काठमाडौं । दिगोेले दिगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दिगोे स्वर्ण उत्सव’ सार्वजनिक गरेको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् ।
यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् । यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् ।
दिगोेले नेपाली बजारमा दिगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी ई–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरूमा लागू हुनेछ ।
दिगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ ।
डीएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एक पटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ ।
त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनीबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमी) गुड्छ ।
त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकताअनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ ।
चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दिगोे कम्पनीका सीईओ हेमन्त पुरानिकले भने, ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर हो ।