नेपालमा लामो समयदेखि भइरहेको लोडसेडिङ अन्त्य गर्दै लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल यसै साता सकिएको छ।
वर्षौंसम्म घाटामा चलेको प्राधिकरणलाई नाफामा पुर्याएका घिसिङलाई अर्को एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने आवाज सामाजिक सञ्जालमात्रै नभएर सडकबाट समेत उठिरहेका छन्। बीबीसीले घिसिङसंग गरेको कुराकानी
आफ्नो चार वर्षे कार्यकालाई कसरी समीक्षा गर्नुभएको छ ?
कार्यकालको समीक्षा मैलेभन्दा पनि आम जनसमुदाय र मेरा कर्मचारी साथीहरूले गर्ने हो। मेरो आफ्नो तर्फबाट मैले जे गर्नु भनेर आएको थिएँ जस्तो कि लोडसेडिङ अन्त्य र प्राधिकरणलाई नाफामा लैजाने कुरा, यी चाहिँ हामीले पूरा गर्न सकेका छौँ।
अब नेपाललाई आत्मनिर्भर बनाउँदै विद्युत निर्यात गर्ने विषयमा लक्ष्य पूरा हुने चरणमा छ। समग्रमा भन्दा सन्तोषजनक रूपमै हामीले बिताएका छौँ। यद्यपि काम गर्नुपर्ने धेरै छ।
तपाईँले आफ्नो कार्यकालमा गर्न चाहेको तर हुन नसकेका कामहरू चाहिँ के हुन् ?
मेरो कार्यकालमा हुन्छ नै भन्ने केही आयोजनाहरू थियो। त्यो हुन सकेन। माथिल्लो तामाकोसीमा भूकम्प, ठेकेदार र कोभिडले समस्या भयो। यो जुनसम्म ल्याउने भनिएको थियो तर अब डिसेम्बरसम्ममा आउने कुरा भएको छ।
चिलिमेका दुईओटा आयोजनाहरु, केही ४०० केबीका सबस्टेशन र ट्रान्समिसन लाइनहरू सम्पन्न हुने चरणमा छन् तर सम्पन्न हुन सकेन।राजधानीमा तारहरूको जन्जाल हटाउने भनेर सुरु गरेको भूमिगत तार व्यवस्थापन सम्पन्न हुन सकेको छैन।
लोडसेडिङ देशभरी अन्त्य गरे पनि आपूर्ति प्रणालीमा विश्वसनीयता र गुणस्तरका लागि हामीले धेरै सुधारहरू गरिरहेका छौँ। सबैभन्दा महत्त्वपूर्ण विषय के हो भने नेपालको बिजुली भारत र बंगलादेशलाई बिक्री गर्ने भन्ने विषयलाई हामीले धेरै अगाडि बढाएका छौँ। त्यो अन्तिम चरणमा छ। आगामी वर्षायामबाट विद्युत निर्यात गर्ने अवस्थामा पुग्छौँ।
भारत र बंगलादेश विद्युत खरिदका लागि खासै उत्साही छैनन् भन्न कुरा पनि आइरहेका छन् । के भन्नुहुन्छ ?
त्यस्तो होइन। पहिलो कुरा धेरै निर्देशिकाहरू भारतले बनाइसकेको छ। बंगलादेशसम्म उनीहरूको संरचना प्रयोग गरेर बेच्न सक्ने निर्देशिका र नियमनका कुराहरू बनिसकेका छन्।
दैनिक बिक्रीका लागि भनी नेपाललाई पहुँच दिने भनेर अन्तिम प्रक्रियामा पुगेको छ। अब त्यसलाई कार्यान्वयनको चरणमा लैजान हामी काम गरिरहेका छौं। गत वर्ष हामीले करिब १ अर्बको बिजुली बेचिसकेका छौँ भने यसपालि पनि डेढ अर्ब रुपैयाँसम्मको बेच्दैछौँ।
दैनिक बिक्रीका लागि भनी नेपाललाई पहुँच दिने भनेर अन्तिम प्रक्रियामा पुगेको छ। अब त्यसलाई कार्यान्वयनको चरणमा लैजान हामी काम गरिरहेका छौं। गत वर्ष हामीले करिब १ अर्बको बिजुली बेचिसकेका छौँ भने यसपालि पनि डेढ अर्ब रुपैयाँसम्मको बेच्दैछौँ।
अब लोडसेडिङ फर्किने संभावना कतिको छ ?
