दुई वर्षदेखि वाणिज्य बैंकहरुबीचको मर्जर (गाभ्ने÷गाभिने) को विषयले नेपालको वित्तीय क्षेत्रमा स्थान पाउँदै आएको छ । खासगरि तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकालको अन्तिम मौद्रिक नीति (आर्थिक वर्ष २०७६/०७७) मा मर्जर प्रक्रियालाई विशेष जोड दिए ।
यद्यपी तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरका विषयमा खासै चासो नदिएपछि गभर्नर नेपालले पनि आफ्नो पदीय हिसाव र मौखिक विचारलाई अग्रसर बनाएर मर्जर प्रक्रियालाई जोड दिए । त्यसै आधारमा बैंक मर्जरका लागि कम्तीमा पहल गर्न आग्रह पनि गरे ।
त्यसैको परिणाम ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर नयाँ इतिहास रचे । तर, त्यसपछि भने बैंक मर्जको प्रक्रिया ओझेलमै पर्यो ।
ग्लोबल आइएमई र जनता मर्ज भएर विभिन्न वित्तीय सूचकहरुमा अग्रणी बैंकका रुपमा परिचित भएपछि वित्तीय क्षेत्रमा नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक मर्जको विषयले स्थान पायो ।
तर, अझै मर्जर प्रक्रिया अघि बढेको छैन । महिना दिन, साता दिन भन्दै ‘यो बार वा त्यो बार’को सञ्चालक समितिले निर्णय गर्ने र मर्ज प्रक्रिया अघि बढ्ने हल्ला निरन्तर जारी छ । धेरैले यसै साता हिमालयन र इन्भेस्टमेन्टको मर्ज प्रक्रिया प्रारम्भ हुने वा नहुने तय गर्ने अपेक्षा गरेका छन् । तर, त्यसअनुरुप परिस्थिति निर्माण हुन्छ हुँदैन हेर्नैपर्ने हुन्छ ।
दुबै बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु मर्ज हुने करिब पक्कापक्की भएको बताउन छाडेका छैनन् । तर, के कारणले प्रक्रियामा ढिलाई भएको छ, कसैले बताउन चाहेको छैन ।
दुबै बैंकको सम्पत्ति दायित्व मूल्याङ्कन (डीडीए) सकिएको र करिव करिव समान स्वाप अनुपातमा एकीकरण हुने सम्भावना रहेको भनेर चर्चा भईरहेको छ । तर, प्रक्रिया कहिले र कसरी अघि बढ्छ अन्यौलकै अवस्था छ ।
सेयरको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुबै कम्पनीको मूल्यमा धेरै नै फरक हुन्थ्यो त नेप्सेले कतिपटक स्पष्टिकरण सोधिसक्थ्यो होला । तर, बजार मूल्यमा धेरै भिन्नता नभएकाले नेप्से पनि कानमा तेल हालेर बसेको छ ।
हिमालयनसँग सिभिल बैंकले मर्जरको चासो राखेको भन्ने खबर बाहिरिएपछि नेप्सेले स्पटिकरण सोधेको थियो र त्यस्तो कुनै योजना तत्काल नभएको बताएपछि फेरी दोस्रो बजारमा फेरी नियमित कारोबारमा फर्किएको थियो । नेप्सेमा मंगलबार नेपाल इन्भेस्टमेन्टको प्रतिकित्ता ४६४ रुपैयाँ र हिमालयन बैंकको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा खरिद बिक्री भएको छ ।
यसअघि हिमालयनसँग सिभिल बैंकले मर्जरको चासो राखेको भन्ने खबर बाहिरिएपछि नेप्सेले स्पटिकरण सोधेको थियो र त्यस्तो कुनै योजना तत्काल नभएको बताएपछि फेरी दोस्रो बजारमा फेरी नियमित कारोबारमा फर्किएको थियो । नेप्सेमा मंगलबार नेपाल इन्भेस्टमेन्टको प्रतिकित्ता ४६४ रुपैयाँ र हिमालयन बैंकको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा खरिद बिक्री भएको छ ।
