×

१७ अर्ब ब्रान्ड भ्याल्यूको लोकप्रिय टिकटक कसरी भूराजनीतिको चपेटामा परिरहेको छ ?

images

जून १५ मा हिमाली उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच घम्साघम्सी प¥यो । सीमा विवादका कारण उत्पन्न सो मूठभेडमा परी २० जना भारतीय सैनिकले ज्यान गुमाए भने चिनियाँ सैनिकको वास्तविक संख्या अझै सार्वजनिक भएको छैन । 

सोही महिनाको अन्त्यमा आएर भारतको डेटा सुरक्षाको कारण देखाउँदै ५९ वटा चिनियाँ मोबाइल एफहरुलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगायो जसमा लोकप्रिय शर्ट भिडियो शेयरिङ प्लेटफर्म एप टिकटक पनि पर्न गयो । 

त्यसयता अमेरिका र अष्ट्रेलियाका अधिकारीहरुले पनि टिकटक एपमाथि चिनियाँ सरकारको नियन्त्रण रहेको बताउँदै सो एपलाई देशमा प्रतिबन्ध लगाउन आह्वान गरिरहेका छन् । 

भारत सरकारले प्रतिबन्ध लागू गर्न अघि भारत टिकटकका लागि सबैभन्दा ठूलो बजार थियो । जहाँबाट उसले आठ करोड १० लाख मासिक सक्रिय प्रयोगकर्ता पाएको थियो । अब अमेरिकाको बजार पनि टिकटकले गुमाउने हो भने त्यहाँ उसले तीन करोड मासिक सक्रिय प्रयोगकर्ता गुमाउने छ जसले उसलाई ठूलो धक्का पुया¥उने छ । 

टिकटक चीनको सबैभन्दा ठूलो र सफल इन्टनेट निर्यातको सामाग्री हो । तर टिकटकको हाइ प्रोफाइल उपस्थितिले यसलाई चिनियाँ सरकारको चिन्ता र भूराजनीतिक विवादको विषय बनायो । टिकटक आफूलाई आफ्नो स्वामित्वकर्ता बाइटड्यान्स कम्पनीबाट अलग्याउन चाहान्छ तर टिकटक र चिनियाँ सरकारमाथि बढ्दो विश्वको आशंकाले यो एपका लागि समस्या जन्माएको छ ।

भूराजनीतिक आतंक 

राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि साताअघि अमेरिकाले टिकटमाथि प्रतिबन्ध लगाउने विषयमा बिचार गरिहरेको बताएका थिए । त्यसको एकदिन अघि विदेशमन्त्री माइक पोम्पियोले पनि अमेरिकीहरुले आफ्नो डेटा चिनियाँ सरकारको हातमा नसुम्पिने हो भने टिकटक चलाउन नहुने बताएका थिए । 

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाउ लिजियानले बुधबार पत्रकार सम्मेलनको दौरान सम्भावित प्रतिबन्धको बारेमा प्रतिक्रिया दिदैँ अमेरिकाले चिनियाँ कम्पनीहरुलाई दमन गर्न राज्य शक्ति प्रयोग गर्न नहुने बताएका थिए  ।

झाउले भन्छन्, ‘मुलुकभन्दा बाहिर व्यवसाय गर्दा सधै ती मुलुकहरुको कानुन र नियमलाई विचार गर्न चीन सरकारले चिनियाँ कम्पनीहरुलाई भन्दै आईरहेको छ ।’ उनी अगाडी भन्छन्, ‘यदि हामीले अमेरिकाकै लोजिनलाई लिने हो भने विश्वभरी ठूलो संख्यामा प्रयोगकर्ताहरुको रहेको अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरु आफै विश्व्भरीका मुलुकहरुका लागि सुरक्षा खतराका कारण बनेका छन् ।’ 

