काठमाडौं । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक राहुल चौधरी लाई लगातार तेस्रो वर्ष शक्तिशाली २५ होटेल व्यवसायीको सूचीमा राखेको हो ।
म्यागेजिन ‘होटेलियर’ले यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा चौधरीलाई राखेको छ ।
ओबरोय होटेल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्याडिसन, ताजजस्ता विश्वभर चर्चित होटेल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन् ।
राहुलले चौधरी ग्रुप (सीजी) को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन् ।
‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए ।
होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटेलररिसोर्ट सञ्चालन गरिरहेको छ । यी होटेलररिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन् । ८० वटा होटेलररिसोर्ट त भारतमा मात्रै छन् ।
सीजीले कोभिड(१९ महाव्याधिबाट आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरूमा सहभागी गराएको छ । महाव्याधिका बेलाविश्वभरका आफ्ना होटेल तथा रिसोर्टलाई थप सुरक्षित र विश्वसनीय बनाउन सफल भएको राहुल बताउँछन् ।
“चुनौतीहरूले अवसर र शिक्षा पनि दिन्छन् । कोभिड(१९ ले पर्यटन क्षेत्रको विषयमा पुनर्मूल्याङ्कन गर्न अवसर दिएको छ । हाम्रो विद्यमान व्यावसायिक ढाँचाबारे पुनर्विचार गर्न प्रेरित गरेको छ । यो क्षेत्रलाई दिगो रूपमा अघि बढाउन कोभिड(१९ ले विश्वभरि नै शिक्षादिएको छ,” राहुल भन्छन्, “त्यहीबमोजिम सहरी क्षेत्रमा सञ्चालित हाम्रा होटेलबाट खाद्य तथा पेय डेलिभरी गर्नुका साथै रिसोर्टहरूमा कोभिड १९ परीक्षण सुविधा सञ्चालन गर्ने उद्देश्य राखेका छौं ।
गुणस्तर, सुरक्षा र विश्वसनीयता हाम्रा मूल मन्त्र हुन् । यिनै मन्त्रका आधारमा सीजी हस्पिटालिटीले आगामी तीन वर्षसम्मका लागि कार्ययोजना बनाएको छ( अहिलेको अवस्थामा जोगिने, त्यसपछि तंग्रिने र अन्ततः दौडिने ।”
नेपालमा मेघौली सेराईजस्तो विश्वस्तरीय रिसोर्टसँगै भिभान्ता, समिट, फर्नलगायत सञ्चालन गरिरहेको सीजी हस्पिटालिटी होल्डिङ्सले निकट भविष्यमा काठमाडौंसँगै पोखरा र लुम्बिनीमा थप होटेल स्थापना गर्दै ललितपुरको होटेल समिटलाई विस्तार गर्ने योजना रहेको जनाएको छ ।
दुई दशकअघि टाटा ग्रुपरआईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा अघि बढेको हो ।
राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजीकर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । होल्डिङ्सले भारतलगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ ।
‘ताज’, ‘फर्न’, ‘जिंकहोटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटेलमा सीजीको साझेदारीरलगानी छ ।