सोमबार, जेठ ३१ २०७८ ११:०७ AM

×

घट्दो ब्याजदरले जीवन बिमा कम्पनीको आम्दानीमा ‘हिट’ गरेको छ  

images

राजकुमार अर्याल सन नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सन नेपालले वि.स.२०७४ देखि जीवन बिमा व्यवसाय सुरु गर्दादेखि नै उनले कम्पनीमा नेतृत्व गर्दै आएका छन् । सीईओ अर्यालसँग नियामक निकाय बिमा समितिमा समेत काम गरेको अनुभव छ । जीवन बिमा व्यवसाय विस्तार हुँदै गएको बताउने सीईओ अर्यालसँग क्यापिटल नेपालले गरेको कुराकानी :

नियामक बिमा समिति र कम्पनीमा काम गर्दा कतिको भिन्नता पाउनुभयो ?

सबैभन्दा मुख्य कुरा भनेको बिमा उद्योगको नियामकीय निकाय र कम्पनी फरक विधामा पर्छन् । यो एउटा सिक्काको दुईपाटा भनेको जस्तै हो । नियामकले गर्ने काम अहिले उद्योग सञ्चालनमा आउँदा व्यावसायिक तर्फबाट हेर्दा फरक छ भन्ने त हुँदैन । तर, पनि व्यावसायिक कुरा बुझेका कारण मलाई काम गर्न झनै आत्मविश्वास बढेको छ । मलाई के गर्न हुन्छ के गर्न हुँदैन भन्ने लिमिट थाहा छ । अरु बिमा कम्पनीहरूले आफ्ना काम गर्न आउट सोर्सिङ गर्नुपर्ने अवस्था छ । तर, हामी सन नेपाल लाइफले त्यति आउट सोर्सिङ गर्न जरुरी छैन । म आफैंले निर्णय गर्दै आएको छु, आफैंले राय दिँदै आएको छु । एउटा फ्रेमभित्र हाम्रा गतिविधिहरू राख्न सहज भएको छ ।

अहिले धेरै बिमा कम्पनीहरू आएका छन् । यसलाई कसरी हेर्नु भएको छ ?

२०४५ सालमा जीवन बिमा गर्ने कम्पनी २ वटा भए । २ वटा कम्पनीले काम गरिरहेको ठाउँमा २०५७/७०५८ सालमा आइपुग्दा अरु ३ वटा कम्पनी थपिए । बिमा कम्पनीले नियमन गरिरहेको ठाउँमा २०६४र०६५ सालमा आउँदा कम्पनीहरू ९ वटा भए । २०७३/०७४ सालमा आइपुग्दा अरु १० वटा बिमा कम्पनी थपिए । जसले लाइसेन्स माग्छ, त्यसलाई दिएका कारण कम्पनीको संख्याका साथै प्रतिस्पर्धा पनि बढेको छ । २०६४/०६५ सालमा र २०७४/०७५ सालमा व्यवसाय वृद्धिको हिसाबले हेर्दा स्थिति एउटै हो । व्यवसाय कसैले खोसेर खोसिने र कसैले हरण गरेर हरण हुने कुरा होइन । 

विश्वव्यापी रूपमा नै बिमा बजार अहिले ‘फोर्सफुल मार्केटिङ’ मा सञ्चालित भएका छन् । ‘एग्रेसिभ सेलिङ्ग मेथड’मा व्यवसाय सञ्चालन भएका छन् । यसको एउटा पाटो चाहिँ के होभन्दा बिमामा ग्राहकको चाहनाभन्दा पनि कम्पनीले कसरी बिमा बेच्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।  एउटा मुख्य कुरा भनेको बेच्ने मान्छे तालिम प्राप्त छ, सेवाका बारेमा जानकार छ, जाने बुझेको छ, पारदर्शी छ भने पोलिसी होल्डरले सल्लाह मानेर पोलिसी लिने स्थिति हुन्छ ।

अब बेच्ने मान्छे तालिम प्राप्त छैन भने त्यहाँ समस्या आउन सक्छ । कम्पनीले पठाएका अभिकर्ताहरूमा त्यो क्षमता निर्भर हुन्छ । पोलिसी बिकेन भने बजारमा एक खालको अस्थिरता सिर्जना हुन्छ । बजारमा धेरै किसिमका कुराहरू हुन्छन् । हामीले व्यवसाय सञ्चालन गर्दा सुरुदेखि नै अभिकर्ता साथीहरूलाई त्यस्तै किसिमको तालिम दिएका छौं ।

