काठामाडौं । कृषि क्षेत्रमा करोडौं रुपैयाँ लगानी गरेका व्यावसायिक घरानाले देशमा हरेक वर्ष हुने प्याजको अभावलाई अहिलेसम्म देख्न सकेका छैनन् ।
गोल्यान समूह, आईएमएस समूह, गुराँसे टी स्टेटलगायत व्यावसायिक रुपमा कृषिखेतीमा लागेको वर्षौं भइसकेको छ । उनीहरूले वर्षौंदेखि नेपालमा हुने प्याजको अभावलाई राम्रोसँग भोगको भए पनि त्यसको उत्पादनमा कुनै पनि व्यावसायिक घरानाले लगानी गरेको पाइएको छैन ।
चिया, कफी, अदुवा, बेसार, कागती, गोलभेडा, काउली, आलु, स्ट्रबेरीलगायत कृषिजन्य वस्तु उत्पादनमा अहोरात्र खटिने व्यावसायिक घरानाहरू वार्षिक ४ अर्बभन्दा बढी कारोबार हुने प्याज फलाउन कसैको पनि ध्यान नगएको पाइएको हो ।
विगत तीन वर्षदेखि कृषिजन्य उत्पादन र बजारीकरणमा लागेको व्यावसायिक घराना गोल्यान समूहले अहिलेसम्म प्याज उत्पादनमा कुनै चासो दिएको छैन । ग्रुपले माटो ब्रान्डमा स्ट्रबेरी, काउली, बन्दा, गोलभेडा, आलु, बेसारलगायत कृषिजन्य वस्तु उत्पादन गरिरहे पनि प्याज उत्पादनमा हात हालेको छैन ।
त्यसैगरी, वैद्य अर्गनाइजेसनले पनि पूर्वमा गुराँसे टी स्टेटमार्फत ठूलो क्षेत्रमा चिया उत्पादन गरिरहेको वर्षाैं भइसकेको छ । तर, उक्त ग्रुपले पनि प्याज उत्पादन कुनै चासो नदिएको पाइएको हो ।
केही समय अघि मात्रै व्यावसायिक कृषिको योजना बनाएर अघि बढेको ग्रुप हो– आईएमएस । आईएमएस समूहको पूर्वमा रहेको जग्गामा कागती लगायतका कृषिजन्य वस्तु उत्पादन गरेर निर्यातसमेत गर्ने योजना बनाए पनि देशभित्रै खपतको प्रचुर सम्भावना भएको प्याज उत्पादनमा कुनै ध्यान दिएको छैन ।
त्यसैगरी, कृषि क्षेत्रमा लामो समयदेखि आबद्ध भएका व्यवसायी हुन् राजेन्द्र मल्ल । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले नगरकोट लगायतका क्षेत्रमा जग्गा लिजमा लिएर कृषि खेती गरिरहे पनि प्याज उत्पादनमा संलग्नता देखिएको छैैन ।
ऊर्जा उद्यमीको परिचय बनाएका ज्ञानेन्द्रलाल प्रधान पनि केही समयदेखि कृषि क्षेत्रमा आबद्ध छन् । उनले मकवानपुरको चित्लाङमा व्यावसायिक कृषि खेती गरिरहेका छन् । उनको फार्ममा गोलभेडा, काउली लगायतका तरकारी उत्पादन भइरहेको छ । तर, पनि वार्षिक अर्बांै रुपैयाँको कारोबार हुने प्याज उत्पादन गरेका छैनन् ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचन पनि अग्र्यानिक कृषि खेतीको प्रवद्र्धनमा लागेको वर्षाै बितिसक्यो । तर, हरेक वस्तु विषादीको प्रयोग नगरी उत्पादन गरेर बजारमा पठाइरहेका छन् । त्यसैगरी सयौं युवालाई कृषि क्षेत्रमा लाग्नसमेत प्रोत्साहन गरिरहे पनि देशमा वर्षैपिच्छे हाहाकार हुने प्याज उत्पादन उनको पनि संलग्नता छैन ।
पर्यटन व्यवसायी गोविन्द थपलियाको परिचय अहिले कृषिमा स्थापित भइसकेको छ । उनले काभ्रेमा व्यावसायिक तकारी खेतीसँगै कुखुरा, गाई, भैंसीपालन व्यवसायलाई अघि बढाएका छन् । व्यावसायिक तरकारी गरे पनि उनको फार्मले प्याज उत्पादन गरेको छैन । व्यावसायिक कृषिमा लाग्ने यसबाहेक अन्य धेरै ग्रुप छन् । जसले प्याजको उत्पादनमा कुनै चासो दिएका छैनन् ।
चिया, कफी, अदुवा, बेसार, कागती, गोलभेडा, काउली, आलु, स्ट्रबेरीलगायत कृषिजन्य वस्तु उत्पादनमा अहोरात्र खटिने व्यावसायिक घरानाहरू वार्षिक ४ अर्बभन्दा बढी कारोबार हुने प्याज फलाउन कसैको पनि ध्यान नगएको पाइएको हो ।
काउली, बन्दा, करेला, परवल, टमाटर, खुर्सानी लगायतका तरकारीजन्य वस्तु लाग्ने ग्रुप तथा कृषि उद्यमी किन प्याज उत्पादनमा जोड दिँदैनन् ? भर्खर कृषिमा हात हालेका उद्योगी दीपक मल्होत्राले प्याज खेतीका बारेमा नसोचेको बताउँछन् । सुनसरीमा पाइलट प्रोजेक्टका रुपमा २५ विघा जमिन लिजमा लिएर कागती, मेवा, मेलिसियन साल, स्ट्रबेरीको खेती सुरु गरेका छन् ।
हरेक वर्ष यही समयमा नेपालमा प्याजको हाहाकार हुन्छ । किनभने, भारतमा अहिले प्याज खपत बढी हुन्छ र उसले निकासीमा प्रतिबन्ध लगाउँछ । त्यसको सोझो असर नेपालमा पर्छ । यो अवस्था कृषि क्षेत्रमा लागेका हरेकले देखिरहेका छन् । तर, पनि उनीहरूले प्याज खेतीका बारेमा केही गरेका छैनन् । लगानी पनि ठूलो लाग्दैन, बजार पनि प्रचुर छ । तर, पनि उनीहरूले यतातर्फ किन सोच्दैनन् ?
यसअघि ५० बिघा जग्गमा प्याज लगाए पनि आफुहरूले ठूलो घाटा सहनुपरेकाले त्यतातिर रुचि नभएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । त्यतिवेला भारतबाट अत्यधिक प्याज आयात हुँदा पनि आफ्नो उत्पादनले बजार लिन नसकेको उनको भनाइ छ ।
मोबाइल, अटोमोटिभलगायत क्षेत्रमा संलग्न व्यवसायी दीपक मल्होत्राले प्याजको मार्केट र सम्भावनाका बारेमा आफूलाई जानकारी नै नभएको बताए । ‘यत्रो सम्भावना रहेछ, थाहै थिएन । अब अर्को सिजनका लागि जसरी भए पनि प्याज उत्पादन गरेर बजारमा ल्याउँछु र भारतसँगको परनिर्भरतालाई कम गराउने प्रयत्न रहन्छ,’ उनले भने, ‘प्याजको सम्भावना र बजारीकरणका बारेमा राम्रोसँग बुझेँ ।’
गोल्यान ग्रुपका अध्यक्ष गोल्यानका अनुसार प्याजको मार्केटभन्दा पनि सरकारी नीतिका कारण समस्या भइरहेको छ । त्यही कारण प्याज खेतीमा लगानी भइरहेको छैन ।
मल्होत्राका अनुसार यसअघि प्याजको विषयमा त्यति सोचिएनछ । प्याजको मार्केट, उत्पादन, मूल्य र कसरी गर्ने भन्ने विषयमा विज्ञलाई बोलाएर छलफल गर्ने तर उत्पादनका लागि अघि बढ्ने उनकाे योजना छ ।
गोठदेखि ओठसम्म अभियान सुरु गरेको कृषि उद्यमी गोविन्द थपलिया प्याज उत्पादनका लागि ठूलो क्षेत्र चाहिने हुन्छ । तर, चाहिने जति अभाव र भण्डारणको समस्याले प्याज उत्पादन गर्न नसकेको बताउँछन् ।
गोल्यान ग्रुपका अध्यक्ष गोल्यानका अनुसार प्याजको मार्केटभन्दा पनि सरकारी नीतिका कारण समस्या भइरहेको छ । त्यही कारण प्याज खेतीमा लगानी भइरहेको छैन ।
प्याजबाट त्यति फाइदा नहुने भएकाले बढी प्रतिफल दिने कृषि उत्पादनमा जोड दिनुपरेको कृषि क्षेत्रमा भरखरै लागेका ज्ञानेन्द्र प्रधान बताउँछन् । ‘हामी कृषिका हरेक वस्तुमा आत्मनिर्भर हुनै सक्दैनौं । हामी भारतसँग प्रतिस्पर्धी बन्नै सक्दैनौं । ‘सस्तो वस्तु चामल, मकै, गहुँ र प्याज जस्ता वस्तु आयात गर्नैपर्ने बाध्यता छ,’ प्रधानले भने, ‘आयात हुनु गलत होइन् । हामीलाई जे उत्पादन गर्दा बढी फाइदा आउँछ त्यो गर्नुपर्यो ।’ जबकि, हरेक वर्ष देशमा ४ अर्ब रुपैयाँ बराबरको प्याज आयात हुने सरकारी तथ्यांकबाट देखिन्छ ।
