काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ१७ प्रो नेपाली बजारमा सार्वजनिक गरेका छ । उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ सार्वजनिक गरिएको फोनमा एआईमा आधारित ६ ओटो पोट्रेट क्यामेरा रहेको कम्पनीले उल्लेख गरेको छ ।
७.४८एमएम अल्ट्रा–स्लिक बडी डिजाइनका साथ आएको फोनलाई राउन्ड एड्ज डिजाइन प्रदान गरिएको छ । ६.४३ ईञ्चको डुअल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको फोनमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । ९०.७ प्रतिशत स्क्रिन–टू–बडी रेसियो रहेको छ ।
फोन दुई ओटा सेल्फी क्यामेरा रहेको छ । जसले बोके इफेक्ट समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनको क्यामेरामा अल्ट्रा स्टिडी भिडियो प्रविधि उपलब्ध गराइएको छ । जसमार्फत प्रयोगकर्ताले स्थिर, स्पष्ट र आकर्षक भिडियो खिच्न सक्नेछन् ।
एन्ड्रोइड इलाभनेमा आधारित कलर ओएसमा चल्ने एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेट प्रयोग गरिएको छ । ८ जीबी ¥याम र १२८ जीबी रोम रहेको फोनमा एयर जेस्चर प्रविधिको प्रयोग गरिएको छ । जसको सहायताले फोनको स्क्रिनमा नछोइकनै पनि २० देखि ५० सेन्टिमिटर सम्मको दूरीबाट इसारामार्फत कल उठाउन सकिने छ ।
विशेषगरी हात भिजेका वा फोहर भएका अवस्थामा फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ, त्यो बेला यो फिचर निकै उपयोगी हुने उल्लेख गरिएको छ ।
एफ१७ प्रोमा ईन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिज्यूअल ईफेक्ट र डार्क मोड लगायत फिचर रहेका छन् । फोनमा उपलब्ध गरिएको नयाँ डार्क मोडले मोबाइलको ब्याट्री खपत ३८ प्रतिशतले कम गर्नेछ ।
फोनमा ३० वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसमार्फत ५ मिनेट फोन चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोन जम्मा ३५ मिनेटमा फुल चार्ज हुनेछ ।
नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि उपलब्ध हुने फोनको बजार मूल्य ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।