काठमाडौं । काठमाडौं । जगदम्बा मोटर्स र दराज एपबीच व्यावसायिक सम्झौता भएको छ । यी दुई कम्पनीबीच भएको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
दुवै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवात गरेका २० जनाले ५ हजार ५ सय रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन् ।
यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् ।
जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौता असोज १९ देखि २८ असोजसम्म ‘दराज दसैं धमाका’ नामक स्किममा टीभीएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने छन् ।
यस योजनाका बारेमा बोल्दै जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रावालले भने, ‘हामी जगदम्बा मोटर्स सधैं ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुने छौं । दसैं नजिकिएको छ, कोभिड–१९ को असर लगायतका विषयम परिस्थितिसँग हामी जुधिरहेका छौं । यस्तो अवस्थामा पनि ग्राहकलाई केही थप सुविधा दिन हामीले दराजसँग मिलेर नयाँ स्किम ल्याएका हौं । यस स्किममा दराजबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप सुविधा घोषणा गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं ।’
कम्पनीले सञ्चालन गरेको ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्किम ग्राहकले दराजमा पनि पाउने छन् ।
साथै, कम्पनीले हरेक साता गर्दै आएको बम्पर ‘लक्की ड्र’ मार्फत टीभीएस आरआर ३१० मोटरसाइकल जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यस ‘लक्की ड्र’मा सहभागिता जनाउन भने टीभीएको मोटरसाइकल तथा स्कुटर किनै हुनुपर्ने छैन ।