइ छ । विगतका वर्षहरूमा घरायसी प्रयोजनमा आउने टेलिभिजन, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, वाशिङ मेसिन, होम थिएटरलगायत सामानको खरिदमा ग्राहकले विभिन्न उपहार तथा नगद छुट पाउने योजना सार्वजनिक हुने गर्थे ।
सीजी, एलजी, फिलिप्स, यासुदा, वर्लपुल, भिडियोकन, पानासोनिक, सामसङ, हिमस्टारलगायत ब्राण्डले नयाँ–नयाँ होम अप्लायन्सका सामान बजारमा ल्याउने गरेका छन् । खासगरी व्यवसायीका अनुसार दसैंमा वासिङ मेसिन, टेलिभिजन, भ्याकुम क्लिनर लगायतका सामान बढी बिक्री हुने गरेको छ ।
नेपालमा होम अप्लायन्सको व्यवसाय गर्ने एउटा ब्राण्डले वर्षको कम्तीमा ३० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्ने गरेको व्यवसायीहरूको अनुमान छ । सीजी इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर भरतप्रसाद शाहका अनुसार यो वर्ष कोरोना भाइरसको कारण होम अप्लाइन्सको व्यापारमा ठूलो असर परेको छ । यी सामानको माग ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी बिक्री हुन्छन् ।
दसैं–तिहारको समय यस्ता सामानको खरिद बिक्रीका लागि राम्रो अवसर हो । होम अप्लायन्सेस्को वार्षिक कुल व्यापारमा ३० देखि ४० प्रतिशत हिस्सा दसैं–तिहारको समयले लिने गर्छ ।
सबैभन्दा बढी मासु खपत हुने समय
दसैं वार्षिक रुपमा सबैभन्दा बढी मासु खपत हुने समय हो । यो बेलामा मासुका लागि खसीबोका, भेडाच्याङ्ग्रा, राँगा र कुखुराको कारोबार अन्य बेलामा भन्दा बढी हुन्छ । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्रै वार्षिक ५० देखि ६० हजार खसीबोका तथा च्याङ्ग्राको खपत हुन्छ ।
गत वर्ष दसैंका बेला काठमाडौं उत्पत्यकामा झन्डै ४७ हजार खसीबोकाको कारोबार भएको थियो । गत वर्ष व्यापारीले दसैंका लागि ५० हजार खसीबोका काठमाडौं भित्र्याएका थिए । गत आर्थिक वर्षमा विदेशबाट १० हजार २ सय ९२ गोटा खसीबोका आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार अघिल्लो वर्ष २०७५÷०७६ मा २ अर्ब ६५ करोड १८ लाख ८५ हजार बराबरको ३ लाख १६ हजार गोटा खसीबोका आयात भएको थियो ।
सरकारले २०७५ फागुनदेखि खसीबोका तथा मासुजन्य वस्तु आयात गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन वा निरोगिताको प्रमाण देखाउनुपर्ने व्यवस्था गरेको छ । यसले खसीबोका आयात घटाएको छ । पशुसेवा विभागका महानिर्देशक वंशी शर्माका अनुसार भने आन्तरिक रुपमा नै खसीबोकाको उत्पादन बढेकाले आयात घटेको हो ।
मासुमा नेपाल विस्तारै आत्मनिर्भर हुँदै गएको छ । तर, कोरोना महामारीका कारण खसीबोकाको माग कम हुने व्यापारीहरूको बुझाइ छ । पशुसेवा विभागअन्तर्गत आयात निर्यात र नियमन शाखाका पशु चिकित्सा अधिकारी डा. मनोजकुमार शाहीका अनुसार यस वर्ष दसैं तिहारका लागि भारतबाट खसीबोका भित्रिने छैन ।