टिकटक महिनौंदेखि अमेरिकामा निगरानीको विषय बन्दै आईरहेको छ । त्यहाँको सरकारले गत नोभेम्बरमा बाइटड्यान्स विरुद्ध राष्ट्रिय सुरक्षा अनुसन्धान थालेको थियो । त्यसको अर्काे महिना सिनेटर जोस हावलेले टिकटकमाथि चिनियाँ कम्युनिष्ट दलको नियन्त्रण रहेको बताएका थिए । 

वास्वतमा चीनको मूख्य भूमिमा टिकटक एप डाउनलोड गर्न उपलब्ध छैन । यो एपको चिनियाँ भर्सन जसलाई डौयिन भनिन्छ त्यो मात्र चीनमा चल्ने गर्दछ । 

टिकटकका प्रवक्ताका अनुसार टिकटकको प्रमुख कार्यकारी अधिकारी सीईओ पनि अमेरिकी नागरिक केभिन मेयर छन् भने टिकटकको सुरक्षा, प्रोडक्ट र सार्वजनिक नीतिलाई हेर्न अमेरिकामा उसका सयौं कर्मचारीहरु सेवारत छन् । ब्लुमबर्कसँगको कुराकानीमा टिकटकका प्रवक्ताले कम्पनीले कहिल्यै पनि चीन सरकारलाई प्रयोगकर्ताको डेटा नदिएको र भविष्यमा पनि कहिल्यै नदिने बताएका छन् । 

साइबर सुरक्षा कम्पनी चेक पोइनटले गत जनवरीमा अनुसन्धानपत्र सार्वजनिक गरेको थियो जसमा प्रयोगकर्ताको डेटामा ह्याकरको एक्सेस हुने किसिमको सुरक्षा कमजोरी फेला परेको उल्लेख थियो । टिकटकले नोभेम्बर २०१९ मा सो बारे अध्ययन गरेर सोही वर्षको डिसेम्बर १५ मा त्यस्तो कमजोरीलाई सुधार गरेको बताएको थियो ।

टिकटकले चीन सरकार विरोधी सामाग्रीमाथि सेन्सर लगाएको विषयमा अधिकारकर्मी तथा अधिकारीहरुबाट टिकटकले आलोचना झेल्दै आईरहेको छ । 

अष्ट्रेलियन नेशनल युनिभर्सिटीस्थित अष्ट्रलियन सेन्टरमा विश्वमा चीन विषयमा अनुसन्धान गरिरहेका युन जियाङ भन्छन ‘टिकटक र डौयिन फरक रुपमा सञ्चालन भएको बाइटड्यान्सले दावी गरे पनि हालका घटनाहरुले दुबै कम्पनी चिनियाँ सेन्सरका दबाबमा रहेको संकेत गरेको छ ।’

टिकटकले भने आफूले अमेरिकी कम्पनी फेसबुक र गूगलको तुलनामा प्रयोगकर्ताहरुको व्याक्तिगत जानकारी कमै संकलन गरेका बताउँदै आईरहेको छ । 

जिया ङका अनुसार टिकटकले पनि विश्वका अन्य सोसल मिडिया कम्पनीहरुले जस्तै प्रयोगकर्ताहरुको तथ्यांक संकलन गर्दछ । विश्वको चिन्ता बढ्नुको कारण भनेको टिकटक चिनियाँ कम्पनी हो किनभने चीन सरकारले जानकारी मागेको खण्डमा टिकटक कम्पनीले त्यसलाई अस्विकार गर्ने ल्याकत राख्दैन ।’

यो चिन्ता चिनियाँ टेलिकम कम्पनी उपकरण जाइन्ट हुवावे टेक्नोलोजीको जस्तै छ । २०१० मेमा चीनसँग व्यापार वार्ता भंग भए यता हुवावेको नेटवर्क उपकरण विभिन्न मुलकुहरुमा प्रतिबन्धित छ र वासिङटनमा पनि यो कम्पनी कालोसूचीमा छ । 

