काठमाडौं । लामो कसरतपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक आपसमा गाभिने (मर्ज) हुने भएका छन । मर्जमा जानका लागि दुई बैंकबीच बिहीबार अपराहन्न प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ ।
कोरोना महामारीका कारण सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष मात्र उपस्थित हुने भएका छन् । मर्जका लागि बिहीबार एमओयू हुने हिमालयनका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनले मर्जपछि हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा बैंकिङ कारोबार हुने बताए ।
दुवै बैंकको चलअचल सम्पति तथा दायित्व मूल्यांकन ९डीडीए० ले हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ । दुवै बैंकले पुनः अलग डीडीए गरेर सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने गौतमले बताए ।
दुवै बैंक बराबर अनुपातमा मर्ज हुने भएका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच सबैभन्दा ठूलो मर्ज हुन लागेको हो । असारसम्म मर्ज गरेर साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिए । निक्षेप परिचालन, कर्जा लगानी, चुक्ता पुँजी र सञ्चित कोषका आधारमा हिमालयन देशकै सबैभन्दा ठूलो बैंक हुने छ ।
हिमालयनमा हजार जना जति कर्मचारी छन् । यस्तै नेपाल इन्भेस्टमेन्टमा १ हजार ५ सय जना हाराहारी कर्मचारी छन् । तलव सुविधा इन्भेष्टमेन्टको भन्दा हिमालयनको राम्रो भएकाले सोहीअनुसार निर्धारण हुने भएको छ ।
मर्जरपछि प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा हिमालयनका अशोक राणा र इन्भेष्टमेन्टका (सीईओ) ज्योतिप्रकाश पाण्डे डेपुटी प्रमुख कार्यकारी (डीसीईओ) हुने सहमति भएको छ । यस्तै अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने सहमति भएको छ ।
मर्जपछि पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर खरिदका लागि बैंकका संस्थापकलाई प्राथमिकता दिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर भएपछि निक्षेप ३ खर्ब रुपैयाँ हुने छ । यस्तै कर्जा सापटी २ खर्ब ८७ अर्ब हुने छ ।
हिमालयनको चुक्तापुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । इन्भेस्टमेन्टको १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ । हिमालयनको सञ्चित कोषमा ६ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छ । यस्तै इन्भेष्टमेन्टको १२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
मर्जपछि हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । यस्तै सञ्चित कोषको आकार बढेर १९ अर्ब रुपैयाँ बढी हुने छ । चुक्तापुँजी र सञ्चित कोषको आकार बढेर १९ अर्ब रुपैयाँ बढी पुग्ने छ ।