काठमाडौं । नेपाली बजारमा एड्भेन्चर केटीएम ३९० एड्भेन्चर सार्वजनिक हुने भएको छ । यो सँगै नेपालीमा एड्भेन्चर सेग्मेन्टमा अर्को नयाँ मोडल थपिने भएको छ ।
नेपालमा केटीएम तथा बजाज बाइकको अघिकारिक वितरक हुलास अटोक्राफ्ट प्रालिले सोमबार अर्थात आज नेपाली बजारमा बिक्री सुरु गर्ने भएको हो ।
हुलास अटोक्राफ्ट प्रालि प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बीएस ६ मोडलका दुईवटा बाइक पनि केटीएमको एड्भेन्चर मोडल आज सार्वजनिक गर्ने भएको बताए ।
‘नेपालमा एड्भेन्चर सेग्मेन्टका बाइक कम नै छन्’ उनले भने, ‘केटीएमको एड्भेन्चर बाइकले नेपाली युवाको मन जित्ने छ’ । हाल कम्पनीले दसैं लक्षित गर्दै तीन दुईवटा नयाँ मोडल र एउटा नयाँ ब्रान्ड नै भित्र्याइसकेको छ ।
यस्ता छन विशेषता
नेपालमा केटीएमको यो पहिलो अफरोड बाइक हो । यो बाइकमा एलइडी एडलाइट, एलइडी टेल लाइट, ह्यान्डलबार, ठूलो र पलराकिलो सिट दिइएको छ । केटीएम ३९० एड्भेन्चरमा १४.५ इन्धन क्षमता दिइएको छ ।
२७३.२ सीसीको सिङ्गल सिलिन्डर इन्जिन दिएको यो बाइकले ४४ एचपीमा ९ हजार आपीएम पावर जेनेरेट गर्छ भने ३७ एनएममा ७ हजार आपिएम टक्र्यु जेनेरेट गर्छ । यरो ५ बीएससीक्स एबीएस फिचरमा आएको यो बाइक ओरेन्ज र सेतो कलरमा मात्रै छ ।
६ स्पीड म्यानुअल गियर बक्स, मोबाइल ब्ल्युथुत कनेक्टीभिटी, डिजिटल घडी यस्का मुख्य विशेषता हुन् । केटीएम एड्भेन्चरले रोयल इन्फिल्ड हिमालय एड्भेन्चर र बीएमडब्ल्यु जी ३१० जीएससँग कडा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
केटीएम एड्भेन्चर बाइकको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । कम्पनीले यो बायकको मूल्य भने खुलाएको छैन ।