अहिले स्थापित २७ वाणिज्य बैंकमध्ये तीन सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक), वैदेशिक स्वामित्वसमेत रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआइ बैंकबाहेक २२ वटा बैंकहरु मर्जरको हल्ला पिटाएर बसेका छन् । कुनै न कुनै रुपमा वाणिज्य बैंकहरु मर्जरका लागि उपयुक्त मौका कुरेरै बसेका छन् ।
तर, धेरैले हिमालयन र इन्भेस्टमेन्टको मर्जर प्रक्रियालाई कुरिरहेका छन् । दुई पुराना बैंक मर्ज भएमा वाणिज्य बैंकहरुमा एक पटक मर्जरको माहौल बन्न सक्छ । गत वर्ष मात्रै मर्ज भएको ग्लोबल आइएमइसमेत फेरी राम्रो संस्था भेटिएमा मर्ज हुन सक्ने गरि भित्रभित्रै तयारी थालेको छ ।
पछिल्लो समय मर्जरका विषयमा कुनै न कुनै बैंकसँग नाम जोडेर सेयर बजारमा समेत चलखेल भईरहेको पाइन्छ । खासगरि नबिल बैंकसँग जोडेर सिभिल, नेपाल क्रेडिट एन्ड कमर्स, सिद्धार्थ, कुमारी, मेगा, नेपाल बंगलादेश बैंकको नामहरु चर्चामा ल्याउने र तिनीहरुको सेयर मुल्यमा खेल्ने गरिएको छ । यसले पनि देखाउँछ, प्रायः वाणिज्य बैंकहरु मर्जमा जान तम्तयार भएर बसेका छन् ।
तर, कोसँग र कसरी भन्ने कुरामा धेरैको ध्यान केन्द्रित छ । सबैजसो बैंकले राम्रो संस्था पाएमा मर्ज जाने बताउन चुक्दैनन् । तर, त्यो राम्रो संस्था कुन हो र किन कुराकानी अघि बढेको छैन भन्ने जानकारी पनि कसैले दिँदैनन् ।
मर्जरकै सवालमा इन्भेस्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले साना संस्थाले ठूलो मूल्य माग्ने हुँदा साना संस्थामा आफू गाभेर बस्ने अवस्था प्रायः सकिँदै गएको बताउँछन् । यसबीचमा पूर्व र पश्चिम कार्यक्षेत्र भएका दुई विकास बैंकलाई खरिद गर्ने प्रक्रिया अघि बढाए पनि मूल्य बढी भनेका कारण रोकिएको अनुभव बताउँछन् ।
कतिपय बैंकहरुले विकास बैंक र वित्त कम्पनीहरुलाई आफू गाभेर ठूलो बैंक बनाउने अभियान अघि नसारेका होइनन्, तर, ठूला बैंक मर्जमा जाने वातावरण तयार भयो भने विकास बैंक र वित्त कम्पनी लिएर मात्रै बैंकहरुलाई आफू अब्बल दरिन र बजारमा टिकिरहन गाह्रो हुने देखिन्छ ।
पछिल्लो समयमा एनएमबी, प्राइम, सिटिजन्सलगायतका बैंकले नाम चलेका र राम्रा विकास बैंक आफूमा समाहित गरेर अघि बढेका पनि छन् । तर, त्यतिले मात्रै ति बैंकहरुले पूर्णता पाउने अवस्था आउँछ भन्न सकिँदैन ।
मर्जरकै सवालमा इन्भेस्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले साना संस्थाले ठूलो मूल्य माग्ने हुँदा साना संस्थामा आफू गाभेर बस्ने अवस्था प्रायः सकिँदै गएको बताउँछन् । यसबीचमा पूर्व र पश्चिम कार्यक्षेत्र भएका दुई विकास बैंकलाई खरिद गर्ने प्रक्रिया अघि बढाए पनि मूल्य बढी भनेका कारण रोकिएको अनुभव बताउँछन् ।
उता, माछापुच्छ«े बैंकका सीईओ सन्तोष कोइराला आवश्यकताका आधारमा मर्जर प्रक्रिया सुरु हुने बताउँछन् । अहिले कसैले पनि मर्जमा जान दबाब दिएको छैन भने बैंकहरु आफूआफू चलिरहेको र बजारमा टिकिरहेकाले किन मर्जरमा गएर आफ्नो स्वामित्व सकाउने भन्ने ध्याउन्नमा पनि छन् । यसअर्थमा बैंकहरु सकेसम्म मर्जर प्रक्रियाबाट तर्किन पनि खोजिरहेका छन् ।
