एजेन्सी । भारतका सर्वाधिक धनी मुकेश अम्बानीले ३ साताको अवधिमा ३६ हजार ३०० करोड भारु बनाएका छन । उनले अमेरिका, मध्यपूर्व र सिङापुरबाट सो रकम लगानी ल्याएका हुन ।
सिङ्गापुरको जीआईसी र अमेरिकाको टीपीसी कम्पनीहरुले रिलायन्स रिटेल भेञ्चर्स लिमिटेडमा ७ हजार ३०० करोड भारु लगानीको सम्झौता गरेका छन् । यी दुई कम्पनीले रिलायन्स रिटेलको १.६ प्रतिशत स्वामित्व खरिद गर्न लागेको माउ कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेडले शनिबार जानकारी गराएको हो ।
जीआईसीले रिलायन्समा ५ हजार ५१२ करोड र टीपीसीले १ हजार ८३७ करोड भारु लगानी गर्ने भएका छन् । जनअनुसार जीआइसीले रिलायन्स रिटेलको १.२२ र टीपीसीले ०.४१ प्रतिशत लगानी गर्ने छन् ।
३ साताका बीचमा रिलायन्स रिटेलको विभिन्न ७ वटा विदेशी कम्पनीहरुलाई ७.३ प्रतिशत स्वामित्व बिक्री गरेर ३६ हजार २०० करोड भारु वैदेशिक लगानी ल्याएका छन ।
३ साताका बीचमा मध्यपूर्व, अमेरिकालगायत केकेआर, सिल्भर लेक, जनरल एटालन्टिक र मवुडालालाई रिलायन्स रिटेलको स्वामित्व बिक्री गरेर सो रकम प्राप्त गरेको दि इकोनोमिक्स टाइम्सले जनाएको छ । रिलायन्स रिटेलको देशभरी १२ हजार आउटलेट छन । यस्तै मुकेशले जीओ मार्ट ई–कमर्श भेञ्चरमा अमेजन,वालमार्ट र फिल्पकार्टबाट अर्बौ डलर लगानी भित्र्याएका छन ।
गएको बिहीबार मात्रै अवुधावीको इन्भेस्टमेन्ट कम्पनी मबुडालालाई रिलायन्स रिटेलको ६ हजार २४७ करोड भारुमा १.४ प्रतिशत स्वामित्व बिक्री गरेका थिए ।
यसअघि मुकेशले जीओ प्लेटफर्मको ३३ प्रतिशत स्वामित्व विदेशी कम्पनीहरुलाई बिक्री गरी २० अर्ब डलर लगानी भारतमा ल्याएका थिए । जीओ प्लेटफर्ममा गूगल, फेसवुक, इन्टेल र क्वालकम कम्पनीहरुले लगानी गरेका छन । यसअघि नै रिलायन्सले भारतको फिचर्स ग्रुपको स्वामित्व २६ हजार करोड भारुमा खरिद गरेको थियो ।
अम्बानीले अहिले लगानी विविधिकरण गरेर पेट्रोलियम, टेलिकम हुँदै रिटेल, ई–कमर्श कम्पनीमा बढाएका छन । मुकेशको कुल सम्पत्ति ८५ अर्ब १० करोड डलर पुगेको छ । बन्दाबन्दी (लकडाउन) का बीचमा मुकेशको सम्पत्ति बढेको छ ।