×

ब्रोकर कमिसन घटाउ, नियमन बढाउ

images

पछिल्लो समय सेयर कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिनहुँ नयाँ रेकर्डहरू बन्ने क्रम जारी छ । कारोबार रकमले एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ भने नेप्से परिसूचकले पनि नयाँ उचाइ समाउन खोजिरहेको छ ।

४ वर्षअघिको उच्च विन्दुलाई पछ्याउँदै मंगलबार नेप्से १८१०.११ अंकमा अडिएको छ । २०७३ साउन १२ गते नेप्सेले हालसम्मकै उच्च अंक १८८१.४५ कायम गरेको थियो । त्यसपछि नेप्से सूचक मात्र घटेन कारोबार रकममा पनि व्यापक कमी आएको थियो । तर, २०७५ फागुन १९ मा नेप्से ११०० अंकमा झरेर उकालो लाग्न थालेपछि विस्तारै कारोबार रकम र सूचक दुवैले गति लिएका छन् । 

त्यसपछि भने अधिकांश लगानीकर्ताहरूले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् । अनलाइनबाट सेयर कारोबार भएका कारण धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूको कार्यालय सञ्चालन खर्चमा कटौती भएको छ । एकातिर व्यापक रूपमा ब्रोकरहरूको कार्यालय सञ्चालन खर्च कटौती भएको छ भने अर्कोतिर कारोबार रकममा व्यापक वृद्धि देखिएको छ । यसले ब्रोकहरूको कमिसन उच्च दरले बढेको छ ।

कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति समाउन सकेको थिएन । जसले गर्दा कोरोना कहरमा चैत दोस्रो सातादेखि असार दोस्रो सातासम्म ९८ दिन दोस्रो बजारमा सेयर किनबेच रोकियो । बन्दाबन्दी (लकडाउन) कै बीचमा वैशाख अन्तिममा दुई दिन कारोबार भए पनि त्यसले निरन्तरता पाउन सकेन । त्यसैले गत चैत १२ गतेदेखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भयो ।

त्यसपछि भने अधिकांश लगानीकर्ताहरूले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् । अनलाइनबाट सेयर कारोबार भएका कारण धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूको कार्यालय सञ्चालन खर्चमा कटौती भएको छ । एकातिर व्यापक रूपमा ब्रोकरहरूको कार्यालय सञ्चालन खर्च कटौती भएको छ भने अर्कोतिर कारोबार रकममा व्यापक वृद्धि देखिएको छ । यसले ब्रोकहरूको कमिसन उच्च दरले बढेको छ ।

अहिले नेपालमा ब्रोकर कमिसन न्यूनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशतसम्म छ । ब्रोकरले लिएको कमिसनबाट २० प्रतिशत कमिसन नेप्सेलाई जान्छ । उता नियामक नेपाल धितोपत्र बोर्डले पनि लगानीकर्ताबाट ०.०१५ प्रतिशत प्रत्यक्ष र ‘ब्रोकरेज फि’ भनेर कमिसनबाट ०.६ प्रतिशत अप्रत्यक्ष रूपमा कमिसन लिन्छ ।

मंगलबारकै कारोबार रकम ५ अर्ब ४४ करोड रुपैयाँलाई आधार मान्ने र औसत ०.५ प्रतिशत कमिसन राख्ने हो भने २ करोड ७२ लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसमध्ये ५४ लाख ४० हजार रुपैयाँ नेप्सेले पाउँछ । त्यसैगरी १ लाख ६३ हजार २ सय रुपैयाँ नियामक नेपाल धितोपत्र बोर्डले ‘ब्रोकरेज फि’बापत पाउँछ । त्यस्तै बोर्डले लगानीकर्ताबाट ८ लाख १६ हजार रुपैयाँ कमिसन पाउँछ ।

२०७५ पुस ४ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, अर्थ मन्त्रालयका प्रतिनिधि र लगानीकर्ताका प्रतिनिधि सम्मिलित मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिले अर्थ मन्त्रालयमा पेस गरेको सुझाव प्रतिवेदनमा ब्रोकर कमिसन घटाउन सुझाव दिएको थियो ।

राष्ट्रिय बिमा कम्पनी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका कम्पनीहरूले वर्षौंदेखि साधारणसभा गर्न सकेका छैनन् । तर, यी कम्पनीहरूका बारेमा बजारमा अनेकन हल्ला फिँजाएर सेयर मूल्य प्रभावित गराउने काम भइरहेको छ । खासगरी थोरै सेयर सूचीकृत भएका कम्पनीहरूको मूल्यलाई उच्च बनाइ राख्न र त्यसप्रति सर्वसाधारण लगानीकर्तालाई आकर्षित बनाउन सीमित समूहहरू सक्रिय रहेको पाइन्छ ।

त्यति मात्रै होइन धितोपत्र बोर्ड आफैंले उपकार्यकारी निर्देशक डा.नवराज अधिकारीको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले पनि ब्रोकर कमिसन घटाउन सुझाव दिएको महिनौं भइसक्यो । तर, बोर्ड व्यवस्थापन भने कोरोना कहरले सरोकारवालाहरूसँग पर्याप्त छलफल नभएको भन्दै पन्छिरहेको छ । विगतदेखि नै लगानीकर्ताहरूले सेयर खरिद बिक्री गरेवापत तीनवटा निकायलाई कमिसन तिर्दै आएका छन् । यसलाई पनि कानुनी रुपमै एउटै निकायमार्फत कसिमन जाने व्यवस्था गर्नु आवश्यक छ । 

