काठमाडौं । हाल चीनका सर्वाधिक धनाढ्या ज्याक माले १६ वर्षअघि अनलाइन सपिङ साम्राज्यलाई ‘बुस्ट’ गर्न भुक्तानी सेवा ‘अली पे लञ्च’ गर्दा कमै मानिसले उनीलाई सफल हुने अपेक्षा गरेका थिए ।
सफलता हात पारेर अघि बढ्लान भन्ने कसैले पनि सोचेका थिएनन् । तर, अहिले ज्याक मा अन्ट गु्रपको मेरुदण्ड मात्रै बनेका छैनन् उनी २०० अर्ब डलरभन्दा सम्पत्तिको मालिकसमेत भइसकेका छन् । ज्याक मा सानो वस्तुलाई नै बलियो रूपमा लिने कारण पनि उनले आफ्नो व्यावसायिक गु्रपको नाम अन्ट राखेका थिए ।
विशेष गरी अन्ट गु्रप चीनको सबैभन्दा ठूलो अनलाइन पेमन्ट कम्पनीका रूपमा विकसित भएको छ । चीनमा यो एपले इन्भेस्टमेन्ट अकाउन्ट र माइक्रो सेभिङ प्रडक्टदेखि बिमा, क्रेडिट स्कोर र डेटिङ प्रोफाइलसम्म प्रत्येक वित्तीय जीवनमा आफ्नो उपस्थित स्थापित गरेको छ ।
आन्टले हङकङ र सांघाईमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राथमिक सेयर (आईपीओ) समेत ल्याउने तयारी गरेको छ । चीनमा दुई दशकअघि अथवा सन् २००४ तिर कम मानिसले डेबिड र क्रेडिट काड प्रयोग गर्थे । त्यसमाथि अलीबाबाको अनलाइन पेमेन्ट प्लेटर्फम त प्रयोग गर्ने कुरै भएन । पछि ज्याक माले अलीबाबाको वित्त समूहलाई ‘अली पे’ निर्माण गर्न जिम्मा दिए ।
‘अली पे’को सेवाले यतिसम्म गथ्र्यो कि खरिदकर्ताको पैसा होल्ड गथ्र्याे र बिक्रेतालाई तबमात्रै रिलिज गथ्र्यो जब खरिदकर्ताले आफूले खरिद गरेर पाएको वस्तुबाट सन्तुष्ट हुन्थे । यो रणनीतिले पनि ज्याक मालाई यो स्थानसम्म पु¥याएको हो ।
ज्याक माले भन्ने गरेका थिए ‘जब अली पेबाट कारोबार सुरु भयो त्यतिबेला मलाई सबैले मूर्ख ठान्थे तर मैले सफलता हात पारेर छोडे । यो कसैले पनि प्रयोग गर्दैन भन्थे । अहिले यो कम्पनी विश्वकै ठूलो कम्पनीको रूपमा परिणत मात्रै भएको छैन, मानिसहरूको दैनिकी नै बनेको छ । ज्याक मा भने आफ्नो व्यवसायमा केन्द्रित भएर मेरो मोडल वैज्ञानिक र फेन्सी लुकिङ भए पनि वा नभए पनि यसले जति समयसम्म काम गर्छ, त्यसले यसको विश्वास बलियो बनाउँदै लानेछ भन्ने गरेका थिए ।
आखिर ज्याक माको उक्त रणनीतिले काम गरेर छोड्यो । अन्ट गुप्रका अनुसार हालसम्म ‘अली पे’को मासिक सक्रिय प्रयोगकर्ता ७१ करोड १० लाख छन् । जसले एक वर्षको समयमा ११८ ट्रिलियन युआन १७ खर्ब २० अर्ब डलर) भुक्तानी ‘ह्यान्डल’ गर्यो ।
आजभन्दा ठ्याकै १० वर्ष अगाडि ‘अली पे’ मोबाइल एप सार्वजनिक भएको थियो । सुरुको तीन महिनामै चीनको ५५ प्रतिशत बढी मोबाइल भुक्तानीको हिस्सा ओगटेको थियो ।
यो एपले करोडौं सेवाग्राहीलाई वित्तीय सेवा दिइरहेको छ । हाल ‘अली पे’का ग्राहकले ब्राउज गर्दै विभिन्न बिमा ‘प्रडक्ट’ छनोट, बिल तिर्न, ऋण प्राप्त गर्न, कर्मचारीलाई तलब प्रदान र पुँजीबजारमा लगानी गर्न सक्ने बताइएको छ । खासगरी ‘अली पे’लाई विज्ञहरू मनी सुपरमार्केटका रूपमा पनि नामाकरण गर्दै आएका छन् । किनभने यसले वित्त क्षेत्रको धेरैजसो क्षेत्र ओगटेको र वित्तीय बजारमा गर्न चाहने सबै कुरा गर्न सकिन्छ ।
अघि बढ्ने क्रममा सन् २०११ मा अलीबाबाबाट ‘अली पे’ले बाहिरिँदै आफ्नो छुट्टै बर्चस्व कायम गर्याे र उदाउँदै गयो । पछि अर्थात सन् २०१४ मा आन्ट ग्रुपको महत्वपूर्ण हिस्सा बन्न पुगेको थियो । आन्ट ग्रुपले अहिले धेरै वित्तीय सेवा र प्रडक्टहरू उपलब्ध गराएको छ कि चीनभरि नै यो करोडौं मानिसको दैनिक जीवनको एउटा अभिन्न अंगनै बनेको छ ।
सन् २०१४ मा अली बाबाको सबैभन्दा ठूलो आईपीओ ल्याएर नयाँ रेकर्ड नै कायम गरेका ज्याक माले आन्ट ग्रुपको समग्र नियन्त्रण आफूमा निहित राखेका छन् । एजेन्सीको सहयोगमा