काठमाडौं । नेपाली बजारमा बजाजले पहिलो पटक २५० सेग्मेन्ट भित्र्याउने भएको छ । नेपालमा बजाज बाइकका लागि आधिकारिक वितरक हंशराज हुलास प्रालिले २५० सीसी सेग्मेन्टलाई पनि नेपालमा प्रवेश दिने भएको हो ।
यसअघि गोल्छा ग्रुपअन्तर्गत एचएच बजाजले २२० र ४०० सेग्मेन्टका बाइक बिक्री गर्दै आएको थियो । कम्पनीका अनुसार हाल नेपालमा बिक्री गर्दै आएको डोमिनार ४०० कै डिजाइनकै मोडल ल्याउने भएको हो ।
डोमिनार २५० मा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, डिओएचसी दिएको इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्ने छ ।
यसमा ६ स्पिडको गियरबक्स र स्लिपर क्लच दिएको यो बाइकमा लाइट एलइडी, सानो विन्डस्क्रिन, मस्कुलर फ्यूल ट्यांक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन ब्यारेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य विशेषता छन् ।
डोमिनार २५० को लम्बाइ २ हजार १५६ एमएम, चौडाइ ८१३ एमएम, उचाइ १११२ एमएम, ह्वीलवेश १ हजार ४५३ छ । ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको बजाज डोमिनार २५० को मूल्य ४ लाखसम्म पुग्नेछ ।