हङकङ आधारित रिसर्च थिंक ट्याङ डिजिटल एशिया हबका अनुसन्धानकर्ता डेब लिविसका अनुसार अमेरिकामा बेइजिङप्रतिको विश्वास खस्किदैँ गर्दा चिनियाँ कम्पनीले पनि आफ्नो विश्वास गुमाउँदै गइरहेको छ । यी दुबै कुरालाई एउटा कसीमा राखेर हेर्न सकिन्छ । 

यो हप्ता टिकटकमाथिको आशंका भारत र अमेरिकामा मात्र सिमित रहेन । अष्ट्रेलियाका सिनेटर जिम मोलान जो अष्ट्रेलियाको फोरेन इन्टरफ्रेरेन्स थ्रु सोसल मिडिया समितिका उपाध्यक्ष पनि हुन् । उनले टिकटक सामाजिक सञ्जालको भेषमा चीन सरकारको डेटा कलेक्सन सर्भिस हुन सक्ने बताएका थिए । यस्तै अर्का अधिकारीले अष्ट्रेलियामा टिकटक लगायत अन्य चिनियाँ एपहरु बन्द गरिनु पर्ने बताएका छन् । अष्ट्रेलियास्थित टिकटकका जनरल म्यानेजरले गार्डियनसँग कुरा गर्दै टिकटकले विदेशी सरकारको डेटा शेयर नगर्ने बताएका थिए । 

टिकटकमाथि विभिन्न मुलुकको सरकारको निगरानी र आशंका बढ्नुको पछाडीको एउटा कारण भनेको यो एपको अभूतपूर्ण लोकप्रियता पनि हो । 
टेन्सेन्ट होल्डिङको सोसल मिडिया प्लेटफर्म विच्याट पनि विश्वभर लोकप्रिय छ तर यसको प्रयोग चिनियाँ डायस्पोरा समुदाय र चीनसँग व्यापार तथा अनुसन्धान सम्बन्ध भएका कम्पनीहरुमाझ मात्र सिमित छ । यस्तै अमेरिकाको युवाहरुमाझ टिकटक एकदमै लोकप्रिय बनेको छ । यसरी विश्वभरीको स्थानीय संस्कृतिमा समेत प्रभाव पार्न सक्ने टिकटक पहिलो चिनियाँ कम्पनी हो । 

विश्वभर ठूला टेक कम्पनीहरुमाथि बढ्दो डेटा सुरक्षाको काण्ड र दुरुपयोगको दृष्टान्तहरुका कारण पनि टिकटकमाथि सरकारको निगरानी बढेकोे हो । 

टिकटकअघि अमेरिकामा अहिलेसम्म कुनै पनि सफल विदेशी एपले यसरी वर्चस्व कायम गरेका थिएन । तर अमेरिकाबाहिर धेरै मुलुकहरुले सफल विदेशी एपहरुको वर्चस्वको सामना गर्दै आईरहेको छ । 

बाइटड्यान्सबाट स्वतन्त्र

२०१८ मा चीन सरकारले बाइटड्यान्स कम्पनीको स्वामित्व रहेको समाचार एकिकृत गर्ने एप जिनरी टाउटियाओलाई ‘अश्लिल सामाग्री’ राखेको भन्दै आलोचना गरेको थियो । साथै एप स्टोरबाट केही समयका लागि सो एपलाई सरकारले प्रतिबन्ध पनि लगाएको थियो । बाइटड्यान्सका संस्थापक झाङ यिमिङले त्यसैबेला एउटा लामो सार्वजनिक माफी पत्र जारी गरेका थिए । टाउटियोले आन्तरिक सेन्सरशिप डिभिजनमा थप कर्मचारीहरु बढाउने बताएका थिए । 

