बीबीसी । गर्मीयाम भारतमा निकै नै असामान्य रह्यो। कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द भएका चलचित्रघरमा दशौँ लाख फिल्म प्रशंसक भारतीयहरू आफ्ना प्रिय चलचित्र हेर्न जान पाएनन्।
तर, घरभित्र थुनिएका परिवारहरूका निम्ति अनलाइनमार्फत मनोरञ्जनका सामग्री पस्किने स्ट्रीमिङ प्ल्याटफर्महरूले यो रिक्तता पूर्ति गर्ने ठूलो प्रयास गरे।
यस अवधिमा आफ्ना नोक्सानी घटाउन कैयौँ चलचित्रहरूले ठूला हलको साटो सानो पर्दामा नै तिनका फिल्म रिलिज गरेका छन्। नेटफ्लिक्स, अमेजनको प्राइम भिडिओ तथा डिस्नेंहटस्टारजस्ता स्ट्रीमिङ सेवा प्ल्याटफर्मका निम्ति बनाइने फिल्म वा सिरिजका निम्ति बलिउडका हस्तीहरूले एकपछि अर्को चाहना देखाएका छन्।
हुन त महामारी अगावैदेखि ठूलो पर्दा र सानो पर्दाको दूरी मेटिने क्रम सुरु भइसकेको थियो। सिनेमाघरका मालिकहरूमा विस्मय जन्माउनेगरी महामारीले पहिल्यैदेखि बिस्तारै हुन थालेको रूपान्तरणलाई तीव्र गति प्रदान गरेको छ।
फलस्वरूप फिल्म पत्रकार असीम छाब्रा भन्छन्, अहिले आएर बलिवुडले यो रूपान्तरणमा सहभागी हुन दौडिनुपरेको छ, आफूलाई बदल्नु परेको छ र कतिपय मामिलामा त सम्झौता समेत गर्नुपरेको छ।ू
बदलिँदो मनोरञ्जन
जुन महिनामा गुलाबो सिताबो नामक चलचित्र अनलाइनमा रिलिज हुने पहिलो त्यस्तो फिल्म थियो जसमा मुम्बईका सबभन्दा चर्चितमध्येका अभिनेता अमिताभ बच्चनको अभिनय थियो।
त्यसपछि भारतीय गणितज्ञ महिलाको जीवनमा आधारित शकुन्तला देवी, लडाकु विमान चलाउने महिलाको जीवनबाट प्रभावित गुञ्जन सक्सेना तथा सन् १९९१ को चलचित्रको अर्को भागको रूपमा आएको सडक २ फिल्महरू उसैगरी सार्वजनिक भए।
ठूलो पर्दाका निम्ति बनाइएका यी चलचित्रहरूको निम्ति अहिलेको समयमा स्ट्रीमिङ प्ल्याटफर्म एक मात्र विकल्प हुनुका साथै स्वाभाविक विकल्प पनि रह्यो।
सेन्सर बोर्डहरूले सम्भावित कैँची चलाउने दृश्य वा सन्दर्भ अनि फरक धारका कथासहितका मनोरञ्जनका सामग्री पस्किएर विशेषतः सहरी तथा युवा समुदायमाझ यस्ता प्ल्याटफर्म लोकप्रिय भइसकेका छन्।
धेरैले के थाहा पाए भने स्ट्रीमिङ भनेको भविष्य होइन, वर्तमान पनि हो, नेटफ्लिक्स इन्डिया कन्टेन्टकी उपाध्यक्ष मोनिका शेर्गिलले भनिन्।
बिलउडको रोजाइको मञ्च अहिले उपलब्ध नभएको अवस्थामा स्ट्रीमिडले कडा प्रतिस्पर्धापनि बेहोरिरहेको छ।
नेटफ्लिक्स र अमेजनको प्राइम भिडिओसँग भारतमा सबभन्दा ठूलो बजार हिस्सा रहेको छ। नेटफ्लिक्सले यो वर्ष अहिलेसम्म भारतमा १८ वटा मौलिक प्रस्तुति पस्किसकेको छ भने प्राइमले सन् २०२० भरिमा १४ वटा मौलिक प्रस्तुति पस्किने बताएको छ।
डिस्नेंहटस्टारले जुलाई २४ यता हलमा रिलीज गर्न बनाइएका सातवटा चलचित्र आफ्नो सेवामार्फत् सार्वजनिक गरिने जनाएको छ।
यी सेवाले सिनेमा र टेलिभिजनबीचको स्पष्ट खाडल पुनः सहयोग पुगेको छाब्रा बताउँछन्। अमेरिकामा यो भिन्नता अस्पष्ट छ। त्यहाँ कतिपय चर्चित हलीवुड कलाकारले सुरुमा टीभीमा अभिनय गरेको पृष्ठभूमि पाइन्छ, उनले भने।
बलिउडमा त्यस्तो दुर्लभै हुन्छ। यहाँ कलाकार बन्न चाहनेहरू जसको निम्ति बलिउडमा काम पाउन मुस्किल हुनसक्थ्यो उनीहरूका निम्ति स्ट्रीमिङ प्ल्याटफर्मले राम्रो अवसर दिएका छन्। पछिल्लो समयमा त नेटफ्लिक्स तथा अमेजनले भारतीय सिने उद्योगका हस्तीहरूलाई समेत आकर्षित गर्न थालेको छ।
सानो पर्दा नै ठूलो पर्दा
महिनौँको चर्चापश्चात् बलिवुडमा निकै आम्दानी गर्ने अभिनेता अक्षय कुमारले उनको डर र हास्यरस मिश्रित कथानक चलचित्र लक्ष्मी बमलाई डिस्नेंहटस्टार मा रिलिज गर्ने घोषणा गरे। आगामी वर्ष उनले सो स्ट्रीमिङ सेवाको निम्ति वेबसिरीजमा पनि अभिनय गर्ने बताइएको छ।
केही वर्षअगाडिसम्म अक्षय कुमारलाई स्ट्रीमिङ प्ल्याटफर्ममा देखिनु एउटा अकल्पनीय विषय थियो, छाब्रा भन्छन्। अक्षय कुमारसहित बलिउड कलाकारहरूले डिस्ने हटस्टारको मल्टिप्लेक्स सेवा आरम्भ गरेका छन् ।
एबन्डन्टीया इन्टर्टेनमन्ट नामक कम्पनीका प्रमुख कार्यकारी विक्रम मल्होत्रा यी परिवर्तनलाई निकै अद्भुत मान्छन्। केही वर्षअगाडि उनको स्टुडिओले स्ट्रीमिङ सेवाका निम्ति सामग्री बनाउने कुरा गर्दा धेरैले आश्चर्य मानेका थिए।
त्यतिखेर हाम्रो निर्णयलाई अभिनेता वा निर्देशकहरूको निम्ति एक कदम पछाडि सरेको रूपमा हेरिएको थियो। उनीहरूले स्ट्रीमिङ भनेको ठूला फिल्ममा काम नपाएकाको निम्ति भन्ने ठान्थे, उनी बताउँछन्।
तर उनले प्रारम्भिक चरणमै देखाएको विश्वासले अहिले नतिजा दिएको छ। महामारीकै माझ उनको स्टुडिओले दुईवटा सामग्री रिलीज गर्यो जसमध्ये एउटा ब्रेथ इन्टु द स्याडोजमा बलिउड अभिनेता अभिषेक बच्चनले पनि खेलेका छन्।
आखिरमा एउटा अभिनेताको रूपमा तपाईँले आफ्नो आगामी काम र भन्नै पर्ने कथाबारे सोच्नुहुन्छ, अभिषेक बच्चनले बीबीसीलाई बताएका थिए। मलाई लाग्छ यो (स्ट्रीमिङ) रोमाञ्चक माध्यम हो र यो अब हराउने छैन।
मूलधारका अन्य अभिनेताहरूले पनि हालसालै अनलाइन सामग्रीमा खेलेका छन् वा चाँडै खेल्दैछन्। सो सूचीमा अनिल कपुर, नसिरुद्दीन शाह, शबाना आज्मीदेखि काजोल र करिश्मा कपुर पनि छन्।
आगामी महिनाहरूमा अझ धेरै बलिउड कलाकारहरूले स्ट्रीमिङ सेवा अँगालेको देखिनेछ, भारतको सबभन्दा ठूला स्टुडिओमध्येको धर्मा प्रोडक्शन्सका प्रमुख कार्यकारी अपूर्वा मेहताले भने। तर स्ट्रिमिङको भविष्य आशालाग्दो देखिएपनि सिनेमाहरूको भविष्य अनिश्चयपूर्ण बनेको छ।
बलिउडको पुनर्लेखन
सिनेमाहरूले सबभन्दा ठूलो धक्का बेहोरेका छन् हामी सबभन्दा पहिले बन्द हुनेमा पर्यौँ र अब सबभन्दा पछि खुल्नेमा पर्नेछौँ, इनक्स मल्टिप्लेक्स सिनेमा हलका प्रमुख कार्यकारी आलोक टण्डनले बताए।
सिनेमा हल मालिकहरूले हालै भारतका धेरै पढिने पत्रिकाहरूमा पूर्ण पृष्ठको विज्ञापन जारी गर्दै उनीहरूलाई खोल्न दिन आग्रह गरेका थिए। गत छ महिनामा यो उद्योगले करिब सवा अर्ब डलरको घाटा बेहोरेको उनीहरूले बताए।
तर, मालिकहरूले तिनका हलको ढोका खुलेपछि के होला भन्नेबारे पनि चिन्ता प्रकट गरेका छन्। एउटा कारण त के पनि हो भने हलमा रिलिज गर्न बनाइएका कैयौँ चलचित्रहरू अब स्ट्रीमिङ प्ल्याटफर्मको हातमा पुगिसके।
दोस्रो कारण चाहिँ सामाजिक दूरीको मापदण्डका कारण हलमा खचाखच दर्शक राख्न सकिने छैन। साथै अचानक कतै हलका कारण सङ्क्रमण फैलिएको पाइए उनीहरूले तत्काल बन्द गर्नुपर्ने हुन्छ।
समीक्षक साइबल च्याटर्जी भन्छन् (सबभन्दा महत्त्वपूर्ण के हो भने जब चलचित्रहरू हलमा फर्किनेछन् त्यतिखेरसम्म बलिउडको मुहार नै फेरिइसकेको हुनेछ।
बलिउडमा अहिलेनै कडिकडाउ हुन थालिसक्यो। कथाहरू बदलिनेछन्, गजब(गजबका ठाउँमा गएर छायाङ्कन गरिनेछैन। अनि हस्ती वा सुपरस्टारहरूले पनि साविकभन्दा थोरै पारिश्रमिक स्वीकार्नुपर्नेछ, च्याटर्जीले भने।
उनका अनुसार यो प्रवृत्ति सन् २०२३ सम्म लम्बिन सक्ने भएकाले उद्योगमा गम्भीर प्रभाव पर्नेछ। तपाईँले सिनेमा पनि स्ट्रीमिङ् सेवाका सामग्रीजस्तै बनेको पाउनुहुनेछ। व्यापार जोगाउन यसो हुनेछ, उनले भने। यसबीच यो वर्षको दुईवटा ठूला बजेटका बलीवुड चलचित्र अझै रिलीज भएका छैनन्। ती मार्च र एप्रिलमा आउनुपर्थ्यो।
एक्सन प्रधान चलचित्र सूर्यवंशी तथा भारतले सन् १९८३ मा विश्वकप क्रिकेट जितेको सन्दर्भमा बनाइएको ८३ नामक चलचित्रहरूमा चर्चित अभिनेता अभिनेत्रीहरू छन्। तिनले भिडलाई हलमा डाकेर उद्योगको व्यवसाय चम्काउने आशा गरिएको छ।
त्यसैले अझसम्म सिनेमा मालिकहरूले हरेस खाइसकेका छैनन्। एउटा गतिलो ब्लकबस्टर अत्यन्त सफल चलचित्रले कथा बदल्दिनेछ, टण्डनले भने।