काठमाडौं । कारोना भाइरस महामारी जोखिमका बीच आज बिहिबारदेखि देशभर लामोदूरीका सार्वजनिक यातायात सञ्चालन भएका छन् । व्यवसायीहरु बिहिबार विश्वकर्मा पुजागरी गाडी निकाल्ने तयारी गरेका छन् ।
बिशेषगरी नजिकिदै गरेको दशैं र कोरोना महामारीका बीच काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क, खुल्लामञ्चको पुरानो बसपार्र्कको व्यवस्थापन सुधार गरिएको छ ।
बिहीबार बसपार्क पुग्दा कतिपय मानिस लामो दुरीका बस आफ्नो सवारीको सरसफाइमा व्यस्त छन भने कतिपय मर्मत सम्भार, व्यवीस्थापनमा व्यस्त देखिए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अनुसार आज विश्वकर्मा पूजा सकेर आंशिक बस चलेपनि भोलिबाट अधिकांश गाडी सञ्चालन हुने छन् ।
करिब ६ महिना पनि लामोदूरीका सवारी सञ्चालन हने भएपछि बसपार्क क्षेत्रमा छुट्टै रौनक कामय भएको छ । बसपार्क टिकट काउन्टर क्षेत्रलाई पनि नयाँ ढङ्गबाट व्यवस्थापन गरिएको छ ।
अब टिकट लिन जाने यात्रुहरुले आफ्नो गन्तव्य डिजिटल बोर्डमा हेरेर बस छुट्ने समय, बसमा खाली रहेका सिटबारे जानकारी पाउने छन् । अब लामोदुरीमा चल्ने सवारीसाधनको टिकट डिजिटल प्रिन्टेड पाइने छ । बसपार्क क्षेत्रलाई डिसइन्फेक्टेड अर्थात सेनिटाइज गरिएको छ ।
नयाँ बसपार्कको टिकट काउन्टरलाई सिसाले बारिएको छ भने टिकट लिन सानो प्वाल मात्र छ । त्यहाँ बस्ने कर्मचारीले अनिवार्य मास्क लगाउने छन् भने यात्रुले पनि अनिबार्य मास्क प्रयोग गर्नुपर्ने छ ।
यातायात विभागका महानिर्देशक गोगनकुमार हमालले अनुसार लामो दुरीमा सञ्चालन हुने सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत नियम लागू हुने बताए ।
उनका अनुसार लामोदूरीका सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउँने छन भने लामो दुरीका सवारी साधनलाई डेस्टिनेशन टु डेस्टिनेशन नियम लागु भएको छ । लामो दुरीमा सञ्चालन हुने सवारी साधनले बीचमा मान्छे चढाउने र झार्ने पाउँने छैनन् ।
त्यसैगरी असोज १ गतेदेखि नै सबै खाले लामा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भए पनि केही क्षेत्रमा भने सवारी सञ्चालन हुन पाउने छैनन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुल्ला भएपनि बाहिरी केहि क्षेत्रमा अझैं निषेधाज्ञा जारी रहेको अवस्थामा ती क्षेत्रमा यातायात प्रतिवन्ध नै हुने छन् ।