काठमाडौं । प्राय मोटरसाइकल चालकहरुले भनेको सुनिन्छ ‘चेन स्पोर्केट गयो’ । अफ रोड बाइक चलाउदा यस्तो चेन स्पोर्केट जान्छ ।
खासगरी मोटरसाइकलको पछाडिको ह्वील र इन्जिन बीचलाई जोडेर मोटरसाइकलाई चलायमान बनाउन एक चेन दिइएको हुन्छ, यही चेनलाइ स्थिर अबस्थामा राख्न इन्जिन र पछाडि ह्वीलमा राखिने दाँती रहेको चक्का नै चेन स्पोर्केट हो । चेन र चेन स्पोर्केट एक अर्काका परिपुरक नै मानिन्छ ।
मोटरसाइकललाई डबल स्ट्याण्डमा अडाएर न्यूट्रलमा राख्ने, त्यस पश्चात् एक हातले बाइकको पछाडिको ह्वीललाई घुमाउने र सँगै अर्को हातले लचकता मापन गर्ने ।
पांग्रालाई घुमाउँदै चेनको लचकता मापन गर्दा कतै चेन कडा र कतै चेन लच्किएको छ भने चेन स्पोर्केट खराब भएको थाहा पाउने सरल माध्यम हो ।
आधिकारीक सामान प्रयोग गर्ने
खासगरी बाइकमा सामान परिवर्तन गर्दा वा विग्रेको सामान फेर्दा आधिकारीक सामान मात्र परिर्वतन गर्नुपर्छ । सस्तो पाइयो भनेर सामाना जुनपायो त्यहि हाल्नु राम्रो होइन् । त्यसैलेपनि बजारमा पाइने सस्तो सामानको प्रयोग गर्दा समय समयमा दुःख दिने गर्छ । पटक पटक खर्च गरिरहनु भन्दा महर्गो सामान नै राख्नु उचित हुन्छ ।
चेन ल्यूव नै प्रयोग गर्ने
हरेक पटक बाइक धोएपछि चेनमा ल्यूव अनिर्वाय लगाउनु पर्ने हुन्छ । बजारमा धेरै ब्रान्डको स्प्रे ल्यूवहरु पाइन्छ । कुनै एक विश्वासनिय ब्रान्ड प्रयोग गर्नु पर्छ । यसरी प्रयोग गर्दा सकेसम्म सधै एउटै ब्रान्ड प्रयोग गर्नु राम्रो मानिन्छ ।
चेनलाई सफा गरिरहने
नेपालमा प्राय मानिसहरुले गाउँ घरकै बाटोमा हिड्नको लागि लक्षित गरेर बाइक किन्ने गर्छन् । सडकको अबस्था कमजोर हुने हिलो तथा धुलो हुने ठाउँमा मोटरसाइलको चेन र चेन स्पोर्केटमा जमेको धुलो र हिलोलाई समय समयमा पखाल्ने गर्नु पर्छ । कम्पनीको आधिकारीक वर्कशपको सल्लाह अनुसार चेन क्लिनर प्रयोग गरेर चेन तथा चेन स्पोर्केट सफा राख्न सकिन्छ ।
चेनको हेरचाह गर्ने
चेन स्पोर्केटको सेटमा दुई चक्का रहेको हुन्छ । चेन स्पोर्केट र चेन एक अर्काका परि पूरक मानिने भएकाले एक चक्का मोटरसाइकलको पछिल्लो ह्वीलमा जडान गरिन्छ भने अको सानो चक्का इन्जिनको बाहिरी भागमा जोडिएको हुन्छ । स्पोर्केटको चक्कामा माटो जम्ने हुनसक्छ र खिया लाग्ने भएकाले बाइक सर्भिसिङ गराउदा सफा गर्न लगाउनु पर्छ ।