हामीले शाखा प्रमुखहरूलाई तिम्रो सीमितता यति हो यसरी व्यवसाय सञ्चालन गर्नु भनेर भनेका छौं । त्यो कुरा हामीले पालन गरेका छौं । त्यस कारण हामीले हाम्रो प्रतिस्पर्धा हामीसँग मात्र देखेका छौं । व्यवस्थापनतर्फ हाम्रो प्रतिस्पर्धा केन्द्रित छ । हामीले अरुसँग प्रतिस्पर्धा गर्ने होइन । आफ्नो व्यवस्थापकीय पाटो बलियो बनाउन आफ्ना लागि मेहनत गर्ने हो । 

नयाँ कम्पनी थपिएपछि बिमा बजार विस्तार भएको हो भन्ने मान्नु हुन्छ ?

नयाँ कम्पनी आउने बित्तिकै बजारमा गतिविधिहरू बढी भए । बजारमा गतिविधिहरू बढी हुने बित्तिकै व्यवसाय वृद्धि भयो । त्यस कारण सुरुदेखि नै मैले एउटा कम्पनी हुनु र २ वटा आउँदा फरक हुन्छ भनिरहेको छु । एकजनाले बिमाको कुरा गथ्र्यो भने पछि २ जनाले बिमाको कुरा गर्न थाले । एक त कम्पनी धेरै थपिँदा बजारमा यतिकै गतिविधिहरू बढे, भलै भएका गतिविधिहरूका मापदण्ड के हो ? भन्ने पनि होलान् । त्यो नियामकको तर्फबाट पनि आउँला, एउटा कम्पनी सञ्चालन गरिरहेको मैले त्यो भन्ने कुरा पनि आएन । मैले मेरो कम्पनीको लिमिट मात्र बुझ्छु । 

मेरो कम्पनीप्रति म जवाफदेही छु । अब बजारमा त पक्कै पनि बिमाका बारेमा गतिविधिहरू बढेका छन् । बिमासम्बन्धी छलफल भएका छन् । संख्या र प्रतिस्पर्धाले पुराना कम्पनीहरूलाई पनि ‘एग्रेसिभ’ हुन बाध्य बनायो । बिमाको दायरा पनि ह्वात्तै बढेको देखिन्छ । २०७३/०७४ सालपछि २०७७ साउन मसान्तसम्मको तथ्यांक हेर्दा वृद्धिकै अवस्थामा देखिन्छ । त्यो बढ्नका लागि नयाँ कम्पनी पनि देन देखिन्छ ।

नयाँ कम्पनीहरू आएको कारणले स्वाभाविक रूपमा धेरै गतिविधिहरू भए । नयाँ कम्पनीहरू नआएको भए पनि पुराना कम्पनीले आफ्नो टिकाउका लागि काम गरिरहेका थिए । बजारमा नयाँ कम्पनीहरूको प्रवेशसँगै पुराना कम्पनीहरूले पनि आफ्नो मोडालिटी परिवर्तन गर्न पर्यो । एग्रेसिभनेस देखाउन परेको थियो । त्यस्तै, भर्खर आएका कम्पनीहरूलाई कसरी सेट अप गर्ने भन्ने थियो । 

पछिल्लो समय बिमा व्यवसाय वृद्धि हुनुमा नयाँ कम्पनीकै भूमिका हो त  ? 

नयाँ कम्पनीहरू आएको कारणले स्वाभाविक रूपमा धेरै गतिविधिहरू भए । नयाँ कम्पनीहरू नआएको भए पनि पुराना कम्पनीले आफ्नो टिकाउका लागि काम गरिरहेका थिए । बजारमा नयाँ कम्पनीहरूको प्रवेशसँगै पुराना कम्पनीहरूले पनि आफ्नो मोडालिटी परिवर्तन गर्न पर्यो । एग्रेसिभनेस देखाउन परेको थियो । त्यस्तै, भर्खर आएका कम्पनीहरूलाई कसरी सेट अप गर्ने भन्ने थियो । 

नयाँ कम्पनी आए पनि बजारमा स्वस्थ्य प्रतिस्पर्धा कति भएको छ ? 

एउटा बजारको प्रतिस्पर्धामा सफा, पारदर्शी क्रियाकलाप भएको छ कि छैन त्यो तपाईंहरूले जान्ने कुुरा हो । अर्को व्यवसाय सञ्चालन गर्नका लागि स्वस्थ भनेको के हो ? बिमा समितिले त्यसको नियमन गर्ने हो ।बिमा सेवामूलक क्षेत्र हो । सेवा खरिद गर्ने बेलामा भन्दा पनि बिमितले सेवा प्राप्त गर्ने बेलामा यसको चासो बढी हुन्छ । पारदर्शी रूपमा बिमा पोलिसी बेचेको छ भने एउटा कुरा हुन्छ । तर, गुमनाममा पारेर बेचेको छ भने कुरा अर्कै हुन्छ । 

अस्वस्थको मानक केलाई बनाउने भन्ने पनि छ । बिमा समितिले पनि प्रतिस्पर्धा माथि कोही पनि छैन भनेको छ । यो त्यसले खडा गरेको संरचना हो ।  प्रतिस्पर्धा नगरी कोही जान सक्दैन । प्रतिस्पर्धालाई नमान्ने व्यवसायीहरूमै भर पर्ने कुरा हो । त्यसको मापदण्ड त बिमा समितिले गर्ने हो । बिमा कम्पनीहरूले समितिलाई आफ्नो व्यावसायिक विवरणहरू पेश गरिरहेका छन् । त्यो नियामक निकायले भन्ने कुरा हो । तर, यो बिमा कम्पनीको तर्फबाट मैले भन्ने कुरा होइन ।

सन नेपालले बजारमा कस्ता किसिमका प्रोडक्टहरू ल्याएको छ ?

यसमा ‘क्लियर कट लाइन’ छ । जीवन बिमा कम्पनीहरूले ३ किसिमका बिमा योजना मात्र बिक्री गर्न मिल्छ । आजीवन जीवन बिमा, सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गरेर ३ प्रकारका जीवन बिमा कम्पनीहरूले बेच्न मिल्छ । त्योभन्दा बाहिर कुनै पनि कम्पनी जानै पाउँदैन । त्यो भित्र रहेर विकास गरिने योजनाहरू भनेको ‘कस्मेटिक पोलिसिङ’ कुरा त होला तर तात्विक भिन्नता कसैको पनि हुँदैन । बजारले कसलाई स्वीकार गर्छ, कसलाई स्वीकार गर्दैन भन्ने कुरा छ । त्यो भनेको मैले बिमाको आवश्यकता छ भन्दै गर्दा के—के कुरालाई आधार मानेर विश्वास गर्ने भन्ने हुन्छ । त्यो कुराले अर्थ राख्छ । 

हाम्रो बजारमा आम मान्छेले बिमा भनेको बचतका लागि हो भनेर बुझ्छन् । हामीले बिमाको कुरा गर्छौं बचतका लागि पोलिसी अफर गर्छौं । यसमा त जस्तोसुकै योजना भए पनि मिलेन । जसलाई बिमाको बारेमा थाहा हुँदैन उसलाई यस कारणले यो बिमा योजना ठीक छ भनेर सम्झाउनेसम्मको काम गर्ने भनेको कम्पनीकै अभिकर्ताहरू हुन् । यो फ्रेमवर्कमा ‘इनोभेटीभ प्रोडक्ट’ आउने सम्भावना छैन । 

बिमाशुल्कको दरमा तल माथि गर्न सकिँदैन ?

बिमाशुल्क भनेको जोड घटाउको आधारमा ठ्याक्कै छुट्याउन सकिने हुँदैन । मृत्युदर, उमेरको आधारमा बिमाशुल्कको निर्धारण हुन्छ । हामीले नांगो आँखाले हेरेर बिमाशुल्क छुट्याउन सक्दैनाैं । यसमा एक्चुरीले वैज्ञानिक ढंगले बिमाशुल्कको निर्धारण गर्छन् । सबैले बिमा योजनाहरू गणना गर्न मिल्ने बिन्दुमा रहेर निकाल्ने हो । यसमा केही बिन्दुहरू धेरथोर देखिन सक्छ । यसमा तात्विक फरक चाहिँ म देख्दिनँ । 

