आइतबार​, असोज १० २०७८ ०८:३५ PM

×

जुनारको भाउ खोज्न डडेल्धुराका किसान काठमाडौंमा 

images

काठमाडौं । जुनार उत्पादन भए पनि उचित मूल्य नपाएको भन्दै गुनासो सुनाउन डडेल्धुराका दुई किसान काठमाडौं आएका छन । डडेल्धुराका ती किसानले स्थानीय बजारमा जुनारको बजार नपाएको भन्दै उचित मूल्य वा बजारीकरणको व्यवस्थापन गरिदिन भन्दै काठमाडौं आएका हुन ।
उनीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याललाई समेत भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री अर्यालले डडेल्धुराको भागेश्वर गाउँपालिकालाई जुनार उत्पादनमा सुपरजोन क्षेत्र घोषणा गरी उचित ढुवानी र बजारीकरणको व्यवस्थापन मिलाउने आश्वासन दिइन् ।

‘लोकल बजारमा जुनारको कुनै मूल्य पाएनौं । मेहनत गरेर उत्पादन गर्यो । रुख र बारीमै सड्ने गल्ने भयो’ डडेल्धुराबाट काठमाडौं आएका अगुवा किसान अन्तराम जोशीले भने, ‘मन्त्रीज्यूलाई समेत भेटेर समस्या राख्यौं ।’

दुई किसानले डडेल्धुराबाट १३०० केजी जुनार बिक्रिका लागि काठमाडौं ल्याएका छन । डडेल्धुरामा प्रतिकेजी ३० देखि ४० रुपैयाँमा पनि जुनार नबिके पछि बजार मूल्य खोज्न ती किसान सरकारसँग आग्रह गर्न आएका छन ।

उनीहरुले आफुले ल्याएको जुनारको कालीमाटी तरकारी तथा फलफुल बजारमा ‘स्याम्पल’ परिक्षण गराइसकेका छन ।  डडेल्धुराको भागेश्वर गाउँपालिका अन्र्तगत ५ वटा वडामा जुनार उत्पादन गर्ने किसानले उचित बजार नपाएका हुन् । ती वडामा झन्डै ४ सय बढी घरधुरीका किसान जुनार खेतीमा आवद्ध छन ।

सरकारले पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत उक्त क्षेत्रलाई ब्लग विकास कार्यक्रम घोषणा गरिसकेको छ । त्यसक्षेत्रमा २० हेक्टर जमिनमा जुनार उत्पादन हुँदै अाएकाे छ ।

बिहीबार १९ चैत २०७७ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया