काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा इभी एक्सपोमा नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको देखियो जसमा टिगोर इभी, नेक्सन इभी डार्क तथा नाडा इभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन इभी प्राइम पनि थियो ।
पहिलो दिन नाडा इभी एक्स्पोको उद्घाटन सँगै नेक्सन इभी प्राइम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आएका ग्राहकको एकदम उत्साहजनक रहेको पाइयो । ‘यु फरेभेर’ को अवधारणा अनुरूप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम र ११० सेकेन्डको चार्जिङ टाइम आउट जस्ता समुन्नत विशेषताहरू छन् ।
‘हामीले इभी हेर्न आउनु हुने ग्राहकहरूमा गाडीको प्रविधि र बिक्रीपश्चातका सेवा सुविधाबारे बुझ्न आउनु हुने भेट्यौं जहाँ गाडीकाबारे उहाँहरू आफैं जानकार हुनुहुन्थ्यो । गाडीको मूल्यभन्दा पनि चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर, र सर्भिसिङको जिज्ञासा राख्नेहरूको जमात निकै भेटियो’, सिप्रदीका कर्मचारी भन्छन् ।
बिहीबार सुरु गरिएको इभी एक्स्पो चार दिनसम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरूको सहभागिता भेटियो। काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्रान्डका दुईपांग्र्रे तथा चारपांग्रेलगायत अटो पार्ट्सका स्टलहरू पनि राखिएका छन् ।
‘त्यसैगरी इभी मै स्पेयर टायरका साथमा चार्जिङ बक्स र चार्जिङ किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटेँ मैले त । गाडी त निकै बलियो र राम्रो छ, चाँडै घर लैजान पाएको भए अझै रमाइलो हुने थियो’, नाडा इभी एक्स्पोबीच भेटिएका अवलोकनकर्ताको भनाइ ।