यी दुवै कुरा सँगैसँगै जाने विषय हुन्। लोडसेडिङ हुँदा विद्युत प्राधिकरण पनि असाध्यै घाटामा थियो। ३५ अर्ब रुपैयाँको घाटामा रहेको संस्था अहिले ६ अर्ब सञ्चित नाफामा पुगिसकेको छ। वार्षिक रुपमा१२ अर्ब रुपैयाँसम्म नाफामा आइसकेको छ।
हामीले अहिलेसम्म जुन सफलता हासिल गर्यौँ अब आगामी दिनमा त्यसलाई संस्थागत गर्नुपर्ने ठूलो चुनौती छ।
विद्युत प्राधिकरणलाई अहिलेकै अवस्थामा नाफामा चलाउनलाई सञ्चालन खर्चमा कटौती गर्नुपर्ने, व्यवस्थापकीय सुधार गर्नुपर्ने र चुहावट नियन्त्रणलाई व्यापक रुपमा कडाइका साथ लागु गर्नुपर्नेलगायत धेरै कुराहरू छन्।
आगामी दिनमा लोडसेडिङ नहुने गरी संरचनाहरू बनेका छन्। अहिले आपूर्ति पनि धेरै बढेको छ। माग त विभिन्न ठाउँमा विभिन्न तरिकाले बढेको हुन्छ त्यसैले व्यवस्थापन बिग्रियो भने वा त्यो किसिमको संरचनाहरू बनाइएन भने स्थानीय स्तरमा पनि लोडसेडिङ हुनसक्ने सम्भावना रहन्छ।
कतिपयले लोडसेडिङ हटाउनका लागि सबै पूर्वाधारहरू निर्माण भएकोबेला तपाईँ प्राधिकरणको कार्यकारी प्रमुख भएर आउनु भएकोले तपाईँ भाग्यमानी हुनुभएको भन्छन्। यसमा तपाईको धाराणा के छ ?
जसले भन्नुभएको छ उहाँहरूलाई नै सोध्नु भए हुन्छ। म विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा एक महिनापछि उहाँले पुस, माघ, फागुन र चैतमा लोडसेडिङ अन्त्य भयो भने म सार्वजनिक पद धारण गर्दिनँ भनेको कुराको रेकर्ड छ।
अब लोडसेडिङ अन्त्यमा मैले विगतकाहरूको योगदान छैन भनेकै छैन। मैले हरेकको योगदान छ भनेको छु तर हामीले धेरै प्रयास गरेर लोडसेडिङ अन्त्य भएको हो।
आगामी दिनमा लोडसेडिङ नहुने गरी संरचनाहरू बनेका छन्। अहिले आपूर्ति पनि धेरै बढेको छ। माग त विभिन्न ठाउँमा विभिन्न तरिकाले बढेको हुन्छ त्यसैले व्यवस्थापन बिग्रियो भने वा त्यो किसिमको संरचनाहरू बनाइएन भने स्थानीय स्तरमा पनि लोडसेडिङ हुनसक्ने सम्भावना रहन्छ।
तपाईँको कार्यकाल सकिँदै गर्दा व्यक्ति कि पद्दति भन्ने कुरा पनि आउन थालेको छ। संस्थाले नभई व्यक्तिले गर्न सकिने परिपाटी बन्यो बन्यो तपाईँको कार्यकालमा भन्छन् नि ?
एउटा व्यक्तिले सबै नतिजा निकाल्न सक्छ भन्ने छैन। विद्युत प्राधिकरणमा १२ देखि १५ हजार कर्मचारी छन्। संरचना नबनेको भए, त्यो किसिमको व्यवस्थापन नभएको भए सही मानिसलाई सही ठाउँमा नराखेको भए नतिजा त त्यस्तो आउँदैन नि। आगामी नेतृत्वले पनि त्यो गर्नुपर्छ।
हिजो चेन अफ कमाण्ड १० वटा ठाउँबाट सञ्चालन हुन्थ्यो। ट्रेड युनियनका हस्तक्षेपहरू त्यतिकै हुन्थे। एमडीले भनेको कुरा डिएमडीले टेर्दैन थिए। अहिले चेन अफ कमाण्ड मेन्टेन भएको छ।
अर्को कुरा, प्राधिकरणमा सबै कुरा सफा भयो भन्दिनँ। तर हिजोको भन्दा धेरै सुधार भएको छ। अहिलेसम्म हामीले गरेका निर्णयहरू पारदर्शी छन् र निर्णय नै नगर्नेलाई त केही पनि हुँदैन।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा तपाईँ फेरि काम गर्ने विषयमा तपाईँको व्यक्तिगत धारणा के हो ?
निरन्तरता दिने वा नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पूर्ण रूपमा सरकारको कुरा हो। कुनै पनि व्यक्ति एउटै ठाउँमा हुनुपर्छ भन्ने मान्यतामा म छैन। मेरो बहिर्गमनलाई स्वभाविक रूपले हेर्नुपर्छ।
मैले अहिलेको कार्यकालमा गरेको कामले नै मेरो नतिजा देखाइसकेको छ। अब थप प्रतिस्पर्धा मैले मेरो लागि गर्नुपर्ने देख्दिनँ। त्यसकारण सरकारको प्रक्रिया सरकारले गर्ने कुरा भयो।
मेरो क्षमता, उमेर, अनुभव र मलाई जनताले विश्वास गरेको यी सबै कुराले थप बढी काम गर्न सक्छ भन्ने हिसाबले कुनै पनि जिम्मेवारी नेपाल सरकारले दिए म निर्वाह गर्न त तयार नै छु।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट नयाँ कार्यकारी निर्देशक तोक्ने भयो भने तपाईँ त्यो प्रक्रियामा सामेल हुनुहुन्छ ?
मैले अहिलेको कार्यकालमा गरेको कामले नै मेरो नतिजा देखाइसकेको छ। अब थप प्रतिस्पर्धा मैले मेरो लागि गर्नुपर्ने देख्दिनँ। त्यसकारण सरकारको प्रक्रिया सरकारले गर्ने कुरा भयो।