संघकाअनुसार यसवर्ष खसीबजारमा ज्यूँदो खसीको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय रुपैयाँमा बिक्री हुनेछ । गत वर्ष ज्यूँदो खसीको मूल्य ५ सय ८० देखि ६ सय ३० रुपैयाँसम्म थियो । खुद्रा बजारमा तयारी मासुको मूल्य हाल प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ४ सय रुपैयाँमा पाइने गरेको छ ।
‘खसीबोकाको स्वस्थ र निरोगिता लगायतका सबै प्रक्रिया पु¥याउन व्यापारी भारत जानुपर्ने हुन्छ । तर, कोभिडका कारण जान पाएनन्’ शाहीले भने । विगतमा औपचारिक माध्यमबाट नभई अनौपचारिक रुपमा खसीबोका भारतबाट भित्रिने गरेकोमा सीमा बन्द भएका कारण यसपटक अवैध रुपमा खसीबोका भित्रिने सम्भावना कम छ ।
विगतमा मासु धेरै खपत हुने समय (दसैं÷तिहार)मा कुल खपतको २० प्रतिशतसम्म अबैध रुपमा खसीबोका आउने गरेको व्यवसायीहरूको भनाइ छ । चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष दीपक थापाले कोरोनाका कारण गतवर्ष जस्तो यस वर्षको दसैंमा खसीबोकाको माग र कारोबार नहुने बताए ।
यस वर्षको दसैंमा काठमाडौं उपत्यकामा ३० हजार हाराहारीमा मात्र खसीबोकाको कारोबार हुने अनुमान गरेका थापाले ३५ देखि ४० हजार वटा खसीबोका काठमाडौं भित्र्याउने योजना रहेको बताए । कोभिड महामारीका कारण धेरैको रोजगारी गुम्दा आम्दानी नभएर खसीबोका किन्ने क्षमता पनि घटेको थापाको भनाइ छ ।
संघकाअनुसार यसवर्ष खसीबजारमा ज्यूँदो खसीको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय रुपैयाँमा बिक्री हुनेछ । गत वर्ष ज्यूँदो खसीको मूल्य ५ सय ८० देखि ६ सय ३० रुपैयाँसम्म थियो । खुद्रा बजारमा तयारी मासुको मूल्य हाल प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ४ सय रुपैयाँमा पाइने गरेको छ ।
दसैंका अवसरमा सरकारले पनि उपभोक्तालाई सहुलित मूल्यमा खसीबोका तथा भेडाच्याङ्गा बिक्री गर्दैछ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि १४ सय भेडाच्याङ्गा र १६ सय खसीबोका गरी ३ हजार खसीबोका तथा भेडाच्याङ्ग्रा बाहिरी बजारमा बिक्री भएको मूल्यभन्दा १० रुपैयाँ सस्तोमा बिक्री गर्ने योजना अघि सारेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पहिलो चरणमा २ हजार खसीबोका र भेडाच्याङ्ग्रा बिक्री गर्ने र अपुग भएमा थप ल्याउने योजना रहेको बताइन् । उपत्यकामा आफ्ना सबै शाखाहरूबाट भाटभटेनी सुपरमार्केटले पनि सहुलियत मूल्यमा खसीबोकाको मासु बिक्री सुरु गरेको छ ।
उता, दसैं तिहार लक्षित गरेर ग्यापु डटकमले अनलाइनमार्फत ‘लोकल’ खसीको अर्डरबमोजिम होम डेलिभरि गर्ने जनाएको छ । कोभिड महामारीलाई दृष्टिगत गरी ग्यापुले अनलाइन अर्डरमार्फत खसीबोका डेलिभरि गर्न लागेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्ञानेन्द्र खड्काले बताए । बाजेको सेकुवासँगको समन्वयमा जिउँदो र काटेर टुक्रा पारेको खसीको मासु उपभोक्ताको मागअनुसार डेलिभरी गरिने खड्काले बताए ।
उपभोक्ताले स्वस्थ खसीबोका भनेर कसरी छुट्याउने ?
