काठमाडौं । कोभिड–१९ महामारीका बेला निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणामा पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना भएको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल सार्वजनिक गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन पुनरुत्थानको पहिलो पाइला स्वरुप देशदर्शन कार्यक्रमको ‘लञ्च’ गरिएको बताए । सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने भन्दै सबैलाई पर्यटनका लागि संगसंगै हुन उनको अनुरोध गरेका छन् ।
उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता तथा नीति निर्माताहरुमाझ पर्यटन बारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायबीच परिणाममुखी समन्वय स्थापना गराउन र देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले कार्यक्रम तथा गतिविधिहरु गर्नेछ ।
यसका साथै, पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरु तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायहरुलार्ई सुझाउने एवं सीमित साधन र स्रोत भएपनि केही कार्यक्रमहरु आफै सञ्चालन गर्नेछ । पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमीत रुपमा सम्प्रेषित गरिनेछ ।
पर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख तथा विश्वव्यापी रुपमा पर्यटन पुनरुत्थानका लागि शुरु भएको अभियान ‘रिब्यूल्डिङ’ ट्राभलका कार्यदल सदस्य दीपकराज जोशी समन्वय गर्ने संयोजकका रुपमा रहने छन ।
त्यसैगरी पाटा नेपाल च्याप्टरका सचिव खेम लकाई कार्यदलको प्रवक्ता रहनेछन । पाटा नेपाल च्याप्टरका सीइओ सुरेशसिंह बुडालले कार्यदलको सचिवालय व्यवस्थापन गर्नेछन ।