काठमाडौं । दशैं तिहारमा नेपालका अधिकांश अटो कम्पनीले विभिन्न स्कीम सार्वजनिक गरेका छन् । क्यास छुट, स्क्रायाच कार्ड देखि सस्तो दरमा डाउन पेमन्ट सम्मका सुविधा दिएका छन् ।
नेपालका लागी यामाहा बाइक तथा स्कुटरको आधिकारीक वितरक मोरङ अटो वर्कस्ले १० प्रतिशत डाउनपेमन्टमै नयाँ बाइक किन्न पाइने योजना चलाइरहेको छ । जसअन्तर्गत तपाईले जुनसुकै बाइक खरिद गर्दापनि १० प्रतिशत मात्रै रकम भुक्तानी गरेर अवश्यक कागजात अनुसार बाइक खरिद गर्न सक्नुहुन्छ ।
यदि तपाईंले १० प्रतिशत डाउन पेमेन्टमा बाइक खरिद गर्न लाग्नुभएको छ भने सुरुमा आफ्नो आयस्रोतका आधारमा मोटरसाइकल छान्नुहोस् । कम्पनीहरूले पनि सोहीअनुसार नै बाइक र किस्ताको वर्गीकरण गरेका हुन्छन् । त्यसका लागि सुरुमा आयस्रोत खुल्ने प्रमाण अथवा कागजात नै हो ।
फाइनान्सिङमा बाइक चढ्ने हो भने मासिक कमाई खुल्ने कागजपत्र अनिवार्य पेस गर्नुपर्छ । जसका लागि ६ महिनाको बैंक स्टेटमेन्ट र कार्यरत कार्यालयबाट पारिश्रमिक खुल्ने गरी कागजात चाहिन्छ ।
त्यसैगरी तपाईंको नागरिकताको फोटोकपी, लाइसेन्सको फोटोकपी, २ प्रति फोटो, घरको लालपुर्जाको फोटोकपीसहित एक जना जमानिकर्ता चाहिन्छ । त्यसपछि मात्रै बाइक किन्ने प्रक्रिया अगाडि बढ्छ ।
प्रायः अटो कम्पनीहरूले आफ्नै क्षेत्राधिकारका फाइनान्सबाट फाइनान्सिङको सुविधिा उपलब्ध गराउँदै आएका छन् । त्यस्तै आफूले चाहेको फाइनान्सबाट पनि किस्ता सेवा लिन सकिन्छ । प्रायजसो जुनसुकै कम्पनीले २२ देखि २४ महिनासको समय अवधिमा बाइक किस्ता सुविधा दिएका हुन्छन् बाइकको किस्ता तिरिनसकेसम्म उक्त फाइनान्सकै नाममा तपाईंको बाइक रहिरहन्छ ।
उक्त किस्ता पूर्णरूपमा बुझाइसकेपछि मात्रै बाइक तपाईंको नाममा आउँछ । तपाईंले कुन बाइक लिने हो सोही अनुसार नै मासिक किस्ता कति तिर्नुपर्छ भन्ने तय हुन्छ ।