क्वारेन्टाइनमा खसीबोकाको चेकजाँच हुन्छ । भेटेनरी डाक्टरसँग सल्लाह गरी चेकजाँच गरे÷नगरेको खसीबोका उपभोक्ताले छुट्याउनुपर्छ । चेकजाँच गरी स्वस्थ खसीबोका मात्रै खरिद गर्नुपर्छ ।
खसीबोकाको चेकजाँच गरी सिङ्गमा रातो र पहेँलो रङ लगाएको खसीबोका खान लायक हुँदैन । हरियो रङ लगाएको खसीबोका स्वस्थकर र खान लायक हुन्छन् । भेटेनरी डाक्टरको सल्लाहमा स्वस्थ्य खसीबोका मात्रै छान्नुपर्छ ।
रङरोगन तथा पेन्ट्सको व्यापार
अरु बेलाको तुलनामा दसैं तथा तिहारका अवसरमा घरमा रङरोगन गरेर चिटिक्क पार्ने चलन छ । रङ अत्यावश्यक वस्तु त होइन, तर नयाँ घर बनाएको र पुराना घरलाई सिगार्न धेरैले प्रयोग गर्ने गर्छन् ।
रङ डिलर एसोसिएसन अफ नेपालका अध्यक्ष रामचन्द्र खत्रीका अनुसार कतिपयले रङरोगन गर्ने इच्छा जाहेर गरे पनि कोभिडका कारण घरमा मान्छे बोलाएर काम गर्ने वातावरण नभएकाले उत्पादन नै कटौती गरेका छन् । नेपालमा कारोबार हुने ९० प्रतिशतभन्दा बढी रङ स्वदेशी कम्पनीबाट उत्पादन हुने खत्रीले बताए ।
अघिल्लो वर्ष २०७५÷०७६ मा देशभर वार्षिक २० अर्बको रङको कारोबार भएको थियो । त्यसमध्ये ३० प्रतिशत हाराहारीको कारोबार असोज र कात्तिकमा हुन्छ ।
तर, कोभिडका कारण यस वर्ष भने रङ तथा पेन्ट्सको कारोबार १० प्रतिशतमा सीमित हुने अनुमान व्यवसायीहरूको छ । कोभिडका कारण रङको कारोबार नै नहुने आंकलन भएपछि रङ उत्पादक कम्पनीहरूले निकै कम रङ उत्पादन गरेको व्यवसायीहरूको भनाइ छ ।
रङ डिलर एसोसिएसन अफ नेपालका अध्यक्ष रामचन्द्र खत्रीका अनुसार कतिपयले रङरोगन गर्ने इच्छा जाहेर गरे पनि कोभिडका कारण घरमा मान्छे बोलाएर काम गर्ने वातावरण नभएकाले उत्पादन नै कटौती गरेका छन् । नेपालमा कारोबार हुने ९० प्रतिशतभन्दा बढी रङ स्वदेशी कम्पनीबाट उत्पादन हुने खत्रीले बताए ।
कम्पनीहरूले प्रतिलिटर÷प्रतिकिलो रङ औसतमा ३ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । वार्षिक उत्पादनका आधारमा हेर्दा ६ करोड ६६ लाख लिटर रङको कारोबार हुन्छ ।
उद्योग विभागका अनुसार, हालसम्म स्वदेशी तथा विदेशी लगानीका ५५ वटा रङ उत्पादक कम्पनी दर्ता भई सञ्चालित छन् । ती कम्पनीमा झन्डै ५ अर्ब लगानी रहेको छ । देशभरका रङ कम्पनीको झन्डै ४० अर्ब रुपैयाँ बराबरको करिब १४ करोड लिटर÷किलो रङ उत्पादन गर्ने क्षमता छ ।
अहिले ती कम्पनीहरूले आफ्नो कुल क्षमताको ५० देखि ६० प्रतिशत मात्रै रङ उत्पादन गरेका छन् । नेपाल पेन्ट्स म्यानुफ्याक्चरिङ एसोसिएसनका अनुसार गत आव २०७६÷०७७ मा करिब २५ अर्ब रुपैयाँ बराबरको रङ उत्पादन भएको थियो ।
पूजा सामान, फूल र मालाः
दसैंलार्ई धार्मिक तथा सांस्कृति पर्वका रुपमा पनि लिने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्म १० दिनसम्म नवदुर्गा भगवतीको पूजा÷आराधना गर्ने गरिन्छ । दसैंका बेला पूजाजन्य सामानको यत्तिनै कारोबार हुन्छ भन्ने यकिन छैन ।
