काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई नै चिनियाँ जहाज व्यवस्थापनको जिम्मेवारी दिएको छ । तर, निगमले अहिलेसम्म सो जहाजलाई के गर्ने भन्ने विषयमा कुनै टुंगो लगाउन सकेको छैन ।
निगम व्यवस्थापन समितिले पर्यटन मन्त्रालयलाई पत्रचार गर्दै गत साउन १५ गतेबाट चिनियाँ जहाजहरु सञ्चालन गर्न नसकिने भएकाले बेच्ने वा भाडामा दिने निर्णय गरिदिन भनेको थियो । निगमले पठाएको पत्रमा पर्यटनले अर्थ मन्त्रालयको राय लिएको थियो ।
अर्थ मन्त्रालयले जहाज चलाउन नसक्नुको कारण माग गर्दै व्यवस्थापनको जिम्मेवारी निगमलाई नै अधिकार सुम्पिएको थियो । अर्थको रायअनुसार पर्यटनले व्यवस्थापनको जिम्मेवारी निगमलाई नै दिएको जानकारी आफूलाई प्राप्त भएको एक सञ्चालकले क्यापिटललाई जानकारी दिए ।
यो पनि पढ्नुस् चिनियाँ जहाज व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निगमलाई, सुधारका विषयमा सरकार मौन
तर, आइतबार बसेको निगमको सञ्चालक समितिको बैंठकमा चिनियाँ जहाज व्यवस्थापनको कुनै जानकारी नदिएको ती सञ्चालकले भने । निगमले चिनियाँ जहाज नचलाउँदा भन्दा चलाउँदा धेरै घाटा हुने भएकाले चलाउन नसक्ने निर्णय गरेको थियो ।
मन्त्रालयले व्यवस्थापनको जिम्मा निगमलाई नै दिएको भन्ने खवर सुने पनि यस विषयमा कार्यकारी अध्यक्षले यस विषयमा प्रस्ताव नै नराखेको उनको भनाइ छ ।
यो पनि पढ्नुस् निगममा प्रधानमन्त्री ओली आक्रोशको एक वर्ष, व्यवस्थापक फेरिए तर, कथा उस्तै
पर्यटन मन्त्रालय र निगमका कर्मचारीको अहिलेको रबैया हेर्दा वोइङ ७५७ कै पथमा चिनियाँ जहाजलाई पनि लैजाने अवस्थामा पुगेको ती सञ्चालकको भनाई छ । निगमले छिटो निर्णय गर्न नसकेकै कारण अहिले करोडौं रुपैयाँ मूल्यांकन भएको वोईङ ७५७ कवाडी भएर बसेको छ ।
यो पनि पढ्नुस् ६७ करोडमा बिक्री भएको वायुसेवा निगमको बोईङ ७५७ जहाज अब ‘कवाडीमा’ !
निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले आइतबारको बैंठकमा अन्य विषयमै छलफल भएकाले जहाज व्यवस्थापनको कुनै प्रस्ताव नगरेको बताए । मन्त्रालयबाट स्पष्ट निर्देशन नआएकै कारण आफूहरु समस्यामा परेको उनको भनाई छ ।