रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित रस्नालुको सुर्खेमा करिब ५० रोपनी जग्गामा सामुहिक चियाखेती सुरु भएको छ । पहिलो चरणमा २ लाख कफीको बिरुवा रोपिएको छ ।
चियाखेतीका लागि गाउँपालिकाले ९० प्रतिशत अनुदान दिएपछि कृषकहरु चियाखेतीतर्फ उत्साहित भएका हुन् । केहीे महिनाअघि गाउँपालिकाले त्यस क्षेत्रमा सञ्चालन गरेको माटो परीक्षण सिबिरमा उक्त स्थान चियाखेतीका लागि योग्या भएको पाइएको थियो ।
गत आर्थिक वर्षमा नै गाउँपालिकाले गोकुलगङ्गालाई कृषिको लागि पकेट क्षेत्र घोषणा गरिसकेको छ । गोकुलगङ्गा कृषिको लागी धेरै सम्भावना रहेको क्षेत्र भएकाले अनुसन्धान पनि भईरहेको गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सुनुवारले बताए ।
उनले आर्थिक वर्ष २०७६÷०७७ मा पनि ३ करोड रकम विनियोजन गरेको छ । यसले अझ कृषि क्षेत्रलाई व्यावहारिक तथा जिवन उपयोगी बनाई कृषिमा आधुनिकीकरण गर्न सहयोग पुग्ने उनले बताए ।
गोकुलगङ्गा गाउँपालिकाले खेती प्रणालीमा आत्मनिर्भर बनाउन्ने लक्ष्य लिएको र कृषि उत्पादनको क्षेत्रलाई व्यवस्थित बनाई स्थानीयबासीको जीवनस्तरमाथि उठाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सुनुवार बताउँछन् ।
गोकुलगङ्गा चियाका लागि मात्र नभई कृषि उत्पादनका कृषि उत्पादनका लागि पनि राम्रो क्षेत्र रहेको उनले बताए । कफीखेतीसँगै किकीखेती पनि व्यावसायिक रुपमा नै गरिँदै आएको छ ।
साथै आलु, कागती, सेतो सिमीजस्ता आद्यय उत्पाद पनि यसक्षेत्रको विशेष मानिन्छ । त्यस्तै किसानहरुले माछापालन, गाई फर्म पनि व्यवसायिक रुपमा नै गर्दै आएका छन् ।