काठमाडौं । नेपाली बजारमा हुन्डाईको न्यू जेनेरेशन क्रेटा सोमबार सार्वजनिक गरेको छ । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले सोमबारबाट नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गरेको हो । कम्पनीका अनुसार क्रेटा ५ भेरियन्टमा बिक्री सुरु भएको हो ।
नयाँ क्रेटाको ६ स्पिड मेनुअल ट्रान्समिसन रहेको छ । डिजेल इन्जिनको क्रेटामा १.२ सीआरडीआईको क्रेटाले ४ हजार आरपीएममा ११५ अधिकतम पावर छ । ४ सिलिन्डर रहेको गाडीमा १६ भल्भ छन् । गाडीमा डिस र ड्रम ब्रेक सिस्टम छ ।
भारतीय बजारमा रेकर्ड राख्न सफल भएको यो गाडीले नेपाली बजारमा पनि गाडी रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ । क्रेटामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिन छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११३.४ बीएच पावर प्रदान गर्छ ।
नयाँ प्रविधि युक्त फिचर रहेको गाडीमा ड्युल फ्रन्ड ऐयर व्याग, एबीएस फिचर,सेन्सीङ डोरलक, रिमार्ट कन्ट्रोल, ड्युलटोन बुम्पर, मल्टी इनअप डिस्प्ले, एजस्टेबल सिट, लाइन चेन्ज इन्डिकेटर लगाएतका मुख्य विशेषता छन् ।
कम्पनीले ल्याएको डिजल इन्जिन युक्त नयाँ जेनेरेशन क्रेटा इ भेरियन्टको मूल्य ४३ लाख ९६ हजार र इएक्स भेरियन्टको मूल्य ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी कम्पनीले पेट्रोल इन्जिनमा सुरुवाती भेरियन्ट इएक्स ल्याएको छ । यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । त्यस्तै क्रेटा एस भेरियन्टको मूल्य ५२ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रूपैयाँ छ । कम्पनीले अटोमेटिक भेरियन्टमा एसएक्स पनि ल्याएको छ । यसको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।