काठमाडौं । आजदेखि देशभर दसैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । देशभर ६० वटा सहुलियत मूल्य पसल सञ्चालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र खाद्य कम्पनी र साल्ट टे«डिङले ५/५ वटा र दुग्ध विकास संस्थानले तीनवटा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् ।
खाद्य कम्पनी, साल्ट्र ट्रेडिङ लिमिटेडले देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा अनलाइनमार्फत उपभोक्तालाई सहज र सहुलियत मूल्यमा उपभोग्य वस्तु उपलब्ध हुनेछ ।
कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानले लैनचौर, न्युरोड, खुमलटारका साथै तोकिएको अन्य स्थानबाट सहुलित मूल्य पसल सञ्चालनमा आएका हुन् ।
खासगरी चिनी, नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुको सहुलिय भाउमा सामान उपलव्ध हुनेछन् । सहुलियत पसलमा नुन प्रतिकेजी १८ रुपैयाँ, चिनी प्रतिकेजी ७० रुपैयाँ र घ्यू प्रतिलिटर ८७० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यसले बाहिरको बजारमा भन्दा चामलमा ५ रुपैयाँ, खसीबोकामा प्रतिकेजी १० रुपैयाँ, दालमा ५ रुपैयाँ सिमी तथा गेडागुडीमा ५ रुपैयाँ, फापरमा ५ रुपैयाँ, तितेफापरमा ५ रुपैयाँ, केराउ सेता दानामा ५ रुपैयाँ रकम उपभोक्ताले छुट पाउनेछन् ।