काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षदेखि भारतबाट बिजुली आयात गर्नु नपर्ने बताएका छन् । उनले आयात बन्द भई आगामी वर्षदेखि नेपालबाट भारतमा बिजुली निकासी हुने जानकारी दिएका छन् ।
देशको सबैभन्दा ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विद्युत् ल्याउने र पठाउने ढोका खुल्यो, अब भारतमा बिजुली निर्यात गर्नेछौं ।’
उद्योगहरूले मागेजति बिजुली उपलब्ध गराउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । प्रसारण संरचना मजबुत नभएकाले कहिलेकाहीँ बिजुली जाने समस्या आएको र सोको छिट्टै समाधान हुने प्रधानमन्त्रीले स्पष्टपारे ।
पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले लक्ष्यमा रहेका आयोजनाहरू सम्पन्न भई आगामी वर्षदेखि भारतमा बिजुली निकासी गर्ने बताएका हुन् । चालू आर्थिक वर्षमा सरकारले जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट हाल ६०० मेगावाटसम्म आयात गरिरहेको छ । भारतको बिजुलीले नेपाल लोडसेडिङमुक्त भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशमा १ सेकेन्ड पनि बिजुली नजाने गरी अत्याधुनिक प्रसारणलाइन निर्माण अघि बढाएको जानकारी दिए ।
सो अवसरमा ऊर्जासचिव दिनेशकुमार घिमिरेले विद्युत् प्रणालीका लागि ढल्केबर सबस्टेसन ऐतिहासिक उपलब्धि भएको बताए । उनले हालको विद्युत् प्रणालीलाई एकीकृतमा स्तरोन्नति गरेर फड्को मार्ने काम भएको जानकारी दिए ।
राष्ट्रिय प्रणाली मजबुत बनाउँदै र सरकारले लिएको १५ हजार मेगावाट बिजुली लक्ष्य पूरा गर्ने उनको भनाइ थियो । यस्तै सरकारले बिजुली खपतको योजना छिट्टै बनाउनेसमेत सचिव घिमिरेले बताए ।
प्रधानमन्त्री ओलीले लक्ष्यमा रहेका आयोजनाहरू सम्पन्न भई आगामी वर्षदेखि भारतमा बिजुली निकासी गर्ने बताएका हुन् । चालू आर्थिक वर्षमा सरकारले जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट हाल ६०० मेगावाटसम्म आयात गरिरहेको छ । भारतको बिजुलीले नेपाल लोडसेडिङमुक्त भएको हो ।
सो सबस्टेशनबाट नेपाल भारतबीचमा करीब १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडरमार्फत माथिल्लो तामाकोसीको विद्युत् आपूर्ति हुनेछ ।
त्यस्तै हेटौंडादेखि इनरुवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब २ हजार मेगावाटसम्मको विद्युत् हेटौंडातर्फ र २ हजार मेगावाटसम्मको विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुनेछ ।
सो ४०० र २२० केभी सबस्टेशन २०७४ मङ्सिर २२ मा ठेक्का सम्झौता भई निर्माण भएको हो । २०७६ कात्तिक २६ गतेमा चार्ज भई हाल ४०० केभीमा चालु अवस्थामा आएको छ ।
२ अर्ब २० रुपैयाँ लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करीब ६.९ मिलियन अमेरिकी डलर र नेपाली रु २८ करोड रुपैयाँ छ । जसमा बैंकको प्रसारण लाइन तथा सबस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ ।