पोखरा । ४१ औं विश्व पर्यटन दिवस पर्यटकीय नगरी पोखरामा पनि मनाइएको छ । ट्रेकिङ्ग एजेन्सिज एसाेसियसन अफ नेपाल टान पश्चिमाञ्चलले फेवाताल पारि ‘फेवा फुट टे«ल ःवस्तुगत अवलोकन’ कार्यक्रमको आयोजना गर्यो ।
नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजित कार्यक्रममा पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क ड्यामसाइडबाट १० वटा प्याडल डुङ्गामार्फत सामाजिक दुरी कायम गरेर पर्यटन विज्ञ, सरोकारवाला, व्यवसायी, सञ्चाकर्मीसहितको ७० जनाको टोली कार्यक्रम स्थल पुगेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङ्कन र त्यससँग सम्बन्धित समस्यालाई यहि आर्थिक वर्ष भित्र समाधान गरिने बताए । उनले फेवातालको समस्या समाधान नहुँदा फेवातालका अन्य पूर्वाधारका कार्यले सुरु हुन नसकेको बताए ।
मुख्यमन्त्री गुरुङले कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई मौद्रिक नीति अन्तर्गतको राहत प्याकेज उपलब्ध गराएर लगानीको सुरक्षामा प्रदेश सरकार सकारात्मक रहेको बताए ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ६ खर्ब लगानी भएको पर्यटन क्षेत्रलाई अब सुरक्षा सतर्कता अपनाएर चलायमान बनाउनु पर्ने धारणा राखे ।
प्रदेश सभा सदस्य राजीव पहारीले फेवाताल वरिपरीको १४ किलोमिटर फुट ट्रेलको लागि प्रदेश सरकारले ७० प्रतिशत लगानी गरे स्थानीय पहलमा ३० प्रतिशतको लगानीको जिम्मा आफूले लिने बताए।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विकास प्रति साझा धारणा आवश्यक रहेको जनाउँदै विकासको सुरुआत भएको बताए।
यता, टान पश्चिमाञ्चका अध्यक्ष हरि भुजेलले पोखराको गहना फेवातालको बारेमा चासो धेरैले राखे पनि यसको सम्भावनाको विषयमा विस्तृत अध्ययन हुन नसकेको बताए ।
पर्यटन दिवशका अवसरमा पोखराका विभिन्न पर्यटकीय क्षेत्रको सम्भावनाका बारेमा समेत चर्चा भएको थियो ।