तर, हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज भएमा एकलौटी र सबैभन्दा अब्बल बैंकका रुपमा आफूलाई उभ्याएको नबिल बैंकलाई पनि मर्जमा जान दबाब पर्नेछ । त्यसपछि वास्तविक अर्थमा नबिलले मर्ज प्रक्रिया अघि बढाउने छ । उता, इन्भेस्टमेन्ट र हिमालयनको मर्जर अभ्यासलाई हेरेपछि एउटै समूहको केही हिस्सा लगानी भएको एनएमबी बैंक र एनआइसी एसिया बैंकलाई पनि थप दबाब आइपर्नेछ ।
त्यस्तै, पछिल्लो समय अधिक विवादमा तानिएको सनराइज बैंक मर्जर प्रक्रिया सामेल हुनै पर्ने वाध्यतामा छ । यस्तै सञ्चालकहरुबीचमा विवाद बढेपछि केन्द्रीय बैंकले मर्जमा जान सनराइज बैंकलाई दवाव दिइसकेको छ । त्यस्तै अवस्था सिभिलको छ । सिभिलले ययसअघि देखिनै मर्जर प्रक्रियामा सहभागी हुन इच्छुक भए पनि खरिद गर्ने बैंक नभेटाउँदा समस्यामा परिहेकोे छ ।
सिभिलले हिमालयनलाई मर्ज गर्न अनुरोध गर्दै आएको छ । खासगरि अध्यक्ष इच्छाराज तामाङको व्यवसायिक वातावरण बिग्रिएको र सिभिल सहकारीमा आएको समस्याको असर बैंकमा पर्न सक्ने धेरैको बुझाई छ ।
बजारमा लुप्त प्रायः देखिएका बैंक अफ काठमान्डू, सेन्चुरी, लक्ष्मी, प्राइम, सिटिजन्स, सानिमा, माछापुच्छ«ेजस्ता बैंकहरु पनि मर्जरका लागि योग्य वर नखोेजेका होइनन् । तर, उपयुक्त पार्टनर नभेटिएको भन्दै मौन जस्तै छन् । भारतीय लगानी रहेको र विगतमा मर्जर प्रक्रियालाई हल्लाको विषय बनाउने एभरेष्ट बैंक पनि अहिले वास्तविक अर्थमा मर्जरका लागि उययुक्त जोडी खोज्न तल्लिन भएको बुझ्न कठिन भएको छैन ।
बजारमा लुप्त प्रायः देखिएका बैंक अफ काठमान्डू, सेन्चुरी, लक्ष्मी, प्राइम, सिटिजन्स, सानिमा, माछापुच्छ«ेजस्ता बैंकहरु पनि मर्जरका लागि योग्य वर नखोेजेका होइनन् । तर, उपयुक्त पार्टनर नभेटिएको भन्दै मौन जस्तै छन् । भारतीय लगानी रहेको र विगतमा मर्जर प्रक्रियालाई हल्लाको विषय बनाउने एभरेष्ट बैंक पनि अहिले वास्तविक अर्थमा मर्जरका लागि उययुक्त जोडी खोज्न तल्लिन भएको बुझ्न कठिन भएको छैन ।
कि त स्ट्यान्डर्ड चार्टर्डले जस्तो आफ्नो व्यवसायलाई खुम्च्याउँदै लैजानुपर्यो । नभए बैंकिङ क्षेत्रमा टिकिरहन र आफूलाई अब्बल सावित गर्न मर्जमा जानुको विकल्प बैंकहरुसँग छैन ।
विगतमा ब्रान्ड बिग्रिएका दुई बैंक (ग्रान्ड बैंक नेपाल र किष्ट बैंक) समेत आफूमा समाहित गरेर अघि बढेको प्रभुले पनि आफ्नो अस्तित्व रक्षा गर्दै अघि बढ्न विभिन्न चरणमा विभिन्न बैंकहरुसँग कुराकानी गरिरहेको छ । तर, उसले पनि हिमालयन र इन्भेस्टमेन्टको मर्जर प्रभाव हेर्ने ‘मुड’मा रहेको छ ।
वित्तीय रुपमा कुन अब्बल र सबल छ भन्ने कुरा केन्द्रीय बैंकले नाडी छामिरहेको छ । कतिपय बैंकलाई जुनसुकै बेला केन्द्रीय बैंकले नामै किटेर मर्जमा जान निर्देशन दिने अवस्था सिर्जना हुँदै गएको राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक कुराकानीमा बताउने गरेकाले पनि बैंकहरु मर्जरका लागि लालायित छन् भन्ने देखाउँछ । खाली कहिले र कोसँग भन्ने सवालले अहिले सबै बैंकहरुलाई पिरोलिरहेको छ ।