एजेन्सी । भारतीय रिर्जव बैंक (आरबीआई) का गभर्नर शत्तिकान्त दासले आर्थिक वृद्धिलाई गति दिन बजारमा पर्याप्त तरलताको व्यवस्था गर्ने बताएका छन ।
आर्थिक वृद्धिका लागि तरलता समस्या भएको कुरा उद्योगी व्यवसायीले उठाएपछि गभर्नर दासले विभिन्न मौद्रिक उपायहरु अपनाएर तरलतालाई सहज गर्ने प्रतिवद्धता जनाएका छन ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि भारतको आर्थिक वृद्धि २४ प्रतिशत खुम्चिन पुगेको छ । यो भारतको इतिहासमा ४० वर्षपछिको सबैभन्दा खराब अवस्था हो ।
फेडरेसन अफ इन्डिया चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिज (फिक्की) ले आयोजना गरेको औद्योगिक सम्मेलनलाई बुधबार सम्बोधन गर्दै गभर्नर दासले पर्याप्त तरलताको व्यवस्थापन गर्ने बताएका हुन । उनले निक्षेपकर्ता र ऋणी दुबैको हित हेर्ने जानकारी दिएका छन ।
५ वर्षअघिको अधिक खराब कर्जाको अवस्थामा आउन नदिने बताउँदै उनले कोभिडले गर्दा व्यवसायमा ठुलो असर परेकाले केन्द्रीय बैंकले राहात दिने प्रतिवद्धता व्यक्त गरेका छन । राम्रा व्यवसायहरुले पनि अहिले नगद प्रवाहको समस्या भोगिरहेको बताउदै यी संस्थाहरुलाई सामान्य अवस्थामा पुर्याउन प्रयास भइरहेको गभर्नर दासले सुनाए ।
कोभिड महामारीका कारण आगामी २ वर्षसम्मका लागि कर्जा पुनरसंरचनाको ढोका खुलाइएको दासले जानकारी दिए । प्रत्येक बैंकको प्राथमिक चासो निक्षेपकर्तालाई जोगाउन हुने बताउँदै उनले भने ‘निक्षेपकर्ताको पैसाबाट कर्जा प्रवाह हुने भएकाले साना, मध्यमका साथै अवकास प्राप्त कर्मचारी जो निक्षेपको ब्याजमा निर्भर छन तिनिहरुलाई संरक्षण गर्नुपर्ने छ ।’
कोभिडबाट प्रभावित रियलस्टेट, होटललगायत अनेकन उद्योग व्यवसाय कर्जा तिर्ने समय सार्नका लागि सर्वोच्च अदालत पुगेको छन । त्यहाँको सर्वोच्चले पनि समय थपिदिएको छ ।
सहुलित दिंदा वित्तीय स्थिायित्व पनि कायम हुनुपर्नेमा जोड दिंदै गभर्नर दासले भने ‘आर्थिक विकासमा बैंकिङ क्षेत्रमो ठुलो भूमिका छ । अर्थतन्त्रको सिघ्र सुधार, खराब कर्जा घटाउन र व्यवसायलाई पुर्नउत्थान गर्न सन्तुलित भएर अघि बढनु पर्ने चुनौति छ । ’