चीनको ‘टीबीईए’ लिमिटेडले गरेको सम्भाव्यता अध्ययनमा २ अर्ब रुपैयाँ लागतमा फोहोर व्यवस्थापन गर्न सकिने औंल्याए पनि काठमाडौं महानगरपालिका भने मनाेजबहादुर श्रेष्ठको कम्पनीलाई ठेक्का दिन लागिपरेको छ । ‘टीबीईए’ लिमिटेडले सम्पूर्ण लागतसहित सम्भाव्यता अध्ययन गरेर महानगरपालिकालाई दिएको छ । तर, आर्थिक प्रलोभनमा परेर ४ अर्बमा नेपवेस्टलाई ठेक्का दिलाउन दौडधुप तीव्र पारिएको स्रोतको दाबी छ ।