अहिले पनि ९० प्रतिशत स्वदेशी बजार भारतीय प्याजकै पकडमा छ । कालीमाटी तरकारी बजारमा आउने ८० प्रतिशत प्याज भारतकै उत्पादन हुन् ।
प्याजमा समेत भारतसँग परनिर्भर हुँदा नेपालले बर्सेनि मूल्य र अभाव झेल्नुपरेको छ । यसअघि २०७६ मंसिर पहिलो साता पनि भारतबाट आयात रोकिँदा प्याज अभाव भई महँगिएको थियो ।
अहिले पनि किसानले आफ्नो निर्वाहका लागि मात्रै प्याज लगाउने गर्छन् । तर, सबैभन्दा ठूलो माग र खपत ठूला सहर तथा बजारमा हुन्छ । यता, आधारभूत कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने कार्यक्रम र प्रयासहरू सरकारी स्तरबाट नभएका पक्कै होइनन् । तर, व्यवहारमा त्यस्तो देखिँदैन । दशकअघि सरकारले अघि बढाएको प्याज ‘मिसन’ कार्यक्रम सफल हुन नसकेको सरकारी अधिकारी नै स्वीकार गर्छन् ।
वि.सं २०६४ सालदेखि २०६९ सालसम्म प्याजको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्य राखिए पनि सरकारी प्रयास ‘फेल’ भयो । अर्थात, ५० करोड खर्च भयो तर, प्याज उत्पादन बढ्न सक्दैन । बरु, आयात बढ्यो । प्याज मिसन कार्यक्रम सफल नहुनुमा कागज मिलाउने कर्मचारीतन्त्रकै दोष बताउँछन, कृषि विज्ञ डा. कृष्ण पौडेल ।
विभिन्न समयमा सरकारी स्तरबाट कृषिजन्य उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन तथा आत्मनिर्भरताका घोषणा नभएका होइनन् । गत आर्थिक वर्ष २०७६/०७७ मा नै सरकारले आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने बजेटमार्फत भन्यो । त्यतिमात्र होइन्, दूध, माछा, मासु र हरियो तरकारीमा आत्मनिर्भर हुने उल्लेख थियो । आलू र प्याजको आन्तरिक उत्पादन बढाई विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमसमेत सरकारले बजेटमा राखियो तर, ठोस रुपमा उत्पादन बढाउने कुनै कार्यक्रम भएन् ।
अहिले पनि ९० प्रतिशत स्वदेशी बजार भारतीय प्याजकै पकडमा छ । कालीमाटी तरकारी बजारमा आउने ८० प्रतिशत प्याज भारतकै उत्पादन हुन् ।
प्याजमा समेत भारतसँग परनिर्भर हुँदा नेपालले बर्सेनि मूल्य र अभाव झेल्नुपरेको छ । यसअघि २०७६ मंसिर पहिलो साता पनि भारतबाट आयात रोकिँदा प्याज अभाव भई महँगिएको थियो ।
वास्तवमा प्याज धेरै नाफा हुने खालको बाली नभएकाले भारतसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । ‘४० प्रतिशत जति खपत हाम्रै उत्पादनले भइरहेको छ । बाँकी ६० प्रतिशत विदेशबाट नेपालमा आयात हुन्छ । यो धेरै सहर/बजार क्षेत्रमा खपत हुन्छ’ कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर सुवेदीले भने, ‘धेरै नाफा नहुने र प्रतिस्पर्धी बाली पनि प्याज नभएकाले किसानको रुचि भएन् । प्याजकै लागि भनेर अघिल्लो वर्ष र यो वर्ष विशेष खालको कार्यक्रम छैन । सबै कुरामा आत्मनिर्भर हुन सकिन्न पनि ।’ उनले सबैभन्दा उपयुक्त उपाय प्याजको खपत र कम उपभोग गर्नु नै रहेको बताए ।
खासगरी दूध, माछा, मासु, अण्डा र हरियो तरकारीमा आत्मनिर्भर हुने घोषणा यसअघिका बजेटमा धेरै पटक आए, दोहोरिए । तर, तिनै वस्तु बर्सेनि अर्बौं रुपैयाँको आयात हुन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा झन्डै ३० अर्ब हाराहारीको हरियो तरकारी तथा फलफूलहरू नेपाल आयात भएको थियो ।