राष्ट्रिय बिमा कम्पनी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका कम्पनीहरूले वर्षौंदेखि साधारणसभा गर्न सकेका छैनन् । तर, यी कम्पनीहरूका बारेमा बजारमा अनेकन हल्ला फिँजाएर सेयर मूल्य प्रभावित गराउने काम भइरहेको छ । खासगरी थोरै सेयर सूचीकृत भएका कम्पनीहरूको मूल्यलाई उच्च बनाइ राख्न र त्यसप्रति सर्वसाधारण लगानीकर्तालाई आकर्षित बनाउन सीमित समूहहरू सक्रिय रहेको पाइन्छ ।

यसको शिकार सामान्य लगानीकर्ता पनि भइरहेका छन् र उनीहरूले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । बजार घट्दा सरकारलाई गाली गर्ने अवस्था आउन नदिनु नै लगानीकर्ताको बुद्धिमत्तापूर्ण निर्णय हो । ‘बुलिस ट्रेन्ड’ भनेर कम्पनीका आधारभूत पक्षलाई नहेरी लगानी गर्दा जुनसुकै बेला फस्न सकिन्छ । यस्ता कम्पनीको लगानीबाट भोलि कुनै प्रतिफल पनि नआउने र मूल्य पनि घट्ने अवस्था आउँदा सरकारले केही गरेन भनेर गाली गर्ने अवस्था पनि आउन सक्छ । त्यसैले लगानीकर्ता सदैव सतर्क र सचेत भएर लगानी गर्नुपर्छ । किनभने अहिले नियमित लाभांश दिइरहेका कम्पनीको सेयर मूल्य बढेको छैन र जुन कम्पनीको वास्तविक अवस्थाबारे नै कुनै सूचना छैन, त्यस्ता कम्पनीको सेयर मूल्य आकासिएको छ ।

उता, अहिले पनि कतिपय धितोपत्र दलाल व्यवसायीले सेयर बिक्री गरेको पैसा हप्तौंसम्म लगानीकर्ताको खातामा नपठाएको, बिक्री गरिएको सेयर तुरुन्तै बिक्रीकर्ताको खाताबाट झिक्ने तर, खरिदकर्ताको खातामा सेयर नपठाउने, कतिपय बेला सेयर बिक्रीका लागि दिइएको अर्डर कार्यान्वयन भए पनि पछि ‘क्लोज आउट’मा परेको भनेर लगानीकर्ताबाट उल्टै पैसा काट्ने गरेको भन्नेजस्ता गुनासा बढ्दै गएका छन् । क्लोज आउट हुँदा २० प्रतिशत रकम लगानीकर्ताले तिर्नुपर्ने भएकाले ब्रोकरहरूले खेलाची गरेका गुनासा प्रसस्तै सुनिन्छ । त्यस्तै सीडीएसीको समस्या अझै जस्ताको तस्तै देखिएको छ । यस्तो विषयमा नियामकले चनाखो भएर काम गर्नुपर्ने आवश्यकता छ ।

अर्कोतिर सरकार र नियामक निकाय पनि बजार बढेको छ भनेर चासो नदिइ बस्नु हुँदैन । लगानीको वातावरणलाई नबिगार्न र थप लगानीको अवसर सिर्जना गर्न क्रियाशिल हुनै पर्छ । नियामकीय दृष्टिबाट अझै धेरै सुधारका कामहरू गर्नुपर्ने छ । त्यसका लागि नियामक अत्यन्तै चनाखो हुनुपर्छ । तर, सतहमा त्यस्तो देखिएको छैन ।

मंगलबारकै कारोबार रकम ५ अर्ब ४४ करोड रुपैयाँलाई आधार मान्ने र औसत ०.५ प्रतिशत कमिसन राख्ने हो भने २ करोड ७२ लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसमध्ये ५४ लाख ४० हजार रुपैयाँ नेप्सेले पाउँछ । त्यसैगरी १ लाख ६३ हजार २ सय रुपैयाँ नियामक नेपाल धितोपत्र बोर्डले ‘ब्रोकरेज फि’बापत पाउँछ । त्यस्तै बोर्डले लगानीकर्ताबाट ८ लाख १६ हजार रुपैयाँ कमिसन पाउँछ ।

जनशक्ति छैन वा कोरोना कहर भनेर नियामकले आँखा चिम्लने हो भने फेरि लगानीकर्ता सडकमा आउनुपर्ने अवस्था हुन्छ । लगानीकर्ताहरूको पनि सधंै बजार घटेका बेला यो भएन र त्यो भएन भनेर आवाज मुखरित भएको पाइन्छ । बजार बढेका बेला सुधारका कामहरू थाल्न ठूलो दबाब दिनु जरुरी छ । बजारले गति लिएका बेला लगानीकर्तामा जुझारुपन देखिएमा साँच्चिकै सेयर बजारमा कारोबार गर्नेहरू पछाडि फर्केर चुक्चुकाउने अवस्था आउँदैन । त्यसका लागि सबै पक्ष तयार होऔं ।

बुधबार १० मंसिर २०७७ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया