मङ्गलबार, असोज १२ २०७८ ०५:२७ PM

×

कोरोना भाइरस संक्रमण बढेपछि जापानमा फेरि सङ्कटकाल घोषणा

images

टोकियो, सिन्हवा । जापानमा कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । 

प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेको भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । 

एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ ।

महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ । 

बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ । 

सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोना भाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । 

विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् । 

शुक्रबार​ १० बैशाख २०७८ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया