काठमाडौं । नेपाली बजारमा हुन्डाईको न्यू जेनेरेशन क्रेटा सोमबार सार्वजनिक हुने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि (सोमबार) बाट नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गर्ने भएको हो । कम्पनीका अनुसार क्रेटा ५ भेरियन्टमा बिक्री सुरु हुने छ ।
कम्पनीले नयाँ क्रेटा इन्जिनमा ३ भेरियन्ट र डिजेल इन्जिनमा दुई भेरियन्टमा सार्वजनिक गर्ने भएको हो । पेट्रोल इन्जिन युक्त क्रेटाको इएक्स, एस र एसएक्स भेरियन्ट छन भने डिजेल इन्जिनमा इ र इएक्स भेरियन्ट रहेको छ ।
भोलिदेखि औपचारीक रुपमा हुन्डाईले नयाँ क्रेटा एक कार्यक्रम गरी सार्वजनिक गरी बिक्री थाल्ने बताएको छ । यो गाडी भारतमा लकडाउन अघि सार्वजनिक भएको थियो ।
भारतीय बजारमा रेकर्ड राख्न सफल भएको यो गाडीले नेपाली बजारमा पनि गाडी रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ । क्रेटामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिन रहेको छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११३.४ बीएच पावर प्रदान गर्छ ।
नयाँ प्रविधि युक्त फिचर रहेको गाडीमा ड्युल फ्रन्ड ऐयर व्याग, एबीएस फिचर,सेन्सीङ डोरलक, रिमार्ट कन्ट्रोल, ड्युलटोन बुम्पर, मल्टी इनअप डिस्प्ले, एजस्टेबल सिट, लाइन चेन्ज इन्डिकेटर लगाएतका मुख्य विशेषता रहेका छन् । कम्पनीले नयाँ हुन्डाई क्रेटा पाँच भेरीएन्टकै मूल्य खुलाएको छैन् ।