इन्द्रचोकका पूजा पसलका एक व्यापारीका अनुसार विगत वर्षहरूमा उपत्यकामा दसैंका बेला दैनिक २० देखि २५ हजारको पूजा सामानको कारोबार हुने गथ्र्यो तर, अहिले खासै व्यापार छैन । घटस्थापना सुरु हुनुभन्दा १५ दिन अघिदेखि दसैंको व्यापार सुरु हुन्छ । त्यो बेलादेखि नै पूजा सामान, फूल, माला तथा दसैंका लागि आवश्यक वस्तु खरिद बिक्रीको चाप बढ्छ । कोभिड महामारीका कारण यसपटक मन्दिर तथा धार्मिक क्षेत्रमा चहलपहल छैन ।
त्यतिमात्रै होइन्, आतिथ्यता सत्कार, कार्यक्रम, मेला महोत्सव, घर तथा बगैंचा सिगार्न पनि फूलको अत्यधिक खपत हुन्छ । दसैं तथा तिहारजस्ता चाडपर्वमा फुलको खपत बढी हुने भए तापनि अधिकांशले आफ्नै पाखोबारी वा घर वरपर नै फूल लगाएर प्रयोग गर्ने गर्छन् । जसका कारणले फूलको व्यावसायिक कारोबार त्यति धेरै हुँदैन ।
यद्यपि फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार, गत आव २०७६÷०७७ मा २ अर्ब ४२ करोडको फूलको कारोबार भएको थियो । फ्यानका अनुसार, दसैं र तिहार जस्ता चाडपर्वमा फूलको व्यावसायिक कारोबार वार्षिक कारोबारको १० प्रतिशत बराबरको हुने अनुमान छ । यस वर्षको दसैं तथा तिहारमा फूलको कारोबारमा कमी आउने फ्यानका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।
कोरोना भाइरस महामारीका कारण चाडपर्वका बेला मठ–मन्दिर व्यक्तिगत तथा सामूहिक पूजाका खोल्ने÷नखोल्ने अझै तय भएको छैन । फ्यानले कोभिडका कारण यसवर्षको दसैं र तिहारमा ५ करोडको मात्रै फुलको कारोबार हुने अनुमान गरेको छ ।
सहुलियत मूल्य पसल सञ्चालन
बढ्दो महँगीको मारबाट बचाउन उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने उद्देश्यले सरकारले हरेक वर्ष चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्छ । बाहिरको बजारमा भन्दा केही सस्तो र छुटमा उपभोग्य वस्तु दाल, चिनी, चामल, नुन, तेल लगायतका वस्तुको पसल सञ्चालन गर्छ ।
सहुलियत मूल्य पसलबाट उपभोक्ताले बाहिरी बजार मूल्यभन्दा सस्तोमा उपभोग्य वस्तु खरिद गर्न सक्छन् । यस वर्ष सरकारले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म देशभर ४९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । गत वर्ष ७३ वटा स्थानमा सहुलियत मूल्य पसल थिए ।
काठमाडौं उपत्यकाभित्र खाद्य कम्पनी र साल्ट टे«डिङले ५÷५ वटा र दुग्ध विकास संस्थानले तीनवटा सहुलियत मूल्य पसल राखेका छन् । खाद्य कम्पनी र साल्ट्र ट्रेडिङले देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा र अनलाइनमार्फत पनि उपभोक्तालाई सहज र सहुलियत मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराइने दाबी गरेका छन् । उता, दुग्ध विकास संस्थानले उपत्यकाको लैनचौर, न्युरोड र खुमलटारमा सहुलियत पसल खोलेको छ ।
सहुलियत पसलमा नुन प्रतिकिलो १८ रुपैयाँ, चिनी ७० रुपैयाँ र घ्यू प्रतिलिटर ८ सय ७० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सहुलियत पसल सञ्चालकहरूका अनुसार बाहिरको बजारमा भन्दा चामल प्रतिकिलो ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ, दाल ५ रुपैयाँ, सिमी तथा गेडागुडी ५ रुपैयाँ, फापर ५ रुपैयाँ, तितेफापर ५ रुपैयाँ, केराउ सेतो दाना ५ रुपैयाँ कममा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।