यसमा ‘क्लियर कट लाइन’ छ । जीवन बिमा कम्पनीहरूले ३ किसिमका बिमा योजना मात्र बिक्री गर्न मिल्छ । आजीवन जीवन बिमा, सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गरेर ३ प्रकारका जीवन बिमा कम्पनीहरूले बेच्न मिल्छ । त्योभन्दा बाहिर कुनै पनि कम्पनी जानै पाउँदैन । त्यो भित्र रहेर विकास गरिने योजनाहरू भनेको ‘कस्मेटिक पोलिसिङ’ कुरा त होला तर तात्विक भिन्नता कसैको पनि हुँदैन । बजारले कसलाई स्वीकार गर्छ, कसलाई स्वीकार गर्दैन भन्ने कुरा छ । त्यो भनेको मैले बिमाको आवश्यकता छ भन्दै गर्दा के—के कुरालाई आधार मानेर विश्वास गर्ने भन्ने हुन्छ । त्यो कुराले अर्थ राख्छ । 

एउटा बिमित सन नेपाल लाइफ नै किन आउने ? 

बिमा सेवा भनेको वित्तीय सेवा हो । वित्तीय सेवा भएकै कारण बिमा कम्पनी बन्न पर्यो । यसको सञ्चालन गर्ने तरिका, कम्पनीको आफ्नो नामहरू सबै कम्पनीको उस्तै हो । तर, यसमा फरक विश्वनीयताले बनाउँछ । लगानी गरेको पैसा कहाँ सुरक्षित हुन्छ भनेर सबैले हेर्ने हो । आम मान्छेको तर्फबाट यो विश्वास नछुट्टिउन्जेल त कुन कम्पनी कस्तो हो भन्ने थाहा हुँदैन । त्यो कम्पनीले दिने सेवाका आधारमा छुट्टिदै जान्छ । सबै कम्पनीले आफ्नो ब्राण्ड बढाउँदै जाने हो । निश्चित मापदण्ड भित्र रहेर कम्पनीले काम गर्नुपर्छ । हिजोका दिनमा बिमाको सेवा प्रवाह गर्ने विधि र आजको दिनमा बिमाको सेवा प्रवाह गर्ने विधि फरक छ । ग्राहकको सन्तुष्टिको आधारमा, प्रविधि प्रयोग, बिक्रीका आधारमा यी कुराहरू छुट्टिन्छन् । 

पुराना कम्पनीले धेरै सुविधा दिएको अवस्थामा नयाँ कम्पनीमा बिमित किन आउने ?

५० वर्षदेखि बिमा क्षेत्रमा काम गरिरहनु भएका र राम्रो दख्खल भएका कर्मचारीहरू हाम्रोमा हुनुहुन्छ । कुनै पनि कम्पनीको नाम चलेको छ भन्दैमा उ अब्बल भन्न पनि नमिल्ला । कम्पनीको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यस्तै, कम्पनीका वित्तीय सूचकको अवस्था पनि महत्वपूर्ण हुन्छन् । पहिलो कुरा भनेको बिमितिका लागि दिने सेवा हो । सेवा पाएका बिमितलाई सोध्नुस् बिमा सेवामा सन्तुष्टिको स्थान कहाँ छ भन्ने थाहा हुन्छ । भविष्यमा मैले १५ वर्षपछि यस्तो गर्छुभन्दा त हिजो भइसकेको कुरामा मान्यता हुँदैन । पुराना कम्पनीको स्वाद बिमितलाई थाहा भइसकेको छ । 

अहिले नयाँ कम्पनीहरू बजारीकरणको पार्टमा मात्र केन्द्रित छन् । रिटर्न र फाइदाका कुराहरू भएका हुनसक्छन् । त्यो फाइदा पुग्दै गयो भने हामीले भनेका कुराहरू पुग्छ । हिजो दिन्छु भनेको कुरा आज दिएका रहेनछन् भने के हुन्छ ?  

यो त वित्तीय सेवा हो । बिमा कम्पनीहरू कसरी गएका छन् भने अनुभवले पनि काम गर्छ । पहिलो कुरा बिमितको सन्तुष्टि नै हो । मलाई त्यस्तो लाग्छ र नियामकले हेर्ने पनि त्यही नै हो । 

बिमा अभिकर्ताले व्यवसाय भित्र्याउन डबल दिन्छु भन्छन् र बिमितले वस्तविकतामा त्यसरी पाउँदैनन् भन्ने छ नि किन होला ?

मुख्य कुरा भनेको अभिकर्तालाई कसरी सिकाइएको छ भन्ने हो । मैले निर्णय गरेर तयार गरेर यस्तो गरौं नभन्दासम्म त उनीहरूले पनि भन्न नमिल्ला । बिमा गर्नुस् भन्दा बचत गरौं भन्ने उद्देश्यले भन्दिने, मैले पोलिसी छान्दा मनि मनीब्याक पोलिसी छनोट गरे भने कम्पनीले भनेको जस्तो दिन सक्दैन । अर्को पाटो देखाउँदा जीवन बिमा भनेको लगानी बिमा हो । हाम्रो कानुनले हाम्रो व्यवस्थामा जीवन बिमालाई लगानी बिमा भनेर चिन्छ । लगानी बिमा किन भनेको भने त्यहाँबाट प्रतिफल आउँछ । 
 

लगानीको सिद्धान्तका कुरा गर्दा लामो अवधिका लागि गर्दा धेरै प्रतिफल आउँछ, छोटो अवधिका लागि छोटो प्रतिफल आउँछ । अब बजारमा गएर कुरा गर्दा देखाउँदा ३० देखि ४० वर्षभन्दा बढी ९० को प्रतिफल देखाउने पोलिसी १० वर्षको छान्नु भयो भने कम्पनीले दिन सक्दैन ।

बजारीकरणमा चाहिँ जे हो त्यही भन्नुपर्छ । १० वर्षको भन्दा १० वर्षमा जति रिटर्न दिएको थियो त्यति नै दिन्छु भन्नुपर्छ । अहिले जोसुकैले भनेको भए पनि तादम्यता नमिल्दा कम्पनीले दिँदैनन् भनेको कुरा त्यहाँ आउँछ । 

५० वर्षदेखि बिमा क्षेत्रमा काम गरिरहनु भएका र राम्रो दख्खल भएका कर्मचारीहरू हाम्रोमा हुनुहुन्छ । कुनै पनि कम्पनीको नाम चलेको छ भन्दैमा उ अब्बल भन्न पनि नमिल्ला । कम्पनीको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यस्तै, कम्पनीका वित्तीय सूचकको अवस्था पनि महत्वपूर्ण हुन्छन् । पहिलो कुरा भनेको बिमितिका लागि दिने सेवा हो । सेवा पाएका बिमितलाई सोध्नुस् बिमा सेवामा सन्तुष्टिको स्थान कहाँ छ भन्ने थाहा हुन्छ । भविष्यमा मैले १५ वर्षपछि यस्तो गर्छुभन्दा त हिजो भइसकेको कुरामा मान्यता हुँदैन । पुराना कम्पनीको स्वाद बिमितलाई थाहा भइसकेको छ । 

बैंकहरूले ब्याजदर घटाएका छन् । यसले कम्पनीको आम्दानीमा कतिको असर गरेको छ ?

कम्पनीको आम्दानी भनेको बिमाशुल्क हो । सेयरधनीहरूका इक्युइटी क्यापिटल हो । बिमाशुल्कबाट समग्रमा आउने ब्याज हो । त्यो सबै भनेको आम्दानी हो । हामी राज्यबाट नियन्त्रित संगठित संस्था हौं । एक आर्थिक वर्ष सकिएपछि आ–आफ्नो दायित्व सम्पत्तिको मूल्यांकन गर्नुपर्छ । त्यतिबेला समग्र कुरा थाहा हुन्छ ।अहिले कोभिडको कारणले गर्दा कम्पनीको खर्चमा बढोत्तरी भएको छ । नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने अवस्था छ । यसले निश्चय नै कम्पनीको आम्दानीमा ‘हिट’ गरेको छ । 

कोरोनाको कारण नयाँ पोलिसी ईस्यू गर्न समस्या भयो । भइरहेका पोलिसी नवीकरण भएनन् । भएकालाई दण्ड जरिवना गर्न पाइँदैन भन्ने कुरा आयो । अहिले कम्पनीको दायित्व पनि बढेको छ । किनभने कोभिड एक वर्षलाई आएको हो तर कम्पनी त लामो समयसम्म सञ्चालन हुनुपर्छ । 
अर्को कुरा के छ भने अवसरहरू पनि घटे । बैंकको ब्याजदर घट्यो । यसको ठूलो पीडा जीवन बिमा कम्पनीलाई पर्यो । जीवन बिमा कम्पनीको ठूला हिस्सा बैंकहरूको मुद्दती निक्षेपमा छ । कम्पनीहरूको आम्दानी पनि कम हुने रिटर्न पनि कम हुने भयो ।यस्तो स्थितिमा कम्पनीलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हामीलाई त्यति अफ्ठयारो छैन । किनभने हामी अहिले क्यापिटल बेस्ट सिस्टममा पुग्या छैनौं । केही कुरा नियामकले विचार गर्नुपर्ने हुनसक्छ । 

आम्दानीमा असर पर्दा यसलाई एडजस्ट गराउन केही प्राविधिक कुराहरू पनि हुनसक्छन् । यसमा सिस्टम नै फेल भएको होइन । केही अनुपात घटेको हो शून्य भएको होइन । १२ प्रतिशतसम्म रहेको ब्याज ७÷८ मा आएको छ । भोलि अर्थतन्त्र ठीक ठाउँमा आउँदा यसको असर घट्ने कुरा पनि स्वाभाविक छ । 

सन नेपाल लाइफको नाफामा ब्याजदर घटेको प्रभाव कस्तो हुनेछ ?

हाम्रो अघिल्लो आर्थिक वर्षको भ्यालुयसनको काम भर्खर हुँदैछ । दीर्घकालीन पोलिसी भएका कारण गत वर्षकाले नै नाफा घाटामा अहिले प्रभाव पार्दैन । अर्को पाटो त्यो वर्षको ८, ९ महिना त पाएका थियाैं । बिमा उद्योगले चाहिँ १ खर्ब /डेढ खर्बको लगानी भएको ठाउँमा एक प्रतिशत घट्नु भनेको छ १ अर्ब नै घाटा लाग्यो  । तर, कम्पनीले यो व्यवस्थापन गर्न सक्छन् । 

मुद्दती निक्षेपभन्दा अरू बन्डमा लगानी गर्ने सम्भावना कतिको छ ? 

कसैको खल्तीमा भएको पैसा आफ्नो खल्तीमा हाल्दैमा साहूजी भइँदैन । अरुको पैसा ल्याएपछि फिर्ता गर्दिन भन्न पनि मिल्दैन । यसमा सुरक्षाको कुरा मुख्य हुन्छ । लगानीको एक अंश नमिल्दा कम्पनी बन्द हुने अवस्था आउँछ । मैले तपाईंलाई यो बेलामा फिर्ता गर्छ भनेको पैसा समयमा फिर्ता गर्न सकेन भने त त्यसको असर त कम्पनीलाई नै पर्न जान्छ । 

यसको ग्यारेन्टी गर्ने कोही छैन । बैंकमा राख्दा सुरक्षा र रिटर्नका कुरा छन् । रिटर्नभन्दा पनि सुरक्षा भनेको मुख्य कुरा हो । दायित्व उत्पन्न हुनसक्दा बेहोर्नुपर्छ । समग्रमा भन्दा मिसलिडिङ हुनुहँुदैन । लगानीको दायरा बढाउन सबै कम्पनीहरू सहमत नै छन् । रियल स्टेट, पर्यटन, डिवेन्चरमा जानुपर्ने कुरामा कम्पनीहरूले सहमति नै जनाएका छन् । तर, यस्को ग्यारेन्टी चाहिँ राज्यबाट हुनुपर्छ । 

तरलताको अवस्था आयो भने जीवन बिमा कम्पनीलाई तत्काल क्यास दिन्छौं भन्ने सुनिश्चित हुन जरुरी छ । बिमा कम्पनीको तर्फबाट हेर्दा रिटर्नभन्दा सुरक्षा महत्वपूर्ण छ । बिमा बन्ड सरकारले निकाल्नुपर्छ, त्यसमा लगानी गर्न केही समस्या छैन । सरकारले सोही अनुसारको फ्रेमवर्क तयार पार्नुपर्छ । 

कर्मचारी तानातानको अवस्था कस्तो छ ?

विगतको भन्दा बिमा कम्पनीहरूको संख्या वृद्धि भयो । अवसरहरू बढे । त्यसबाट कर्मचारीहरू आफ्नो वृद्धि विकासका लागि गएका हुन् । बिमक संघले तानातान गर्न नमिल्ने भन्ने आचार संहिता बनाएको छ । अहिले नयाँ कम्पनीमा आएका साथीहरू पनि अनुभवी हुने बेला आइसकेको छ ।  

बिमा कम्पनीहरूले लाइसेन्स पाए लगत्तै मर्जरको कुरा पनि आएको थियो । मर्जर आवश्यक भएको हो ?

बजारमा तोकिएको मापदण्ड पूरा गर्दा कम्पनी खोल्न पायो । सर्वेक्षण गर्नेले आफ्नो मापदण्ड पूरा गर्दा सर्वेक्षण गर्न पायो । एउटै मान्छेले धेरै कम्पनी खोल्न पाइँदैन, त्यहाँ क्रस होल्डिङका कुरा छन् भने त्यसलाई हेर्ने नियामक छ । हामी विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्य बनिसकेका छौं । यस्तो अवस्थामा कम्पनी खोल्ने र मर्जरमा जाने भनेको स्वाभाविक प्रक्रिया हुन् । मर्जर बजार आफैंले माग गर्छ । अर्को कुरा भनेको नियामकीय हस्तक्षेप पनि हुनसक्छ । बैंकमा पनि त्यस्तै भएको हो । यसमा नियामकले हेर्ने कुरा पनि छ । 

 लगानीकर्ता केही लाभांश लिनलाई नै लगानीकर्ता भएका हुन् । लगानी गरेकै कारण कम्पनी भएको छ । यसमा लगानी गर्नेहरूले विचार गरेर, दीर्घकालीन क्षेत्र भएकाले बिमा क्षेत्रमा लगानी गर्नुभएको होला । म सुरुवाती वर्षमा नै दबाब हुन्छ भन्ने कुरा त मान्दिनँ । तर, एकतह पार गरेपछि एउटा सहज अवस्थामा पुगिन्छ । त्यति बेलाको पनि त महत्व छुट्टै छ ।

कम्पनी सञ्चालनमा आएको दुई वर्षमा नै मर्जरमा जाउ भन्ने कुरा जायज हो र ? 

फोर्सफुल मर्जर त नहोला । तर, क्रसहोल्ङिको अवस्था वा बिमा कम्पनी चलाउनै नसक्ने अवस्थामा पुगेका रहेछन् भने मर्जरको कुरा आउन सक्छ । अथवा राज्यले एउटा स्थितिमा नियन्त्रण गर्यो भने मात्र त्यस्तो अवस्था आउला । मर्जरमा जाउ भनेको व्यवसाय बन्द गर भने जस्तो होइन । सुधारियर अगाडि जान भन्न त सक्यो नि । 

सन लाइफको यो वर्ष नाफाको अवस्था कस्तो हुनेछ ?

जीवन बिमा कम्पनीको उमेर हजारौं वर्ष हुन्छ । आज नै नाफा कति हो भन्न सक्दैनौं । हामीले व्यवसाय बढाउनेभन्दा व्यवस्थापन राम्रो बनाउन बढी ध्यान दिएका छौं । असारमा हुने नाफा घाटा अहिले हामीले आँकलन गर्न सक्दैनौं । संसारभर एउटा मान्यता के छ भने कुनै पनि जीवन बिमा गर्ने कम्पनी स्थापित हुन ५, ६ वर्ष लाग्छ । हामी स्थापनाको वर्षमा छौं । अहिले आईपीओको स्थितिमा पुगिसकेको स्थिति छैन । यसमा हामी अझै सेट हुँदैछौं । 

जीवन बिमा कम्पनीमा आज नै नाफाको कुरा गर्ने हो भने त्यो मिल्छ जस्तो मलाई लाग्दैन । क्यापिटल बेस्टको कारण, अर्थतन्त्र, व्यवसाय कारण हिजो थोरै पुँजीबाट सुरु गरेका कम्पनीहरूले आज त्यो अनुसारको कुरा गर्नु परेको छैन । रेट अफ रिटर्न हेर्न हामीले १० वर्षको खोजी गर्न सक्छौं । बिमा कम्पनीहरूले कतिको रिटर्न गरेका छन् ।  हाम्रो बजारको गत १० वर्षको रिटर्न करिब ८ प्रतिशत छ ।

