काठमाडौं । बाह्वटा चिया उद्योग तथा सहकारीलाई पहिलो पटक नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क वितरण गरिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा फिक्कल इलाममा भएको एक कार्यक्रममा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले १२ ओटा चिया उद्योगलाई ट्रेडमार्क प्रदान गरेका हुन् ।
ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए ।
यो सँगै विगत एक दशकभन्दा लामो अवधि देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ । पहिलो चरणमा १२ वटा चिया उद्योगले मात्र ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका हुन ।
ट्रेडमार्क प्रयोग गर्न इजाजत पाउनेमा सन्दक्फु टि प्रोसेसर्स प्रालि, हिमालयन सांग्रीला टि प्रोड्यूसर्स प्रालि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लिमिटेड, जस्बिरे टि प्रशोधन उद्योग, सगरमाथा टि स्टेट प्रालि, बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था लिमिटेड, गोर्खा टि स्टेट प्रालि, नेपाल ग्रिन टि एण्ड स्पेसियालिटि, ओएसिस टि इन्डस्ट्रिज,तारागाउ टि स्टेट र साखेजुङ्ग हिल रेन्ज चिया प्रशोधन उद्योग हुन