×

नेपाली सांगीतिक क्षेत्रका ‘गोल्डेन भ्वाइस’ प्रेमध्वज प्रधानको निधन

images

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि गत १४ गते सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमाभर्ना भएका गायक प्रधानको उपचारका क्रममा निधन भएको हो ।

विसं १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधानको ८४ वर्षको उमेरमा निधन भएको बताइएको छ । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास गरी औपचारिक संगीत यात्रा सुरु गरेका उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’को उपनामले चिनिन्छ ।  

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चितछन् ।  

साथै उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत चलचित्रमासमेत गीत गाएका छन्। 

बिहीबार २३ बैशाख २०७८ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया