काठमाडौं । एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डाटा सेवा प्रयोग गर्न सक्छन् ।
यो योजना बुधबार (असोज १४) देखि लागू भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक २ रूपैयाँमा डाटा सेवाप्रयोग गर्ने र सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागिप्याक सुविधान लिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएको छ ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डाटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदि ग्राहकले पेएजयूगोअन्तर्गत एक हप्तामा डाटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रूपैयाँ प्रतिएमबी पर्छ ।
एक हप्तामा ग्राहकले २० देखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क रु १ मा झर्छ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा ५० रूपैयाँभन्दा बढी खर्च गर्ने बितिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डाटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पेएजयूगो डाटा सेवामा २३ रूपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रूपैयाँभन्दा बढी खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रूपैयाँ प्रतिएमबीमा झर्नेछ ।
त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० रूपैयाँभन्दा बढी हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ ।
सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबैभन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।