उपत्यका भित्रका सहुलियत मूल्य पसल
कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा मूल्य पसल सञ्चालन भएका छन्
उपत्यका बाहिर
खाद्य कम्पनीका उपत्यका बाहिरका ताप्लेजुङ, भोजपुर, संखुवासभा, सोलु, ओखलढुंगा, खोटाङ, लहान, जनकपुर, पोखरा, गोरखा, तुल्सीपुर, रोल्पा, सुर्खेत, रुकुम, डोल्पा, धनगढी, डडेल्धुरा, बाजुराको कोल्टी, बझाङ, राजापुर, बीरगन्ज, दैलेख, कालिकोट, जुम्ला र मुगुमा लगायतका कार्यालयमा सहुलियत मूल्य पसल सञ्चालन भएका छन् ।
दसकौंदेखि हिन्दुहरुको सबैभन्दा ठूलो पर्व दसैंमा दक्षिणका रूपमा प्रयोग गरिने नयाँ नोट यस पटकदेखि नपाइएको भएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ संक्रमण उच्च दरले बढिरहेको र केन्द्रीय बैंककै पदाधिकारीहरु पनि संक्रमणको सिकार भएकाले नयाँ नोट वितरणलाई स्थगित गरेको हो ।
छैन दसैंलाई नयाँ नोट !
दसकौंदेखि हिन्दुहरुको सबैभन्दा ठूलो पर्व दसैंमा दक्षिणका रूपमा प्रयोग गरिने नयाँ नोट यस पटकदेखि नपाइएको भएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ संक्रमण उच्च दरले बढिरहेको र केन्द्रीय बैंककै पदाधिकारीहरु पनि संक्रमणको सिकार भएकाले नयाँ नोट वितरणलाई स्थगित गरेको हो ।
राष्ट्र बैंकका डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएसँगै यो वर्ष दसैंमा नयाँ नोट वितरण नगर्ने भएको हो । ‘हामी अहिले पनि छलफलकै क्रममा छौं । तर, पनि यो वर्ष नयाँ नोट वितरण नगर्ने योजनामा छौं’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्टले भने ।
यद्यपि केन्द्रीय बैंकले गत वर्षदेखि नयाँ नोट सटहीलाई विस्तारै हटाउँदै जाने बताएको थियो । दसैंमा मात्र नभएर हरेक समयमा नयाँ नोट वितरण गर्ने योजना अघि सार्दै केन्द्रीय बैंकले पर्व लक्षित नयाँ नोट वितरण रोक्ने जनाउ दिएको थियो । राष्ट्र बैंकले नयाँ नोट नभई सफा नोट वितरणलाई प्रभावकारी बनाउने भन्दै गत वर्ष नै दशैंका अवसरमा नयाँ नोटसँगै सफा नोट वितरण गरेको थियो ।
सफा नोट नीतिलाई अझ कडाइका साथ लागू गर्ने रणनीतिमा रहेको केन्द्रीय बैंकले आगामी दिनमा पनि नयाँ नोट नीतिलाई प्रस्रय नदिने जनाएको छ । पर्वका अवसरमा नयाँ नोट बाँड्दा विभिन्न रङ तथा पानीका कारण नोटको आयू घटेको र त्यसले राष्ट्रको ठूलो रकम नोक्सानी भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरणलाई क्रमशः निस्तेज गर्दै जाने नीति लिएको थियो ।
त्यसैको परिणाम हरेक वर्ष नयाँ नोट वितरणको सीमा घटाउँदै आएको राष्ट्र बैंकले कोभिड–१९ लाई दोष लगाएर नयाँ नोट वितरण बन्द गर्ने अवसर प्रयोग गर्न खोजिरहेको छ । विगत वर्षहरुमा बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकका शाखाहरुमा नयाँ नोट लिनका लागि सर्वसाधारणको लामो लाइन लाग्ने गरेको थियो ।