सधैँ आफ्नै मुलुक भारतमा हुँदै आएको विश्व चर्चित इन्डियन प्रिमियर लिग –आईपीएल) यो वर्ष दुबईमा भइरहेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्व आक्रान्त भइरहेकै बेला आईपीएल अवलोकन गर्न धेरै भारतीयहरूलगायत विश्वभरका क्रिकेटप्रेमी दर्शकहरू दुबई पुगेका छन् ।
कोरोना कहरका कारण केही समय विश्वसँग आवतजावत रोकेर बसेको दुबईले गत असारदेखि नै पर्यटकका लागि आवागमन खुला गरिसकेको छ । जसको फाइदा आईपीएल टुर्नामेन्ट चलाएर विश्व क्रिकेटप्रेमीको ध्यान दुबईले तानिरहेको छ ।
दुबईले पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्टको आधारमा पर्यटकलाई आफ्नो मुलुक प्रवेश गर्न बाटो खोल्दै आफ्ना पर्यटकीय तथा सांस्कृतिक गन्तब्यहरू सबै खुला गरिसकेको छ ।
दुबईले मात्र होइन मलेसिया, सिंगापुर, युरोपियन युनियनलगायतका मुलुकहरूले पर्यटकका लागि ७२ घन्टे पीसीआर रिपोर्टलाई स्वीकार गरेका छन् ।
कोभिडका कारण लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका विभिन्न मुलुकहरूले निश्चित मापदण्ड बनाएर पर्यटकहरूलाई भित्र्याइरहेका छन् । अन्य स्वास्थ्य मापदन्डसहित ७२ घन्टे पीसीआरलाई मान्यता दिएका विश्वका अधिकांश मुलुकहरूले स्वीकार गरिरहेका बेला नेपालले भने ७ दिनको क्वारेन्टाइन बस्नुपर्ने झन्झटिलो र पर्यटक अमैत्री नीति अख्तियार गरेर कात्तिक १ गतेदेखि ७ महिनादेखि बन्द रहेको पर्यटकीय आवागमन खोल्ने निर्णय गरेको छ ।
७ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधानलाई पर्यटकहरूले नाम खुम्च्याएका छन् र अन्य सहज गन्तब्यको खोजीमा छन् । ७ दिन क्वारेन्टाइन बस्ने नीतिमा पुनर्विचार नभए पर्यटकहरू नेपाल आइपुग्ने छैनन् । त्यसै पनि नेपालभन्दा सस्ता र पर्यटकी मनोरमताले भरिएका क्षेत्र खोज्न पर्यटकहरू माहिर छन् ।
खासगरी पर्यटकहरूका लागि बनाइएको एक साता अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित रहेको अवस्थामा फेरि लकडाउन (बन्दाबन्दी)गर्न दिएको सुझावले पर्यटकी गतिविधि नबोरिने पर्यटन व्यवसायीहरूको भनाइ छ । यद्यपि सरकारले पटक पटक अब लकडाउन नहुने बताउँदै आएको छ । तर, केही बुज्रुकहरूले दसैं तथा तिहारका बेला रोग फैलिएर गाउँगाउँ पुग्ने भएकाले दसैं तथा तिहारका बेला लकडाउन गर्नैप
पर्यटन व्यवसायी योगेन्द्र शाक्यकाअनुसार भर्खरै निन्द्राबाट बिउझिन लागेको पर्यटन क्षेत्रलाई फेरि सुताउने गरी गतिविधि हुनु, संक्रमितहरूको संख्या रफ्तारमा बढ्नु र सरकारले बनाएका सुरक्षा मापदन्डहरू पनि विश्व पर्यटकीय मापदन्डसँग मेल नखाएका कारण पर्यटन क्षेत्र चलायमान हुने सम्भावना न्यून देखिएको छ ।
‘लकडाउन र निषेधाज्ञाले जनस्वास्थ्यमा खासै उपलब्धि नभएको र पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपालीहरूलाई उद्धार गर्दा कुनै जोखिम नदेखिएकाले विदेशीहरूका लागि पनि क्वारेन्टाइनको व्यवस्था हटाउनुपर्छ’ शाक्यले भने, ‘घुम्नलाई आउने पर्यटक ७ दिन लामो क्वारेन्टाइन बसेर समय र पैसा सक्न चाहँदैनन् ।’ विदेशीहरूले नेपाल आउन चासो देखाइरहे पनि क्वारेन्टाइनको व्यवस्थाका कारण बुकिङ गरेका छैनन् । आफ्नो मुलुकभन्दा सुरक्षित महसुस
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले क्वारेन्टाइनको अवधि घटाएर ३ दिन (७२ घन्टा)मा ल्याउन संघीय सरकारले तत्कालै निर्देशन दिई आवश्यक समन्वय गर्नुपर्ने बताए । विश्वका अधिकांश मुलुकभन्दा धेरै ढिलो गरी
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईंले पनि ७२ घन्टे नेगेटिभ रिपोर्टका आधारमा पदयात्रा र पर्वतारोहण खुलाउनुपर्ने बताए । उता, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले पनि पाहुनालाई सुरक्षित साथ राख्न तयार भएको भन्दै नेपालसम्म आउने सहज वातावरण बनाउन सरकारसँग माग गरिन् ।
विश्व पर्यटन परिषदको सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत छ । औपचारिक अनौपचारिक रुपमा पर्यटन क्षेत्रमा करिब ११ लाख जनशक्ति रोजगार रहेको अनुमान छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशत योगदान छ ।
आन्तरिक पर्यटकका लागि प्याकेजै प्याकेज
बाह्य पर्टकको आवागमनमा अप्ठ्यारो व्यवस्थाका विदेशी पर्यटकहरूले खासै चासो नदेखाएपछि पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटका सस्ता प्याकेजहरू अघि सारेका छन् । दसंै–तिहारको मौकामा घुम्न निस्कने समूहलाई लक्षित गरी विभिन्न वायुसेवा सञ्चालकहरूले हवाइ उडानमा प्याकेज ल्याइरहेका छन् ।
६ महिनादेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गतेबाट सञ्चालनमा आएपछि बुद्ध एयर, यती एयरलाइन्स र समिट एयरलगायतले घुम्न जाने सस्ता योजना अघि सारेका हुन् । यसपटक सोलुखुम्बुको नाम्चेदेखि मुगुको रारा तालसम्म र पोखरा तथा चितवन घुम्न जाने योजनामा दुईतर्फि हवाई टिकट सहित तारे होटल र रिसोर्टमा बस्न पाउने सुविधा अघि सारिएको छ ।
पर्यटन पुनरुत्थान कार्यदल स्थापना
उता, नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार पर्यटन पुनरुत्थान टास्क फोर्स नेपाल स्थापना भएको छ ।
पाटा नेपाल च्याप्टर र स्कल नेपालको सहकार्यमा स्थापना भएको टास्क फोर्सले पर्यटन क्षेत्रको उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रको विकास तथा विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक भूमिका खेल्नेछ ।
टास्क फोर्सकाअनुसार पहिचान गरिएका १० ओटा च्यानलहरूबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रुपमा सम्प्रेषित गरिनेछ ।