यसरी सरकारको नियमभित्र बाँधिने झाङको प्रतिबद्धताले नै टिकटकको कामकारवाही बाइटड्यान्सदेखि कति स्वतन्त्र छ भन्ने कुरालाई औंल्याउँछ । बाइटड्यान्सका शिर्ष कार्यकारीहरु चीनबाहिर टिकटकको मूख्यालय स्थापना गर्ने विषयमा विचार गरिरहेका छन् र एपका लागि नयाँ व्यवस्थापन समिति निर्माण गरिरहेको वालस्ट्रिट जर्नलले लेखेको छ । 

टिकटकका सीईओ अमेरिकी मूलका केभिन मेयर हुन् । उनले गत मेमा डिज्नी कम्पनीबाट राजीनामा दिएर टिकटकको कार्यकारीको रुपमा बाइटड्यान्समा प्रवेश गरेका हुन् । उनी लस एन्जलसमा बस्छन् तर लगातार बेइजिङ धाइरहन्छन् । 

बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि टिकटकले हङकङको बजारमा सेवा बन्द गरेको छ । ती क्षेत्रमा सेवा सञ्चालन गर्दा सरकारले टिकटकलाई प्रयोगकर्ताको डाटा माग्नुका साथै सामाग्री हटाउन दबाब दिन सक्थ्यो । 

टिकटिकले आफ्नो सेवा हङकङमा बन्द गरेपछि प्रयोगकर्तालाई पठाएको सन्देश 

यसरी हेर्दा टिकटक बेइजिङबाट अलग छ । उसले सरकारको अधिकार क्षेत्र भएको र डेटा माग्न सक्ने क्षेत्रमा आफ्नो सर्भर राख्दैन । 
तर हङकङबाट निस्कने टिकटकको निर्णयले भारत, अष्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुले उठाइरहेको चिन्तालाई शान्त पार्न सक्छ जस्तो लाग्दैन । 

भारतमा प्रतिबन्ध हुँदा टिकटकले ६ अर्ब डलर गुमाउने बाइट्ड्यान्सले पूर्वानुमान गरिसकेको छ । भारतमा टिकटक र बाइटड्यान्सका अन्य दुई एप पनि अहिले प्रतिबन्धित छन् । रिपोर्टहरुका अनुसार बाइटड्यान्स विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप हो । यसले गत वर्ष १७ अर्ब डलरको आम्दानी गरेको थियो भने उसको कूल नाफा ३ अर्ब डलर रहेको थियो । 

टिकटकले साना व्यवसायहरुलाई लक्षित गर्दै नयाँ एड्भर्टाइजिङ प्लेटफर्म सार्वजनिक ग¥यो । तर टिकटकको विषयमा विश्वभर चर्किएको विवादले यसको लन्चलाई सफल बनाउनेमा सन्देह नै छ । बाइटड्यान्सले २०२० को पहिलो चौमासिकमा चीनको मूख्य भूमिमा चल्ने डाउयिन एपबाट  ५ अर्ब ६० करोड डलरको कमाई गरेको थियो । 

अब टिकटकमा चिनियाँ सरकारको संलग्नताबारेको सन्देहलाई रोक्ने एउटै मात्र उपाय भनेको टिकटकको स्वामित्व अन्य मुलुकको कम्पनीलाई बिक्री गर्नु मात्र रहेको छ । 

तर युरोपको बजारमा भने टिकटको बजार राम्रो छ । युरोपको जनरल डेटा प्रोटेक्सन रेगुलेसनले युरोपेली बजारमा प्रयोगकर्ताहरुको डाटा संरक्षण गर्ने हुँदा उ ढुक्कले त्यहाँ काम सञ्चालन गर्न सक्छ । 

यदि चीन र अन्य मुलुकबीचको भूराजनीतिक तनाव बढिरहेन हो भने टिकटक अवश्य पनि मारमा परेर अस्तित्व गुमाउने सम्भावना प्रबल छ । फर्च्युनबाट

शनिबार ३ साउन २०७७ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया