काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक ३५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको पाँचौं र निजी क्षेत्रको दोस्रो बैंकका रूपमा नेपाल इन्डोस्वेज बैंकको नामले सन् १९८६ मार्च ९ (२०४२ फागुन २६) मा नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न अनुमति लिएको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबीएल)को औपचारिक नामाकरण भने सन् २००१ मा भएको हो । सुरुमा नेपाली लगानीकर्ताको ५० प्रतिशत र फ्रान्सको क्रेडिट एग्रिकोल इन्डोस्वेजको हिस्सा ५० प्रतिशत हुने गरी संयुक्त लगानीमा बैंक खुलेको हो । सन् २००१ मा सबै हिस्सा नेपालीहरुले खरिद गरेपछि नेपालीको बैंक बनेको हो ।
त्यसको नेतृत्व लिएका थिए, प्रख्यात बैंकर पृथ्वीबहादुर पाण्डेले । पृथ्वीबहादुर पाण्डे नेपालको बैंकिङ क्षेत्रमा अविश्मरणीय नाम हो । नेपाल राष्ट्र बैंकबाट आफ्नो करिअर सुरु गरेका पाण्डेले १२ वर्षमा निर्देशकबाट अवकाश लिएका थिए ।
केन्द्रीय बैंकबाट अवकाश लिएर नेपालको वित्तीय क्षेत्रमा प्रवेश गरेका पाण्डेले आफूमात्रै होइन नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि पछाडि फर्केर हेर्नुपर्ने अवस्थामा राखेनन् । उनले नेपाल इन्भेस्टमेन्टलाई अब्बल बैंक बनाए ।
नेपालको निजी क्षेत्रको दोस्रो बैंक नेपाल इन्भेस्टमेन्टको नेतृत्व लिनअघि राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकको निर्देशक भएर काम गरेका थिए । उनले सन् २००१ देखि निरन्तर इन्भेस्टमेन्टको नेतृत्वमा छन् ।
२०१२ सम्म बैंकको सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिका निभाएका पाण्डेले त्यसपछि भने अध्यक्षका रूपमा बैंकलाई दिशानिर्देश गरिरहेका छन् । वाणिज्य बैंकहरुको सीईओहरुको संगठन नेपाल बैंकर्स संघको अध्यक्षसमेत भएका पाण्डेको नेतृत्वमा दुुई दशकमा इन्भेस्टमेन्ट बैंकले ठूलो फड्को मारेको छ ।
२०१२ जुलाई १६ (२०६९ साउन १)देखि ज्योतिप्रकाश पाण्डेले बैंकको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् । उनी इन्भेस्टमेन्ट बैंकमा २००२ देखि निरन्तर सक्रिय छन् ।
२०१२ सम्म बैंकको सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिका निभाएका पाण्डेले त्यसपछि भने अध्यक्षका रूपमा बैंकलाई दिशानिर्देश गरिरहेका छन् । वाणिज्य बैंकहरुको सीईओहरुको संगठन नेपाल बैंकर्स संघको अध्यक्षसमेत भएका पाण्डेको नेतृत्वमा दुुई दशकमा इन्भेस्टमेन्ट बैंकले ठूलो फड्को मारेको छ ।
नेपाल राष्ट्र बैंक, संयुक्त लगानीको इन्डोस्वेज बैंक, सरकारी स्वामित्वको एनआइडिसी (हाल राष्ट्रिय वाणिज्य बैंक), हिमालयन बैंक समेतको चार दशक वित्तीय क्षेत्रको अनुुभव र उतारचढावको प्रवृत्ति र परिवेश बुुझेका ज्योतिले इन्भेस्टमेन्ट बैंकलाई नयाँ उचाइमा लैजान महत्वपूर्ण भूमिका निभाइरहेका छन् ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा सञ्चालक समिति र सीईओ ज्योति प्रकाशसहित करिब १ हजार ५ सय कर्मचारीको व्यवस्थापनले सतहमा देखिएका हरेक चुनौतीहरुको सामना गर्दै एक उत्कृष्ट बैंकका रूपमा इन्भेस्टमेन्ट अघि बढिरहेको छ ।
बेलायतको प्रतिष्ठित पत्रिका द बैंकबाट ‘बैंक अफ दि इअर’ बाट २००३, २००५, २००८, २०१० र २०१६ मा गरी पाँचौं पटक सम्मानित भएको नेपालको एक मात्र बैंक इन्भेस्टमेन्ट हो ।
उत्कृष्ट सेवासँगै राम्रो व्यवसाय गरेको इन्भेस्टमेन्टले अब्बल प्रदर्शन गर्न सकेकै कारण ‘युुरोनोमी’ नामक पत्रिकाबाट पनि ‘युरोनोमी अवार्ड फर एक्सिलेन्स नेपाल्स बेस्ट बैंक २०१८’ बाट पनि सम्मानित भएको छ ।
इन्भेस्टमेन्ट बैंकले लगानीकर्ताहरुलाई प्रतिफल वितरणमा पनि उत्तिकै अग्रसरता देखाएको छ । जसको परिणाम लगानीकर्ताहरु इन्भेस्टमेन्ट बैंकबाट सायदै निराश बनेका छैनन् । इक्रा नेपालबाट पनि ‘ए’ रेटिङ पाएको बैंकको प्रतिसेयर किताबी मूूल्य (नेटवर्थ) २०७ रुपैयाँ छ । प्रतिसेयर कुुल सम्पत्ति मूल्य १ हजार ४ सय ७५ रुपैयाँ छ ।
हाल १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकमा ६९ प्रतिशत सेयर हिस्सा संस्थापक समूह र ३१ प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको छ । चुक्तापुँजीका हिसावले छैटौं स्थानमा रहेको इन्भेस्टमेन्टको पुँजी कोष (क्यापिटल फण्ड)का आधारमा भने पाँचाैं स्थानमा छ ।
हाल मुलुकभरका ८७ शाखा, १ सय ३० एटीएम काउन्टर, ३० विस्तारितरराजस्व असुली काउन्टर र ५९ स्थानमा शाखारहित बैंकिङ सेवा दिइरहेको इन्भेस्टमेन्ट बैंक पछिल्लो समय मर्जरका लागि पनि थप अग्रसर भइरहेको छ । करिब ११ लाख ग्राहक रहेको इन्भेस्टमेन्ट बैंकको निक्षेप तथा कर्जाको बजार अंश करिब ५ प्रतिशत हाराहारी छ ।
पुँजी बजारलाई चलायमान बनाउन भूमिका खेल्ने काममा पनि सक्रिय सहभागिता देखाएको इन्भेस्टमेन्ट बैंकको सहायक कम्पनीका रूपमा एनआइबीएल एस क्यापिटल सञ्चालनमा छ । उता, बैंकले कार्ड व्यवसाय तथा मोबाइल बैंकिङ कारोबार विस्तारका लागि ‘फ्लेक्सिटर्म प्रालि’ र ‘एम नेपाल लिमिटेड’ तथा लघुवित्त कारोबार गर्न नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा सेयर पुँजी लगानी गरेको छ ।
हाल १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकमा ६९ प्रतिशत सेयर हिस्सा संस्थापक समूह र ३१ प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको छ । चुक्तापुँजीका हिसावले छैटौं स्थानमा रहेको इन्भेस्टमेन्टको पुँजी कोष (क्यापिटल फण्ड)का आधारमा भने पाँचाैं स्थानमा छ ।
गाभ्ने/गाभिने प्रक्रियालाई पनि साथ दिइरहेको इन्भेस्टमेन्टले राष्ट्रिय स्तरका एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सपे्रस फाइनान्सलाई समाहित गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।
गत पुस १० गते सम्पन्न ३४ औं वार्षिक साधारणसभाले पनि कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिसन) प्रक्रियाका लागि आवश्यक कदम अघि बढाउन सञ्चालक समितिलाई अनुमति दिएको छ । यसले पनि बैंक अझ सबल र सक्षम बन्न मर्जर र प्राप्ति प्रक्रियालाई अघि बढाउन चाहन्छ भन्ने देखिन्छ ।