मङ्गलबार, असोज १२ २०७८ ०४:३९ PM

×

भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

images

(एएनआई । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १ सय ३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै रहेको बताइएको छ ।

दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख ४ हजार ७ सय ८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८ सय ९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको परीक्षण गराएका मध्ये ३२।२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १।३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।

भारतमा देशभरि भने अहिले पनि २५ लाख ५२ हजार ९ सय ४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।   सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७ सय ८६ जना सङ्क्रमित भएका थिए ।   

भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।

 

आइतबार​ १२ बैशाख २०७८ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया