काठमाडौं । होन्डाले भारतीय बजारमा होन्डा हाइनेस सीबी ३५० सार्वजनिक गरेको छ । रेट्रो स्टाइलको यो मोटरसाइकल प्रिमियम उत्पादन हो र यसलाई भारतमै उत्पादन गरिन्छ । यो बाइकले क्रुजर सेग्मेन्टमा प्रतिस्पर्धा थपिने भएको छ ।
कम्पनीका अनुसार रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४००, जावा र केही समयमै लन्च हुने रोयल इन्फिल्ड मेटियरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य भारतीय बजारमा १ लाख ९० हजार भारु तोकिएको छ ।
यस्तो छ विशेषता
होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा निर्माणा गरिएको छ । जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट यो बाइकको मुख्य विशेषता हो । कम्पनीका अनुसार होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।
१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेर्दा यो बाइक सानो देखिए पनि पूर्णत मेटल बडीका कारण हेभी नै छ ।
यो बाइका डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम , एलईडी लाइट, ड्युअल च्यानल एबीएसका साथ होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल लगायतका विशेषत छन् ।
हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा पनि केही महिनापछि भित्रिने अनुमान गरिएको छ ।