अर्थतन्त्रमा कतिको योगदान छ भन्ने कुरा पनि हामीले पारदर्शी रूपमा नै हेर्न सक्छौं । हामीले त्यो पाटोबाट पनि अनुमान गर्न सक्छौं । फेरि आजको कारोबारको कुरा गर्ने भनेको त हामी अहिले खुला अर्थतन्त्रमा छैनाैं । कोरोना महामारीका कारण अर्थतन्त्र खुला छैन । मैले आम्दानी कति गर्छुभन्दा पनि मैले कम्पनीलाई राम्रोसँग व्यवस्थापन कसरी गर्छु भन्ने कुरा महत्वपूर्ण हुन्छ । 

व्यवस्थित किसिमले अगाडि बढ्यो भने भोलिका दिनमा सम्भावना नै सम्भावना छन् । तर, अहिले नै नाफा कमाउँछु भनेर हिँड्यो भने चाहिँ भोलिका दिन अँध्यारो हुनसक्छ ।अहिले कोरोना महामारीको अवस्थाले केही असर पारेको छ । यस्तो अवस्थामा कम्पनी कति व्यवस्थित किसिमले अगाडि बढेको छ भन्ने कुरा हेर्न जरुरी छ । 

नाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिनुपर्ने दबाब बैंकका सीईओलाई छ । यस्तो किसिमको दबाब तपाईंहरूलाई छ कि छैन ?

यो समाज सेवाका लागि कम्पनी खोलेको होइन । लगानीकर्ता केही लाभांश लिनलाई नै लगानीकर्ता भएका हुन् । लगानी गरेकै कारण कम्पनी भएको छ । यसमा लगानी गर्नेहरूले विचार गरेर, दीर्घकालीन क्षेत्र भएकाले बिमा क्षेत्रमा लगानी गर्नुभएको होला । म सुरुवाती वर्षमा नै दबाब हुन्छ भन्ने कुरा त मान्दिनँ । तर, एकतह पार गरेपछि एउटा सहज अवस्थामा पुगिन्छ । त्यति बेलाको पनि त महत्व छुट्टै छ ।

व्यवसायको एक तहमा पुगेपछि लगानीकर्तालाई रिटर्न चाहिन्छ । सुरुवातमा खर्च बढी हुन्छ तर सन नेपाल लाइफ ५ वर्ष काम गर्यो भने त आँकलन गर्न सहज हुन्छ । ५ वर्षमा सन नेपाल लाइफ कहाँ पुग्छ भन्ने थाहा पाउन सजिलो हुन्छ ।अहिले म सन नेपालको सीईओको सिटमा छु । भोलि यो सिटमा जो कोही बसे पनि कम्पनी सञ्चालन एउटै हो । 

सुरुका वर्षमा कम्पनीलाई कसरी अगाडि बढाउने भन्ने कुरा चुनौतीपूर्ण हुन्छ । लायवलिटीका पार्ट बढी हुन्छन्, जोखिम व्यवस्थापन धेरै हुन्छ । एकैचोटी सबै थोक गर्न केही कठिन हुन्छ । तर, बिस्तारै सबै कुरा एउटा आकारमा आइसक्छ । 

जीवन बिमा व्यवसाय भनेको ५ वर्षको पोलिसी राख्दा त्यसको प्रभाव १५ वर्षसम्म नै पर्ने हुन्छ । आज बेचेको पोलिसी एक वर्षमा सरेन्डर हुँदा त्यसको असर कम्पनीलाई पर्छ । किनभने त्यसमा कम्पनीको पनि खर्च जोडिएको हुन्छ । आजको आजै नाफा यति हुन्छ भन्ने कुरा निर्धारित हुन्न । यसमा अन्य सामान बिकेको जस्तो होइन । जीवन बिमा कम्पनीको नाफामा दीर्घकालीन योजनाका कुराहरू जोडिएका हुन्छन् ।

सन नेपालको आईपीओ कहिले आउनेछ ? 

आईपीओ निष्कासनको प्रक्रियामा छ । चालू आर्थिक वर्षमा आईपीओ आउँछ । अब हामीलाई आईपीओ ननिकाल्ने छुट पनि छैन । 

बुधबार ११ चैत २०७७ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया